Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • लुट मच्चाउने विद्यालयलाई कारबाही गर
लुट मच्चाउने विद्यालयलाई कारबाही गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार ८, २०७७
Hardik health
साँच्चै भन्ने हो भने नेपाल त लुट्न सक्नेहरुका लागि मात्र भएको छ । जस्को शक्ति उसको भक्ति भनेको यहाँ चरितार्थ भएको छ । खासगरी सरकारसँग नजिक भएपछि जो सुकैले जे गरे पनि हुने भएको छ । अहिले कोभिड–१९ का कारण विश्वभरका विद्यालयहरु बन्द अवस्थामा छन् । यस्तो अवस्थामा पनि पनि निजी विद्यालयले भर्ना हुन आउन भनेको छ । लकडाउन अवधिको शुल्क बुझाउन निजी विद्यालयले अभिभावकसँग भनेपछि लुटको गन्ध बाहिर आएको छ । केही विद्यालयहरुले अनलाइन कक्षा भन्दै पैसा असुल्दै आएको सुनिए पनि लकडाउनको अवधिको शुल्क बुझाउन भनेको यो पहिलोपटक हो । सरकारले चैतको शुल्क नलिन भने पनि सो महिनाको शुल्क यसअघि नै विद्यालयहरुले लिइसकेका छन् । विद्यार्थीहरुले चैतको शुल्क नबुझाई परीक्षा दिनै नपाउने भएपछि अभिभावकले नाकको चालमा चैतको शुल्क बुझाउनु परेको थियो । यसैबीच, निजी विद्यालयको छाता संगठन प्याब्सन र एनप्याब्सनले लकडाउनक अवधिको शुल्क बुझाउन भनेपछि यहाँ लुटतन्त्र हाबी भएको छ । प्याब्सन र एनप्याब्सनले विज्ञप्ति जारी गरी शुल्क बुझाउन भनेको छ । अभिभावकहरुले हात, मुख जोड्ने जोहो गर्न धौ धौ भइरहँदा पढाइ नै नभएको अवधिको शुल्क पनि माग गर्नेलाई हदैसम्मको कारबाही गर्नुपर्छ । लकडाउन अवधिको शुल्क माग गर्नु सिधै डाका मार्नु हो । गुन्डागर्दी शैलीमा अभिभावकसँग शुल्क माग्दा शैक्षिक संस्थाहरुहरुलाई कारबाही गर्न सक्दैन भने त्यस्ता तालुकदार मन्त्रीले राजीनामा दिनुपर्छ । प्याब्सन र एनप्याब्सनले आफूहरूले सरकारबाट कुनै पनि प्रकारको सहयोग नपाएकाले बाध्य भएर शुल्क उठाउनुपरेको दाबी गरेका छन् । त्यसो त अभिभावकलाई चाहिँ लकडाउन अवधिमा सरकारले के दियो ? यी संस्थाहरुले निजी विद्यालयको एक मात्र आर्थिक स्रोत विद्यार्थीहरूबाट प्राप्त हुने शुल्क संकलन हुने नसकेको विषम परिस्थितिमा अभिभावकवर्गको भूमिका अन्त्यन्तै महत्वपूर्ण हुने भनिरहँदा अभिभावकले चाहिँ कसरी परिवारलाई पाल्दै छन् ? भन्ने सोच्ने कि नसोच्ने ? शैक्षिक संस्था मात्र होइन, अभिभावकहरुको अवस्था पनि अत्यन्तै जटिल अवस्थामा पुगेको छ । यस्तो बेला विद्यालयहरुले अभिभावकलाई सहयोग गर्नुपर्ने बेला तिनै अभिभावकलाई मात्र च्याप्ने हो भने उनीहरुको पेटबाट पनि केही निस्कँदैन किनभने उनीहरुले केही पनि खाएकै छैनन् । हिजो नाफा हुँदा चुपचाप लाग्ने शैक्षिक संस्थाहरुले आज घाटा हुनेबित्तिकै अभिभावकलाई गुहार्ने विद्यालयले विद्यालयले नाफा कमाउँदा यो आर्थिक वर्षमा एक महिनाको शुल्क मिनाह भनेर भनेका थिएन कि थिएनन् ? लुटको पनि सीमा हुन्छ, तालुकदार मन्त्रीले यसविरुद्ध जनताको पक्षमा काम गर्नैपर्छ न कि विद्यालय सञ्चालकको पक्षमा । नसक्नेले विद्यालय सञ्चालन गर्नै पर्दैन, उनीहरु व्यापारी हुन् । घाटा लाग्यो भने कसैले व्यापार गर्दैनन् । हिजोसम्म विद्यालयहरुले अभिभावकलाई ठगिरहेका थिए, आज लुट्ने अभियान पनि सञ्चालन गरियो र यसलाई सरकारले समर्थन जनायो भने यसको प्रतिफल सरकारका लागि महँगो पर्नेछ ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७  १३:४१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP