Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • पुल नहुँदा मेची पारि पठनपाठन ठप्प
पुल नहुँदा मेची पारि पठनपाठन ठप्प
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ९, २०८२

काठमाडौं- झापाको ‘मेची पारिको नेपाल’ भनेर चिनिएको मेचीनगर नगरपालिका-१५ स्थित ग्वालबस्तीको मेची आधारभूत विद्यालयमा पठनपाठन ठप्प भएको  छ ।

विद्यार्थी वा शिक्षक नभएर विद्यालयको पठनपाठन बन्द भएको भने होइन । मेची नदीमा पुल नभएका कारण बर्खाको समयमा शिक्षक विद्यालय पुग्न असम्भव हुँदा पढाइ नै प्रभावित भएको हो ।  मेची पारिको ग्वाल बस्तीमा रहेको विद्यालयमा कक्षा दुईसम्म पठनपाठन हुँदै आएको छ । विद्यालयमा कार्यरत दुई शिक्षक र एक कर्मचारीको बसोबास मेची वारि छ । विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थपलिया, शिक्षिका रमादेवी ढकाल र कर्मचारी राजेश राजवंशीको घर मेची वारि छ । हिउँदमै घुँडामाथि पानी हुने मेची नदीमा पुल नभएका कारण शिक्षक र कर्मचारीहरु बर्खाको भेलमा पौडी खेलेर मेची पारि विद्यालय पुग्न सम्भव छैन ।

‘गत साउन २५ गतेदेखि विद्यालय खुल्नुपर्ने हो’, विद्यालयका प्रधान अध्यापक थपलियाले भने,‘विद्यालय जानका लागि मेची नदीमा पुल छैन, कसरी विद्यालय पुग्ने ?’ बर्खापछि नदीमा पानीको सतह घटेपछि मात्र विद्यालयको पढाइ सुरु हुनेछ । सिमानाको नदी मेचीमा बर्खायाममा पानीको सतह धेरै हुने भएकाले विद्यालय जान नसक्नु शिक्षकहरुको बाध्यता हो । वैकल्पिक उपाय खोज्ने हो भने उत्तरतिर काँकडभिट्टा र दक्षिणतिर भद्रपुरको मेची पुल तरेर भारतीय मार्गबाट पुग्नुपर्ने हुन्छ । उत्तर र दक्षिणतिरको दुई वटै भारतीय मार्ग भएर विद्यालय पुग्न ३० देखि ४० किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ । भद्रपुरबाट जाँदा विहार र काँकडभिट्टाबाट जाँदा पश्चिम बङ्गालको बाटो प्रयोग गर्नुपर्ने हुन्छ । यो विकल्प प्रयोग गर्न पनि असम्भव नै छ ।

Hardik health

‘विद्यालय खुलाउन नसके पनि भारतीय मार्ग भएर दुईपटक रेखदेखका लागि पुगेको छु’’ प्रअ थपलियाले भने,‘अहिले मात्र होइन, बर्खाको समयमा विद्यालयको पठनपाठन बन्द हुनु वर्षैपिच्छेको समस्या हो ।’ विसं २०५७ मा मेची पारिको नेपालमा शिक्षाको पहुँच पु¥याउने उद्देश्यले मेची प्राथमिक विद्यालयको स्थापना भएको थियो । त्यसयता असारदेखि भदौ असोजसम्म विद्यालयमा कुनै वर्ष पनि पठनपाठन हुन सकेको छैन । कक्षा २ सम्म पढाइ हुने उक्त विद्यालयमा हाल ११ विद्यार्थी छन् । साविक ज्यामिरगढी गाउँ विकास समितिको वडा नं १ मा रहेको ग्वाल बस्ती, शिशौ डाँगी र झाडु बस्ती भौगोलिक हिसाबले मेची नदी पारि रह्यो । अहिले ती तीनवटै गाउँ मेचीनगरको वडा नं १५ मा पर्दछन् । गाउँमा ५० परिवारको बसोबास छ । अधिकांश मानिसहरु राजवंशी, यादव, सन्थाललगायत आदिवासी समुदायका छन् । गाउँमा पढेलेखेका मानिस नहुनु र अधिकांशले खेतीपाती तथा पशुपालन गरेर जीविका चलाउँदै आएका कारण शिक्षाको आवश्यकताबारेमा गाउँलेमा चेतनाको कमी छ ।

‘त्यो गाउँमा कक्षा २ सम्म पढ्ने उमेरका बालवालिका यति नै हुन्’, प्रअ थपलियाले भने,‘त्योभन्दा माथिको कक्षा पढ्न स्थानीय बालवालिका भारततिरै जान बाध्य छन्, केही मात्र मेची नदी तरेर वारिका विद्यालयमा पढ्न आउँछन् ।’ पाँच कट्टा जग्गामा बनेको पुरानो भवनमा विद्यालय सञ्चालित छ । विद्यालयमा राष्ट्रिय झण्डा फहराइएको छ । विद्यार्थीका लागि पिउने पानीको प्रबन्धका लागि विद्यालय परिसरमा एउटा ट्युबेल गाडिएको छ । विद्यालयमा बिजुली बत्तीको व्यवस्था छैन । 

विद्यालय स्थापना हुनुभन्दा पहिलेदेखि नै स्थानीयले मेची नदीमा पुलको माग गर्दै आएका छन् । मुलुकमा राजनीतिक व्यवस्था फेरियो, तर मेची पारिको नेपाललाई सिङ्गो नेपालसँग जोड्न एउटा पुल त्यहाँ बन्न सकेको छैन । पछिल्लो दुई दशकदेखि ती गाउँलाई जोड्न मेची नदीमा झोलुङ्गे पुल बनाउने आश्वासन सरकारले दिइरहेको छ । बल्ल आव २०८२/८३ को बजेटमा झोलुङ्गे पुलका लागि रु पाँच लाख बजेट विनियोजन भएको छ । मेचीनगर–१५ का वडासदस्य वृक्षलाल राजवंशीले  पाँच लाख रुपैयाँ बजेटबाट झोलुङ्गे पुलका लागि डिपीआर तयार पार्ने कुरा सुनेको बताए । उनले भने,‘हामीले पुल चाहियो भनेर आवाज उठाइरहेका छौँ, तर अहिलेसम्म झोलुङ्गे पुलसम्म बन्न सकेको छैन ।’
 


प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १४:१६
#‘मेची पारिको नेपाल’
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक
त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक बुधबार, कात्तिक १२, २०८२
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग आइतबार, कात्तिक २, २०८२
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन सोमबार, असोज २७, २०८२
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’ आइतबार, असोज २६, २०८२
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय शुक्रबार, असोज २४, २०८२
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु शुक्रबार, असोज १०, २०८२
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP