Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • न्याय नपाए कहाँ जानु ?
न्याय नपाए कहाँ जानु ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी
मंगलबार, साउन ६, २०८२

सानैमा किताबमा पढेको थिएँ ‘न्याय नपाए गोर्खा जानू’ । गोर्खाका राजा राम शाहले प्रजाहरुलाई दिने न्यायको लोकप्रियताका कारण त्यसलाई उखान नै बनाए । गोर्खामा न्याय दिने राम शाह पनि छैनन् अहिले तर उखान जिउँदै छ । 

राम शाहले चौतारामा बसेर दिने गरेको न्याय सर्दैसर्दै गएर पञ्चभेलाहुँदै अहिले गणतन्त्रमा पालिकाको उपप्रमुख वा उपाध्यक्षसम्म आइपुगेको छ । संविधानले न्यायको पहुँच सहज बनाउनकै लागि त्यसो गरेको होला तर त्यसो हुनै सकेन । रामराज्य बन्नै सकेन । 
‘यो आकाश र धरतीबीचको कुहिरो हटाइदेऊ तिमी, 
पुस माघ महिनाको जस्तो पारिलो घाम बनेर आऊ तिमी’
भन्दै तात्कालीन रानी ऐश्वर्यले लेखेको कविताले पनि बिचौलिया छन् भन्ने संकेत नगरेको त कहाँ हो र ? ‘अहिले न्याय हराएको छ । न्याय मरिसकेको छ । न्याय पावर, पैसा र पदमा बिकिसकेको छ,’ निराश अनुहार, चाउरिएको गाला लिएर सेतै फुलेका जिङग्रिङ परेका कपाल मुसार्दै कालोकोटेको दैलो चहार्दै छन् चिरञ्जीवी काका ।

उमेर त चार बीस हुनै लागिसक्यो । तर उनले आधा उमेर त त्यही न्याय खोज्दाखोज्दै बिताए । संसार जितौंला । साँच्चै आफ्नो ठाउँलाई राम शाहको जस्तै रामराज्य बनाउनुपर्छ भनेर हिँडेका थिए चिरञ्जीवी । तर समयले यसरी कोल्टे फेरिदियो उनी नखाएको ‘विष’ले लागेर लठ्ठिएका छन् । अलौकिक प्रतिभा छ चिरञ्जीवी काकामा । तर उनीसँग एउटामात्र प्रतिभा भएन, झूठको खेती, भ्रमको जालो र गणेश प्रवृत्ति । त्यही कारण पनि आज उनी न्याय खोज्न भौतिरिएर हिँडेका छन् । कान कम सुन्ने भइसके । सायद बिर्सने रोगले पनि अलिअलि च्यापेको छ । भुसक्कै बिर्सन्छन् । भर्खरै तातोपानी खान जाऊ भनेर च्याप्प हात समातेर साइँलाको पसलमा एकघण्टा के–के सुनाएका थिए । न्याय गाउँमा पुग्यो भन्थे, होइन रहेछ । न्याय त ‘कार्जेकर्ता’लाई मात्र रहेछ बुझिस् कान्छा ? भनेर आँखा रसिलो पारे ।

Hardik health

म अलमल्ल परेँ । न हो भनुँ न होइन भनुँ । काकाको पीडा आफैंले नभोगेको भए पनि महसुस गरेको थिएँ । रोग त उही थियो । कसलाई भनेर के पो हुन्छ ! मन बिसाउने ठाउँ नै थिएन । तैपनि अनुहारमा निकै फूर्ति लगाएर काकालाई भनेँ, ‘हो काका यस्तै हो, हामीले ल्याएको प्रजातन्त्र गणतन्त्र भनेकै यस्तै हो ।’ काकाले पावरवाला चश्मा टेबलमा राखेर सेता दाँत देखाएर मुस्कुराएँ ।

काकाको अनुहारमा हाँसो देखेपछि अनायासै मेरो आँखा रसाए । आँसु भित्रभित्र दबाउन खोजेँ । हाँसोभित्रै आँसु निकालेर त्यसलाई पचाइदिए । काकाले दुवै हातले मेरो दाहिने हात समाए । ‘मैले बुझेको छु । मेरो जन्मभूमिमा हामीले न्याय पाउँदैनौं कान्छा,’ भुइँमा हेरेर मुण्टो हल्लाउँदै काकाले दुई थोपा आँसु तुरुक्क झारे, अनि ठूलो स्वरले हाँसेर भने, ‘ल भन अब के खाने ?’मैले भनेँ, ‘होइन, केही नखाने । भर्खर त खाएँ त ! अब के खानु, भयो बरु जाउँ ।’ ‘धत् लाटा, यहाँ दुनियाँले देशै खाइसके, तँ भने जाबो एक–दुई प्लेट जलेवी खान पनि डराउँछस् !,’ काकाले साहुजीलाई बोलाए । ‘हजुर भन्नुस्, अब के ल्याउँ ?’यहाँ तात्तातो के बन्छ त्यही ल्याउनूस् ।  ‘हजुर तात्तातो त उही चियामात्र... कि त जलेवी बन्छ,’ साहुजीले भने ।  ‘त्यसो भए त्यही ल्याउनूस्,’ काकाले निर्देशन दिए ।  ‘ल भन्नोस्, काका त्यसो भए अब के गर्नुहुन्छ ?,’ मैले सोधेँ ।
‘अब केही नगर्ने । धाइरहने, बसिरहने । जो आउँछ मज्जाले पचाउँछ भन्ने पुर्पुरोमा हात राखेर सतीले सरापेको देश भन्ने, आफैंले आफैंलाई धिक्कार्ने,’ काकाले जवाफ एकै चोटीमा सिध्याइदिए ।
अनि काकाले सोधे, ‘होइन हो कान्छा । हाम्रो समाज कता जाँदै छ हो ?’
‘काकाले पनि के–के सोध्छन्, सोध्छन् ? अब समाज कता जाँदै छ, देश कता जाँदै छ ? भन्ने कुरा मलाई के था ? म आफैं कहाँ जाँदै छु भन्ने कुरा त थाहा छैन,’ मैले पनि फ्याट्टै जवाफ दिएँ ।
‘ओहो ! राम ! राम! राम ! । वडादेखि, जिल्ला, उच्च हुँदै सर्वोच्चसम्म पुग्दा पनि न्यायका लागि भिख माग्नेहरुको चाङ । यस्तो पनि कतै हुन्छ ?,’ काकाले सुनाए ।‘ल काका, हुन्छ त ? त्यही देखेर आउनुभयो होइन ? अनि भएन त ? अन्त नभए पनि हाम्रो देशमा हुन्छ । नीतिले चलेको देशमा पो हुँदैन । हाम्रोजस्तो निर्देशनमा चलेको देशमा जे पनि हुन्छ । त्यही भएर अन्याय सहेर बस्ने । पहुँच, पावर, पैसा र पद छ भने न्याय माग्ने होइन भने हरेराम ! हरेकृष्ण भन्ने बस्ने । मैले पनि कति टाउको दुखाउनु भनेर भन्दिएँ । काका रिसाऊन् कि खुसाऊन् मतलबै गरिनँ । ऊ बेला न्याय पाइएन भने कम्तीमा बिन्ती बिसाउने ठाउँ त थियो नि ? तर अहिले त त्यो बिन्ती बिसाउने ठाउँ पनि रहेन । अचम्म लाग्छ बा !,’ काकाले फेरि के सम्झिए ।
‘त्यो त हो । तर अहिले पनि छ बिन्ती बिसाउने ठाउँ । काकालाई थाहै रहेनछ !,’ मैले हाँसोमा भनेँ । ‘कहाँ छ त ?,’ काकाले निकै उत्सुकताका साथ सोधे । ‘ह्या, भन्दिनँ म तपाईंलाई । भनेको मान्छेले त बुझ्दैनन् । मन खोलेर सारा बिन्ती बिसाउँदा त नबुझेको जस्तो गर्छन् । त्यही भएर मैले त अब भन्नै छाडिदिएँ । सबै कुरालाई हाँसोमा उडाइदिने । न्याय भन्ने कुरा लिनेले लिन जान्नपर्यो दिनेले दिन जान्न पर्यो । त्यही हो,’ काकाले फकाउँदै भने, ‘ओइ कान्छा भन न हो भन ।’  ‘के भन्ने हो ! उहाँ देशै खाइसके, तपाईं त्यही न्यायको पछि लागिरहनुभएको । अब बिन्ती नै बिसाउने न्याय खोज्ने हो भने कि दक्षिण जानू कि उत्तर जानू ! त्यो पनि सक्नु भएन भने पहेँलो बस्त्र लगाएर काशी जानू !’ मेरो कुरा सुनेर काका ट्वाँ !!
 


प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १७:५६
#मट्याङ्‍ग्रो
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP