Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, असोज २६, २०८२

 

पहाडे राष्ट्रवादीहरूले विभिन्न देशमा रहेका नेपाली भाषीलाई भने आफ्नो ठान्ने प्रवृत्ति विगतदेखि छ । यद्यपि, देशको सीमाभित्रको नागरिकलाई पहाडे जातिवादी मानसिकताले विदेशी देख्ने गरेको छ ।
उदय थिङ
मानवशास्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीका रूपमा टासी ल्हान्जोमको नाम प्रचारित छ । उनी हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका–६ की बासिन्दा हुन् ।

टासीको ओरिजिन कहाँ हो ? कहाँबाट नेपाल प्रवेश गरेको हो ? जातीय दृष्टिकोणले प्रश्न गर्नु कत्तिको जायज हो भन्ने बहसको विषय होला तर नेपालको नागरिकतावाहक जो कोही मन्त्रिपरिषद्मा जान पाउँछन् र अहिलेको टासीमाथिको आरोप अराजनीतिक मान्छु ।
राम गुरुङ
समाजशास्त्री

Hardik health

प्रदेशगत आधारमा उनलाई कर्णालीबाट जेन–जी मन्त्रीका रूपमा प्रतिनिधित्व गराउन लागिएको हो । उनीसहित रामजी राम, बब्लु गुप्ता र गणपतिलाल श्रेष्ठलाई मन्त्री नियुक्त गरिने चर्चा छ । सोमबारसम्ममा उनीहरू चारै जनालाई समेटेर प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको खबरहरू सार्वजनिक भएका छन् ।
यस्तोमा एकथरीले टासीलाई तिब्बती शरणार्थी भएको आरोप लगाएका छन् । त्यस्तो आरोप लगाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता ज्ञानेन्द्र शाही हुन् । उनले भनेका छन्, ‘अब बन्ने मन्त्रिपरिषद्मा भारतको धर्मशालामा तिब्बती क्याम्पमा अध्ययन गरेकी विदेशी राजदूतावासमा अस्थायी कर्मचारी भएकी एउटा फ्री तिब्बत अभियानकी अभियन्ता एवं उसका बाउ बाजे तिब्बतबाट दलाई लामासँगै भागेर आएका तिब्बती शरणार्थी हुन् ।’ त्यसो हुनाले उनलाई मन्त्री बनाउन नहुने शाहीको तर्क छ । 

जेन–जी कर्णाली संयोजक सुप्रिया शाही पनि टासीलाई मन्त्री बनाउन नहुने पक्षमा छिन् । उनले टासीको नागरिकता छानबिनको माग गरेकी छन् । शाहीद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘टासी ल्हान्जोमको नागरिकता विवाद रहेकोले त्यससम्बन्धी विषयमा तत्काल छानबिन गरियोस् ।’ टासीमाथि दलाई लामाको निर्वासित सरकार रहेको धर्मशालामा पढे/बढेको र पछिल्लो समय तिब्बती शरणार्थीको रूपमा अमेरिकी ग्रीनकार्ड लिएको आरोपसमेत लगाइएको छ । 

त्रिचन्द्र कलेजमा प्राध्यापनरत मानवशास्त्री उदय थिङको विचारमा टासी ‘पहाडे राष्ट्रवाद’को गम्भीर मारमा परेकी छन्, जुन राष्ट्रवादले खस–आर्यवाहेकका समुदायलाई राज्यसत्तामा सहर्ष स्वीकार्दैन । हिमाली क्षेत्रका बसोबास गर्ने समुदायलाई राज्यसत्तामा पुगे तिब्बती र मधेसमा बसोबास गर्नेहरूलाई भारतीयको आरोप लगाइन्छ । मानवशास्त्री थिङ यस्तो आरोप विगतमा थुप्रै हिमाली आदिवासी जनजाति नेता र मधेसका नेताले सामना गर्नुपरेको बताउँछन् । 

‘पहाडे राष्ट्रवादीहरूले विभिन्न देशमा रहेका नेपाली भाषीलाई भने आफ्नो ठान्ने प्रवृत्ति विगतदेखि छ । यद्यपि, देशको सीमाभित्रको नागरिकलाई पहाडे जातिवादी मानसिकताले विदेशी देख्ने गरेको छ,’ उनले प्रभावसँग थप भने । यतिबेला जेन–जी पुस्ताबाट मन्त्रिपरिषद्मा टासीको नाम आउँदा उनी पहाडे राष्ट्रवादीहरूको तारो बनेको पनि मानवशास्त्री थिङ बताउँछन् । 

समाजशास्त्री राम गुरुङ त नेपाली नागरिकतावाहक टासीलाई तिब्बती शरणार्थीको आरोप लगाउनु गलतमात्रै नभएर अराजनीतिक पनि भएको बताउँछन् । ‘उहाँको ओरिजिन कहाँ हो ? कहाँबाट नेपाल प्रवेश गरेको हो ? जातीय दृष्टिकोणले प्रश्न गर्नु कत्तिको जायज हो भन्ने बहसको विषय होला तर नेपालको नागरिकतावाहक जो कोही मन्त्रिपरिषद्मा जान पाउँछन् र अहिलेको टासीमाथिको आरोप अराजनीतिक मान्छु,’ उनले भने ।

टासीलाई जिल्ला प्रशासन कार्यालय हुम्लाले ७ माघ २०७४ मा वंशजको नागरिकता दिएको हो । मौजुदा नेपाल नागरिकता ऐनअनुसार कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने छ । नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिने छ । 
टासीको बुबा र आमा नेपाली नागरिक हुन् । सोही आधारमा उनले नेपाली नागरिकताको प्रमाणपत्रमा वंशजको आधारमा प्राप्त गरेको देखिएको छ । तर, टासीलाई तिब्बती शरणार्थीको रूपमा प्रचार गरिएको छ । नेपाल नागरिकता ऐनअनुसार कुनै पनि देशको शरणार्थीलाई नेपालको नागरिकता वंशज न  अंगीकृत वा गैरआवासीय प्राप्त हुँदैन । त्यसो हुँदा टासी नेपाली नागरिक हुन् भन्नेमा निर्विवाद छ । तैपनि उनलाई तानिएकोमा छ । यसप्रति आदिवासी जेन–जीहरूले विरोध जनाएका छन् । उनीहरूले टासीमाथि लागेका आरोपहरूको खण्डन पनि गरे ।

शनिबार उनीहरूले विज्ञप्ति जारी गर्दै भने, ‘इण्डिजिनियस जेन–जी कलेक्टिभ्सको सदस्यको रूपमा सक्रिय अभियन्ता टासी ल्हान्जोममाथि हेर्दै नेपालीजस्तो नदेखिने, नेपाली भाषा राम्रोसँग बोल्न नजान्ने, विदेशी शक्तिहरूद्वारा परिचालित, नक्कली नागरिकता लिएको जस्ता तथ्यहीन, कपोलकल्पित आरोपहरू लगाउँदै उनलाई मन्त्रिपरिषद् सदस्य बनाउँदा नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डतालाई आँच पुने भनिएको छ । यी कुनै पनि आरोप सत्य र तथ्यमा आधारित नभएको हामी स्पष्ट पार्न चाहन्छौं ।’

वर्ष २६ की टासीले नेपालको हिमाली भेगमा जलवायु परिवर्तनसम्बन्धी संवेदनशील विषयवस्तुहरूलाई वृत्तचित्र एवं श्रव्य र दृष्यमार्फत उठान गर्दै आएकी छन् । उनी जलवायु परिवर्तनकी सशक्त अभियन्ता हुन् । उनै टासीलाई कार्की मन्त्रिपरिषद्मा समेट्नुअघि नै कथित् राष्ट्रवादीहरूले विवादमा ल्याएका हुन् ।
 


प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १०:००
#टासी ल्हान्जोम
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP