Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
ओमप्रकाश विष्ट
ओमप्रकाश विष्ट आइतबार, असोज २६, २०८२

काठमाडाै‌ं - नेपालले युएईसँग अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा सुपर सिक्स अन्तर्गतको पहिलो खेल प्रतिद्वन्दी युएईसँग खेल्ने भएकाे छ ।

ओमानमा जारी आइसिसी  टी २० विश्वकप एसिया एन्ड इएपी छनोटमा समूह विजेता हुँदै सुपर सिक्स मा पुगेको नेपालले आइतबार अपराह्न सवा ४ बजे युएईसँग  अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा सुपर सिक्स अन्तर्गतको पहिलो खेल चिर परिचित प्रतिद्वन्दी युएईसँग खेल्ने भएकाे हाे । 

कुवेत विरुद्ध ५८ रनको र जापान विरुद्ध पाँच विकेटको जित निकाल्दै नेपाल समूह बी को विजेता हुँदै सुपर सिक्समा प्रवेश गरेको हो ।सुपर सिक्समा आज नेपालले अति नै महत्वपूर्ण खेल आफ्नो चिरपरिचित प्रतिद्वन्दी युएइसँग खेल्दैछ ।नेपाल र युएईबीच अहिलेसम्म १० वटा टी२० अन्तर्राष्ट्रिय खेलहरु भएका छन्।

ती १० खेलमध्ये दुवै टोली ५÷५ खेलमा विजयी भएका छन्।पछिल्ला ५ खेलको नतिजामा नेपाल ३ खेलमा विजयी भएको छ भने युएईले २ खेलको नतिजा आफ्नो नाममा लेखाउन सफल भएको छ।  नेपाल र युएईबीच पछिल्लो खेल सन् २०२४ को अप्रिल १९ मा भएको थियो। सो खेलमा भने नेपाल ६ विकेटले पराजित भएको थियो। ओमानमै भएको एसिसी प्रिमियर कपको यो सेमिफाइनल खेलमा युएईसँग पराजित भएसँगै नेपालको एसिया खेल खेल्ने यात्रामा झड्का लागेको थियो। 

Hardik health

त्यसअघि नेपाल र युएईबीच सन् २०२३ मा ४ वटा टी२० अन्तर्राष्ट्रिय खेल भएका थिए। ४ मध्ये नेपाल ३ खेलमा विजयी भएको थियो। नेपालले सन् २०२३ को नोभेम्बरमा मुलपानीमा भएको विश्वकप छनोटको सेमिफाइनल खेलमा युएईलाई नै ८ विकेटले हराएर आइसिसी टी२० विश्वकप २०२४ मा सहभागी भएको थियो। 

सन् २०२३ कै अक्टोबरमा भएको थ्री  नेसन सिरिजमा भने युएईले नेपाललाई कीर्तिपुरमा ४ विकेटले पराजित गरेको थियो। सिरिजका अघिल्ला दुई खेलमा भने नेपाल ५ विकेट र ७ विकेटले विजयी भएको थियो । आज युएईविरूद्धको खेल नेपालका लागि अति नै महत्वपूर्ण हुनेछ । किनभने युएईलाई आज हराएमा नेपालको विश्वकपमा छनोट हुने सम्भावना बढ्नेछ। आजको हारले भने नेपाललाई थप दबाव बढ्ने छ।

नेपाल सुपर सिक्समा प्रवेश गर्दा दुई अंक लिएर प्रवेश गरेको छ। युएइले पनि सुपरसिक्समा प्रवेश गर्दा दुई अंकले लिएर प्रवेश गरेको छ। त्यस्तै ओमनले पनि सुपरसिक्समा प्रवेश गर्दा दुई अंक लिएर प्रवेश गरेको छ। यदि नेपाल युएईलाई हरायो भने नेपालको चार अंक हुनेछ भने युएईको दुई अंक हुनेछ। त्यसपछाडि नेपालले अन्य कुनै एक टिमलाई राम्रो नेट रनरेटका आधारमा हराए नेपाल विश्वकप छनोटमा लगभग पक्कापक्की रूपमा  सुरक्षित हुनेछ ।

समूह चरणको खेलमा नेपालले कुवेत र जापानलाई हराएको थियो। नेपाल रहेको समूह बी बाट जापान पनि सुपर सिक्समा पुगेको छ।  आफ्नै समूहबाट आएको टोलीबीच भने सुपर सिक्समा खेल खेलाइने छैन।अब सुपर सिक्स मा आफ्नो समूहबाट आएका बाहेकका चार टोलीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ। दोस्रो खेलमा नेपालले कतारसँग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ।अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।

सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आइसिसी टी२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्। शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी २० कपमा छनोट हुनेछ।
 


प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने सोमबार, पुस २८, २०८२
बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास
बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP