Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
ओमप्रकाश विष्ट
ओमप्रकाश विष्ट आइतबार, असोज २६, २०८२

काठमाडाै‌ं - नेपालले युएईसँग अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा सुपर सिक्स अन्तर्गतको पहिलो खेल प्रतिद्वन्दी युएईसँग खेल्ने भएकाे छ ।

ओमानमा जारी आइसिसी  टी २० विश्वकप एसिया एन्ड इएपी छनोटमा समूह विजेता हुँदै सुपर सिक्स मा पुगेको नेपालले आइतबार अपराह्न सवा ४ बजे युएईसँग  अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा सुपर सिक्स अन्तर्गतको पहिलो खेल चिर परिचित प्रतिद्वन्दी युएईसँग खेल्ने भएकाे हाे । 

कुवेत विरुद्ध ५८ रनको र जापान विरुद्ध पाँच विकेटको जित निकाल्दै नेपाल समूह बी को विजेता हुँदै सुपर सिक्समा प्रवेश गरेको हो ।सुपर सिक्समा आज नेपालले अति नै महत्वपूर्ण खेल आफ्नो चिरपरिचित प्रतिद्वन्दी युएइसँग खेल्दैछ ।नेपाल र युएईबीच अहिलेसम्म १० वटा टी२० अन्तर्राष्ट्रिय खेलहरु भएका छन्।

ती १० खेलमध्ये दुवै टोली ५÷५ खेलमा विजयी भएका छन्।पछिल्ला ५ खेलको नतिजामा नेपाल ३ खेलमा विजयी भएको छ भने युएईले २ खेलको नतिजा आफ्नो नाममा लेखाउन सफल भएको छ।  नेपाल र युएईबीच पछिल्लो खेल सन् २०२४ को अप्रिल १९ मा भएको थियो। सो खेलमा भने नेपाल ६ विकेटले पराजित भएको थियो। ओमानमै भएको एसिसी प्रिमियर कपको यो सेमिफाइनल खेलमा युएईसँग पराजित भएसँगै नेपालको एसिया खेल खेल्ने यात्रामा झड्का लागेको थियो। 

Hardik health

त्यसअघि नेपाल र युएईबीच सन् २०२३ मा ४ वटा टी२० अन्तर्राष्ट्रिय खेल भएका थिए। ४ मध्ये नेपाल ३ खेलमा विजयी भएको थियो। नेपालले सन् २०२३ को नोभेम्बरमा मुलपानीमा भएको विश्वकप छनोटको सेमिफाइनल खेलमा युएईलाई नै ८ विकेटले हराएर आइसिसी टी२० विश्वकप २०२४ मा सहभागी भएको थियो। 

सन् २०२३ कै अक्टोबरमा भएको थ्री  नेसन सिरिजमा भने युएईले नेपाललाई कीर्तिपुरमा ४ विकेटले पराजित गरेको थियो। सिरिजका अघिल्ला दुई खेलमा भने नेपाल ५ विकेट र ७ विकेटले विजयी भएको थियो । आज युएईविरूद्धको खेल नेपालका लागि अति नै महत्वपूर्ण हुनेछ । किनभने युएईलाई आज हराएमा नेपालको विश्वकपमा छनोट हुने सम्भावना बढ्नेछ। आजको हारले भने नेपाललाई थप दबाव बढ्ने छ।

नेपाल सुपर सिक्समा प्रवेश गर्दा दुई अंक लिएर प्रवेश गरेको छ। युएइले पनि सुपरसिक्समा प्रवेश गर्दा दुई अंकले लिएर प्रवेश गरेको छ। त्यस्तै ओमनले पनि सुपरसिक्समा प्रवेश गर्दा दुई अंक लिएर प्रवेश गरेको छ। यदि नेपाल युएईलाई हरायो भने नेपालको चार अंक हुनेछ भने युएईको दुई अंक हुनेछ। त्यसपछाडि नेपालले अन्य कुनै एक टिमलाई राम्रो नेट रनरेटका आधारमा हराए नेपाल विश्वकप छनोटमा लगभग पक्कापक्की रूपमा  सुरक्षित हुनेछ ।

समूह चरणको खेलमा नेपालले कुवेत र जापानलाई हराएको थियो। नेपाल रहेको समूह बी बाट जापान पनि सुपर सिक्समा पुगेको छ।  आफ्नै समूहबाट आएको टोलीबीच भने सुपर सिक्समा खेल खेलाइने छैन।अब सुपर सिक्स मा आफ्नो समूहबाट आएका बाहेकका चार टोलीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ। दोस्रो खेलमा नेपालले कतारसँग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ।अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।

सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आइसिसी टी२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्। शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी २० कपमा छनोट हुनेछ।
 


प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेपाली क्रिकेट टोलीले अभ्यास खेल भारतमा खेल्ने
नेपाली क्रिकेट टोलीले अभ्यास खेल भारतमा खेल्ने शुक्रबार, साउन २९, २०८३
एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड
एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड बुधबार, साउन २७, २०८३
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व बुधबार, साउन २७, २०८३
रोहितको नेतृत्वमा नेपालको प्रदर्शन
रोहितको नेतृत्वमा नेपालको प्रदर्शन मंगलबार, साउन २६, २०८३
एसियाली आइटीएफ तेक्वान्दोमा शेखरलाई कास्य पदक
एसियाली आइटीएफ तेक्वान्दोमा शेखरलाई कास्य पदक सोमबार, साउन २५, २०८३
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि शुरू हुने
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि शुरू हुने आइतबार, साउन २४, २०८३
एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडी रोयल र पशुपति बुटिकमा
एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडी रोयल र पशुपति बुटिकमा शुक्रबार, साउन २२, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP