Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • चोटपटक जनस्वास्थ्यको प्रमुख समस्या 
चोटपटक जनस्वास्थ्यको प्रमुख समस्या 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक १७, २०८२
डा. भगवती सेढाईं डा. पुष्पराज पन्त

 

चोटपटक लागेका बिरामीहरूलाई उचित समयमा उद्धार र उपचार सही तरिकाबाट गर्न सकियो भने धेरै बिरामीलाई अकाल मृत्युबाट बचाउनका साथसाथै अंगभंग हुनबाट पनि जोगाउन सकिन्छ । यसरी बिरामीलाई उचित उद्धार गर्नका लागि एम्बुलेन्स सेवाको विकास र विस्तार भएको छ । तर पनि यस अध्ययनमा सामेल भएका व्यक्तिहरूका अनुसार एकतिहाइले मात्र एम्बुलेन्स सेवा प्रयोग गरेको पाइयो भने बाँकीको हकमा भने घटना भएको स्थानमा जे–जस्ता साधन उपलब्ध थिए, त्यसको प्रयोग गरिएको पाइयो । यसमा पनि लगभग एक चौथाइ बिरामीलाई दुईपांग्रे सवारीसाधनको प्रयोग गरी स्वास्थ्य सेवासम्म पु¥याइएको थियो ।

विश्वमा चोटपटकका घटनाको भार घट्दै गए पनि, सीमित सुरक्षा चेतना र यत्रतत्र फैलिएका जोखिम तत्‍वहरूका कारण नेपाली जनतामा चोटपटकलगायतका अन्य रोगको तेहोरो बोझ रहेको छ । यसबाट देशको स्वास्थ्य सेवा प्रणालीलाई नै ठूलो चुनौती सिर्जना गरेको छ । नेपालमा चोटपटकसम्बन्धी हालका अध्ययनहरू सीमित छन्, त्यसमा पनि खण्डित छन् । विशेष प्रकारका चोटपटकका बारेमा भएका अध्ययनहरू ससाना क्षेत्रमा मात्र केन्द्रित छन् । यसले गर्दा चोटपटकका कारण हुने घटनासम्बन्धी राष्ट्रियस्तरको तथ्यांकको अभाव छ भने उपचार र रोकथाम सेवा विकास गर्न चाहिने आवश्यक तथ्यपरक सुझावको पनि अभाव छ ।

त्रिभुवन विश्वविद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभागबाट २०८०/८१ मा गरिएको एक अध्ययनले सातै प्रदेशका प्रमुख अस्पतालबाट चोटपटकसम्बन्धी संकलन गरिएको तथ्यांक प्रयोग गरी यसको अवस्था, सामाजिक–जनसांख्यिकीय सम्बन्ध, आर्थिक क्षेत्रमा पारेको प्रभाव र रोकथामका उपायलाई केलाएर प्रस्तुत गरेको छ । जनसंख्यामा चोटपटकका असरले गरिबी बढाउने र दिगो विकासमा बाधा पुर्‍याउने भएकाले चोटपटकका घटनालाई कम गर्न तथ्यमा आधारित नीति निर्माणको आवश्यकतामा जोड दिएको छ । चोटपटकको अवस्था, यसले निम्त्याएको आर्थिक भार र रोकथामका रणनीतिको विश्लेषण गरी नीति निर्माणका लागि सहयोग पुग्ने जानकारी दिने र चोटपटक रोकथाम वा व्यवस्थापनमा प्रभावकारी कार्यक्रम तर्जुमा गर्न तथ्यगत जानकारी दिने यस अध्ययनको उद्देश्य हो ।

Hardik health

को सबैभन्दा बढी प्रभावित ?
सो अध्ययनले देखाएअनुसार चोटपटक लाग्ने व्यक्तिमध्ये ६४.१ प्रतिशत पुरुष रहेका छन् । उनीहरूको औसत उमेर ३४.४ वर्ष छ । उल्लेखनीयरूपमा चोट लागेका ७५ प्रतिशत पुरुष ४४ वर्षभन्दा कम उमेरका थिए र सबै चोटपटकका घटनाहरूमध्ये ४० प्रतिशत २५ वर्षमुनिका व्यक्तिहरूमा देखिएको थियो । यसमा पनि १५ देखि २४ वर्षको उमेर समूह सबैभन्दा बढी जोखिममा रहेको पाइयो । वयस्कहरू विशेषगरी ५० वर्ष र माथिका महिलाहरू, पुरुषहरू (१५.६ प्रतिशत) को तुलनामा चोटपटकको उच्च अनुपात (२६.७ प्रतिशत) मा रहेका थिए । यसले उमेर र लिंगअनुसार फरक–फरक जोखिम रहेको संकेत गर्छ ।

तथ्यांकले शिक्षा र पेसाका हिसाबले पनि चोटपटकको जोखिममा रहेका वर्गको भिन्नता दर्शाउँदै त्यस्ता निर्धारकको महत्‍वपूर्ण भूमिका रहने देखाएको छ । चोटपटक लागेका ५८.४ प्रतिशत व्यक्तिले प्राथमिक शिक्षा मात्र हासिल गरेका थिए । यसमा महिला असमानरूपमा बढी (६५.६ प्रतिशत) प्रभावित थिए । किसान (२४.९ प्रतिशत) र विद्यार्थी (२९.६ प्रतिशत) सबैभन्दा धेरै चोटपटक लाग्ने पेसागत समूहहरू थिए । यसले कृषि कार्यका जोखिम र युवा, सक्रिय जनसंख्यामा चोटपटकको जोखिमलाई झल्काउँछ ।

चोटपटकका कारण सालाखाला ५.९ दिन बिरामीले अस्पतालमा बिताउनुपरेको देखिन्छ । विभिन्न कारणबाट घाइते भएकामध्ये पनि बिजुलीको करेन्ट लागेर अस्पताल भर्ना भएका, सडक दुर्घटनाबाट घाइते भएकाले सबैभन्दा लामो समयसम्म अस्पताल भर्ना भएर नै उपचार गर्नुपरेको देखिएको छ । त्यसपछि उक्त चोटपटकबाट पूर्णरूपमा निको हुन लाग्ने समयमा भने धेरै अन्तर रहेको देखिन्छ । यसरी चोटपटक लागेका बिरामीमा परेको मनोसामाजिक असरले उनीहरूलाई दीर्घकालसम्म पनि सताइरहने र चोटपटकपछिको जीवन कष्टकर हुन्छ भन्नेबारेमा पनि अध्ययनमा सामेल भएका व्यक्तिहरूको तर्क थियो ।

चोटपटक लागेका बिरामीलाई कसरी लैजाने अस्पताल ?
चोटपटक लागेका बिरामीहरूलाई उचित समयमा उद्धार र उपचार सही तरिकाबाट गर्न सकियो भने धेरै बिरामीलाई अकाल मृत्युबाट बचाउनका साथसाथै अंगभंग हुनबाट पनि जोगाउन सकिन्छ । यसरी बिरामीलाई उचित उद्धार गर्नका लागि एम्बुलेन्स सेवाको विकास र विस्तार भएको छ । तर पनि यस अध्ययनमा सामेल भएका व्यक्तिहरूका अनुसार एकतिहाइले मात्र एम्बुलेन्स सेवा प्रयोग गरेको पाइयो भने बाँकीको हकमा भने घटना भएको स्थानमा जे–जस्ता साधन उपलब्ध थिए, त्यसको प्रयोग गरिएको पाइयो । यसमा पनि लगभग एक चौथाइ बिरामीलाई दुईपांग्रे सवारीसाधन (मोटरसाइकल वा स्कुटर) को प्रयोग गरी स्वास्थ्य सेवासम्म पुर्‍याइएको थियो ।

चोटपटक कहाँ र कसरी लाग्छ ?
घर र वरिपरिको वातावरण चोटपटक लाग्ने सबैभन्दा प्रमुख स्थान (४६.९ प्रतिशत) का रूपमा देखिएको छ । घरभित्र हुने चोटपटकमा पुरुषहरूको (३९.४ प्रतिशत) तुलनामा महिला (६०.२ प्रतिशत) उल्लेखनीयरूपमा बढी घाइते हुने गरेको पाइयो । सडक दोस्रो सबैभन्दा धेरै चोटपटक लाग्ने स्थान (३१.७ प्रतिशत) थियो, जसमा पुरुष सडक–सम्बन्धित घटनामा अत्यधिकरूपमा चोट लागेका (७५ प्रतिशत) थिए । फुर्सदका समय बिताइने स्थानहरू, कार्यस्थल र खेतबारीमा भने तुलनात्मकरूपमा कम अनुपातमा चोटपटक लाग्ने गरेको पाइयो ।

ठूलो संख्याका मानिसमा लडेर हुने चोटपटकको प्रमुख कारण थियो । विशेषगरी महिलामा सडक दुर्घटना दोस्रो स्थानमा थियो । यसले मुख्यरूपमा पुरुषलाई प्रभावित गरेको थियो र अन्य कारणमा कुकुर र सर्पजस्ता जनावरको टोकाइ, जलन र करेन्ट लागेर हुने चोटपटक थिए । सर्वसाधारणमा दुर्घटनाका जोखिमबारे सचेतनाको कमी हुनु र यसको रोकथामका बारेमा ज्ञान नहुनु चोटपटकका प्रमुख कारक भनी यो अध्ययनले पत्ता लगाएको छ । तीव्र गतिमा गाडी चलाउनु, लापरवाहीपूर्वक गाडी चलाउनु र मदिरा सेवनजस्ता मानवीय कारकहरूले ७५ प्रतिशत सडक दुर्घटना भएको भन्ने देखिएको छ । यस्ता व्यवहारलाई रोकथाम गर्न सकिने भएकाले अध्ययनको नतिजाले त्यसतर्फ न्यूनीकरणका लागि काम गर्नुपर्ने भनी प्रस्टरूपमा औंल्याएको छ ।

आर्थिक क्षतिः अर्को गम्भीर समस्या 
चोटपटकले व्यक्तिलाई घाइते, अपांग वा मृत्यु गराउनेमात्र नभई परिवारमा र समाजमा गम्भीर आर्थिक बोझ पनि थोपर्छ । यस अध्ययनले देखाएअनुसार जम्मा २८.७ प्रतिशत बिरामीले मात्र अस्पताल भर्ना हुनुअघि प्राथमिक उपचार पाएका थिए । प्राथमिक उपचार पाउनेमध्ये ग्रामीण क्षेत्रहरूमा ४३ प्रतिशत र सहरी क्षेत्रमा २५.४ प्रतिशतमात्र देखिएको थियो । चोटपटकका घाइतेको सवालमा यदि समयमै प्राथमिक उपचार दिइने व्यवस्था रहेमा घाइतेको अवस्था नबिग्रने र उपचारमा कम खर्च लाग्ने भएकाले बिरामी निको हुने दर उच्च हुने आर्थिक क्षति पनि कम हुन्छ ।

चोटपटकको उपचारका लागि रकम खर्च गर्नेमध्ये धेरैले व्यक्तिगत बचत (६१.८ प्रतिशत ) वा आफन्तबाट ऋण लिएर (३३ प्रतिशत) खर्च जेनतेन चलाएको पाइयो । जबकि, १७.५ प्रतिशतलेमात्र स्वास्थ्य बिमा प्रयोग गरेका थिए । यसले नेपालको स्वास्थ्य सेवामा रहेको आर्थिक सुरक्षाको खाडललाई उजागर गर्छ । नेपालमा स्वास्थ्य बिमा लागू गर्ने प्रयासमा सुस्तता र सीमितका कारण मानिसहरूले यस प्रकारका समस्याका लागि सम्पूर्ण खर्च स्वयं व्यहोर्नुपरेको छ । यद्यपि, नेपाल सरकारले स्पाइनल कर्ड इञ्जुरी, हेड इञ्जुरी र जलनजस्ता गम्भीर चोटपटकका लागि आंशिक आर्थिक सहायता वा सहुलियत पूर्णउपचारको व्यवस्था मिलाएको छ ।

परिवारमा कसैलाई चोटपटकका कारण औषधोपचार गर्नुपर्ने अवस्था आएमा अन्य सदस्यहरूको दैनिक कार्यमा गम्भीर असर परेको देखिन्छ । बिरामीको स्याहारसुसारमा लामो समय दिनुपरेकाले कतिपयले आफ्नो नियमित कामसमेत छोड्नुपरेको अवस्था पाइन्छ । यसले गर्दा बिरामीसँगै उनका परिवारका सदस्यहरू पनि थप आर्थिक समस्यामा पर्ने स्थिति सिर्जना भएको छ ।

मनोवैज्ञानिक र सामाजिक असर
भौतिक क्षति वा शारीरिक समस्याका अतिरिक्त, चोटपटकले धेरैमा मनोवैज्ञानिक असर पारेको पनि अध्ययनले प्रस्टरूपमा देखाएको छ । पुरुषहरू (२१.७ प्रतिशत) को तुलनामा महिलाहरू (२६.५ प्रतिशत) मानसिकरूपमा बढी प्रभावित पाइएका थिए । यसबाहेक, सात प्रतिशत उत्तरदाताहरूले भौतिक सम्पत्तिको क्षति भोग्नुपरेको देखिएको छ । यसको सालाखाला क्षति प्रतिव्यक्ति एक लाख १५ हजार २५० रुपैयाँ रहेको थियो । यसले न्यून आय भएका परिवारका लागि अत्यन्तै ठूलो प्रभाव पारेको थियो, जसबाट सजिलै पार पाउन धेरै गाह्रो हुने देखिन्छ । यस अध्ययनबाट चोटपटकको समस्याको रोकथामका लागि निम्न बहुआयामिक कार्यक्रमको आवश्यकतामा रहेको देखिएको छ ।

रोकथामः सडक सुरक्षाका उपायहरू (जस्तैः गति सीमाको कडाइका साथ पालना, मापसे जाँच) र घरभित्र (जस्तैः वृद्ध महिलाका लागि चिप्लनबाट बचाउने उपायहरू)लाई बलियो बनाउनुपर्छ र वरिपरिका क्षेत्रमा सुरक्षाका लागि समुदायमा सुसूचित गरी सुरक्षित वातावरण बनाउने प्रयासको तुरुन्त थालनी गर्ने । साथै, समुदायमा चोटपटकका कारण र यसको रोकथामका लागि अपनाउनुपर्ने उपायकाबारेमा उचित ज्ञान र सम्बन्धित निकायले चोटपटकका जोखिम न्यूनीकरणका लागि विशेष पहल गर्नुपर्ने छ ।

आर्थिक सुरक्षाः उपचारमा लाग्ने व्यक्तिगत खर्च कम गर्न स्वास्थ्य बिमाको दायरा र आपत्कालीन कोष विस्तार गर्नुपर्छ । मानसिक स्वास्थ्य सहायताः चोटपटकका घाइतेको व्यवस्थापनमा उपचार र मनोसामाजिक परामर्श सेवालाई पनि समावेश गर्नुपर्छ । तथ्य–प्रमाणमा आधारित नीति तथा कार्यक्रमहरूः उच्च जोखिममा रहेका समूहहरू (जस्तैः बालबालिका, किसान, विद्यार्थी, वृद्ध महिला) का लागि चोटपटक रोकथामका कार्यक्रमहरू तयार गर्न प्रमाणमा आधारित नीति र कार्यक्रमहरू निर्माण गरी लागू गर्नुपर्छ ।

तसर्थ, चोटपटकहरू केवल अनपेक्षित वा अकस्मात् हुने दुर्घटनामात्र होइनन् । यी अनुमान गरी रोक्न सकिने घटनाहरू हुन् । तिनका मूल कारणहरू र सामाजिक–आर्थिक प्रभावहरूलाई सम्बोधन गरेर नेपालले अकालमा हुने मृत्युबाट बचाउन, घाइते वा तिनका परिवारजनको पीडा कम गर्न र सुरक्षित, अझ चोटपटकका जोखिमबारे सचेत समाजको निर्माण गर्न सक्छ । अब काम गर्ने समय आएको छ । 
 


प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP