काठमाडौं– राष्ट्रिय आदिवासी जनजाति विकास प्रतिष्ठान (एनएफडि) को आयोजनामा रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलनको दोस्रो दिनमा विभिन्न विषयमा अनुभव आदन प्रदान भएको छ । “ज्ञानको साझा, सम्पदाको संरक्षण, भविष्यको निर्माण” भन्ने मूल नारासहित काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आयोजना भइरहेको कार्यक्रम दुई चरण सकिएको छ ।
नेपालका आदिवासी जनजातिको मौलिक ज्ञान, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न विभिन्न चरणमा देशका विभिन्न क्षेत्रबाट सहभागी र प्रतिनिधित्वहरुसँग अनुभव आदन प्रदान भएको छ ।
पहिलो चरणको बहसमा ‘स्वायत्तता, विरासत, र परम्परागत सरकार ’ (Autonomy ,Heritage and Customary governance) शिर्षकमा डा. बालकृष्ण माबुहाङले सहजीकारण गरेका थिए । पहिलो चरणको बहसमा वर्र्दिया नगरपालिकाको पूर्व प्रमुख दुर्गा थारु ,काठमाडौं महानगरपालिकाको कार्यबहाक प्रमुख उप्रमुख सुनिता डंगोल, सुर्खेतका राउटे संघ संरक्षक दिपक राउटे ,सुनचरी गाउँपालिकाका अध्यक्ष धन बहादुर पुन मगर, सिक्किमबाट पाहुना महेन्द्र गुरुङ रहेका छन् ।
आदिवासी जनजाति बाहुल्यतामा प्रभावित रहेको यो ठाउँमा प्रतिनिधि कसरी सम्बोधन गर्नुहुन्छ भन्ने विषयमा काठमाडौं महानगरपालिकाको कार्यबहाक प्रमुख उप्रमुख सुनिता डंगोलले हामी आदिवासीहरूका लागि यो नयाँ कुरा नरहेकाे बताइन् । मृत–अमृत जस्तो स्वायत्तता हामीभित्रै रहेको छ । नीति तथा कार्यक्रम बनाउँदा महानगरपालिकाले नेपालको पहिचान बोकेर बनाएको डंगोलले बताइन् । उनले भनिन् ‘विशेषगरी नेवारी घरको चर्चा गरिन्छ । काठमाडौंको पहिचान नै नेवारी घर, संस्कृति, गुठी र यहाँका जनता हुन् । धेरै सामाजिक नीति–नियमहरू अभ्यास गरिँदै आएका छन् । बसाइँसराइ भइरहेको छ, जसका कारण सामुदायिक संस्कृति जस्ता मूल्यहरू हराउँदै गएका छन् ।’

सामाजिक संरचना भत्किएको छन् र पुननिमार्ण गर्नुपर्ने अवस्थामा कति गरिएका छन् त कति योजनाको तर्जुमा रहेको उनले बताइन्। शहरीकरणका कारण मूर्त सम्पदाहरू लोपोन्मुख अवस्थामा पुगेकाे उनले बताइन् । यी कुरालाई जीवित राखिराख्न हरेक वर्ष गुठी, गुठि गुरु तथा समुदायलाई महानगरले सम्मान गरिँदै आएको उनले बताइन् । नेवारी भाषा,संस्कार र सम्पदा जोगाउन स्थानीय शिक्षामा पनि जोड गरेको उनले बताइन् । यी कुराको कदम उठाउन नेवार कार्यविधि कायम गर्दै कानुन निर्माण गरि संस्थागत निर्णय लिनु आवश्यक रहेको उनले बताइन् ।
भौगोलिक हिसाबले विकट सुनचरी गाउँपालिकामा मगरहरुको बाहुल्यता रहेको सोही गाउँपालिकाका अध्यक्ष धन बहादुर पुन मगरले बताए । त्यहाँ मगरको बाहुल्यता भएकै कारण खाम भाषामा केन्द्रित शिक्षामा जोड दिइएको उनले बताए । खाम भाषामा स्थानिय पुस्तकभन्दा पनि व्यवहारिक शिक्षाको कक्षा सञ्चालन गरेको र कतिले नबुझेको अवस्था पनि भएको बताए । स्थानिय आदिवासीको संस्कार संस्कृति सरक्षण, विकास र विस्तारमा सरकारले ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।
संस्कार संस्कृतिको जर्गेना गर्न सांस्कृतिक महोत्सवले महत्व झल्कने भएकाले पालिकाले पनि ती कुराहरु गरेको बताए । यसैगरी मगरहरुको र आदिवासीको कला ,संस्कृति,वेशभूषको संरक्षण गर्नका लागि सुनचरी प्रज्ञा प्रतिष्ठान पनि स्थापना गरेको बताए । वर्षमा दुई पटक आफ्नो जातित्व भेषभूषामा स्थानिय सरकारको सभामा उपस्थित हुनाले भेषभूषा पनि संरक्षण र प्रवद्धन हुने उनले बताए । यसैगरी मगरहरुले आफ्नो भेषभूषाका लागि कच्चा पदार्थ र दिनचर्यामा प्रयोगमा आउने मौलिक भाङ खेतीलाई सरकारले प्रतिबन्ध लगाएको कुरामा असन्तोष जनाए । यसले गर्र्दा रैथाने थोकमा प्रतिबन्ध लगाउँदा आदिवासीको आर्थिक विकासमा पनि सरकारले अंकुश लगाएता पनि हाल वैद्यानिक रुपमा गाजाँ खेति गर्न आदिवासीले पाएको पुनले बताए ।
सिक्कमबाट आएको पाहुना महेन्द्र गुरुङले पनि आफ्नो क्षेत्रमा आदिवासीको शिक्षा र संस्कृति संवद्धन र प्रर्वद्धनमा स्थानिय सरकार समावेश भएको बताए । गुरुङ भाषा कक्षा १२ सम्म नै अध्यापन गराउन त्यहाँको शिक्षा प्रणाली रहेको उनले बताए । यसका साथै पसल गर्ने साहुदेखि त्यस क्षेत्रमा रहेका सरकारी निकायका माथिल्लो स्तरका व्यक्तिहरुले अनिवार्य रुपमा हप्ताको एक दिन आफ्नो जातिको पोशाक लगाउने गरेको अनुभव सुनाए ।
‘लोकतन्त्र,विविधता,समावेशी र संघियता (Democracy ,Diversity,Inclusion and Federalism)’ शिर्षकमा दोस्रो चरणको कार्यक्रममा मल्ल के सुन्दरले मध्यस्तत गरेका थिए । मलल के सुन्दरले कार्यक्रममा नेपाल बहुराष्ट्रिय हो या होइन, संघियता राष्ट्रका लागि उचित हो कि होइन र संघियतामा छ छैन जस्ता विषयको बारेका बहसमा चर्चा गरे । बहसका क्रममा लेखक कैलाश राई, प्रा करण खनाल ,पदम सुन्दास, सोदन शाह, साजन राजी र महेन्द्र गुरुङ रहेका थिए ।
दोस्रो चरणमा लेखक कैलाश राईले भनिन् ,‘लोकतन्त्र आएको ३५ वर्ष बितिसक्दा पनि नेपालमा अझै लोकतन्त्रको अभ्यास भएको छैन । निवार्चनका पाँच मुख्य विषयवस्तुमा निवार्चन ,बहुमत, सरकार, संसद र शासन हुन् । यो अभ्यास प्रक्रियामा रहे पनि लोकतन्त्रको मर्म भने गुमेको छ । सरकार बनाएका छौँ तर नागरिकसँगको दूरी भने अझै कायम छ। सबै जातजाति, धर्म–संस्कृति विचार गर्ने राज्य मेरो लागि र राज्यको लागि हामी सहभागी हुन सकेको छैनौँ’ उनले भनिन् ।
‘आदिवासीको मूल विषय सामयिकता हो तर यही गुमाएका छौ । उनले थपिन्’ , ‘उनले भनिन् । जेनजीको आन्दलोनबाट लोकतन्त्रमा ब्राण्डमा जस्तै केपी बा भन्दै कराइराखेका छौँ । लोकल्याण्कारी व्यवस्पथा ल्याएको भए अर्थपूर्ण हुन्थ्यो तर हुन सकेन । आदिवासको समाजवादमा हेर्ने हो भने थारू, मगर, शेर्पामा देख्न सकिन्छ , यही कुरा हामीले स्थापित गर्न पक्के आजको प्रयाननिक पद्धति , सामावेशी लोकतन्त्र हुने थियो । समानरूपमा अधिकार बोध हुने थियो । राजनितिक स्वयत्तत पूर्ति गर्न समावेशीतालाई चिर्न सक्दथ्यौँ।’
संघियतालाई राज्यमा लान सकेको तर अन्य कुरालाई संघियतामा लान सकेनौँ यही कमजोर पक्ष भएको उनले बताइन् । त्यसैले सुधार गर्न पर्ने कुरामा धेरै ध्यान दिनुपर्नेमा उनले जोड गरिन् । महिलालाई उपप्रमुखमा राखेर समावेशिताको अभ्यास गररिहे तापनि पर्याप्त नभएको उनले बताइन् । माथिल्लो निकायमा प्रतिनिधित्व पात्र पुगे तर समस्या सम्मानित ज्यँुको त्यही रहेको छ , जिवन, स्रोतसाधन सञ्चालन गर्ने माथि पुग्न नसकेको उनले सुनाइन् । सीमन्कृत दृष्टिकोणमा लुम्बिनी प्रदेशमा पहिलो वर्षको कुल बजेटमा ३ प्रतिशत सीमन्कृत आदिवासीमा १ प्रतिशत अभ्यास गरिएको देखिएको उनले बताइन् ।