Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ५, २०८२

काठमाडौं-  नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय पर्यटन मेला फितुर (FITUR) २०२६ मा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्क्ष्ब्), काठमाडौंमा आज औपचारिक रूपमा बिदाइ गरेको छ ।

फितुर विश्वकै प्रमुख पर्यटन व्यापार मेलामध्ये एक हो, जसले अन्तर्राष्ट्रिय गन्तव्य प्रवद्र्धन, व्यावसायिकनेटवर्क विस्तार तथा पर्यटन बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । 'फितुर- २०२६' मा यस वर्ष नेपालबाट ३० वटा टुर तथा ट्राभल कम्पनीहरूको सहभागिता रहेको छ, जसअन्तर्गत ५० भन्दा बढी पर्यटन व्यवसायी तथा प्रतिनिधिहरूले नेपालको निजी पर्यटन क्षेत्रको सशक्त उपस्थिति जनाउँदैछन् ।

केही सहभागीहरू पहिले नै प्रस्थान गरिसकेका छन्भने बाँकी सहभागीहरू आज र भोलिका विभिन्न अन्तर्राष्ट्रिय उडानमार्फत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।  'फितुर- २०२६' मा नेपालको समग्र सहभागिता, समन्वय तथा व्यवस्थापनको जिम्मेवारी नाट्टाले नेपाल पर्यटन बोर्डको सहकार्यमा गर्दै आईरहेको छ भने यसको आवश्यक समन्वय नाट्टा कार्यसमिति सदस्य कृष्ण प्रसाद ढकालले संयोजकको रूपमा निर्वाह गरिरहेका छन्।

Hardik health

यसका साथै, नाट्टाका अर्का कार्यसमिति सदस्य कृष्ण प्रसाद ढकालज्यूले उप–संयोजकको भूमिका निर्वाह गर्दै प्रतिनिधि मण्डललाई आवश्यक सहयोग तथा सहजीकरण प्रदान गरिरहेका छन्।औपचारिक बिदाइका अवसरमा नाट्टाका अध्यक्ष  कुमारमणि थपलियाज्यू, उपाध्यक्ष घनश्याम घिमिरे,महासचिव  युविका भण्डारीज्यू, कोषाध्यक्ष  सुरेश अंगाई, सह–कोषाध्यक्ष ढकनाथ काफ्ले तथा नाट्टाका कार्यकारी प्रमुखको उपस्थितिमा सहभागी कम्पनीहरू तथा प्रतिनिधिमण्डललाई नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रभावकारी ढंगले प्रवद्र्धन गर्ने यस महत्त्वपूर्ण सहभागिता सफल, उपलब्धिमूलक र परिणाममुखी होस् भन्ने शुभेच्छासहित उच्च मनोबलका साथ कार्यसम्पादन गर्न हार्दिक शुभकामना व्यक्त गरे।

सो अवसरमा अन्तर्राष्ट्रिय पर्यटन मञ्चमा नेपालको प्रभावकारी प्रवद्र्धनका लागि आपसी समन्वय, व्यावसायिक आचरण, जिम्मेवार व्यवहार तथा सामूहिक ब्रान्डिङको अत्यन्तै महत्वपूर्ण भूमिका रहने विषयमा जोड दिइयो। नाट्टाले  'फितुर- २०२६' मा नेपालको सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन छवि थप सुदृढ बनाउने, नयाँ व्यावसायिक साझेदारीहरू विस्तार गर्ने तथा युरोपेली पर्यटन बजारमा नेपालको उपस्थितिलाई मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।

विश्वव्यापी पर्यटन मेलाहरू तथा व्यापारिक प्लेटफर्महरूमा सदस्य संस्थाहरूको प्रभावकारी सहभागिता सुनिश्चित गर्न नाट्टाको निरन्तर समन्वय र सहयोग रहने प्रतिबद्धता पुनः व्यक्त गरिएको छ ।   'फितुर- २०२६' मार्फत नेपालका साहसिक पर्यटन, सांस्कृतिक तथा सम्पदा पर्यटन, प्राकृतिक पर्यटन, आध्यात्मिक पर्यटन तथा दिगो पर्यटन उत्पादनहरूलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रभावकारी रूपमा प्रस्तुत गर्दै नेपाललाई एक विशिष्ट, आकर्षक र प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १०:२७
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै शुक्रबार, माघ २, २०८२
सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न अभियान सुरु
सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न अभियान सुरु शुक्रबार, माघ २, २०८२
सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको संगम
सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको संगम शुक्रबार, माघ २, २०८२
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल शुक्रबार, माघ २, २०८२
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण बिहीबार, माघ १, २०८२
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP