Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • गुइँठेको सपना !
गुइँठेको सपना !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, माघ २७, २०८२

आजकल गुइँठेलाई भ्याइनभ्याइ छ । कहिले कता पुग्ने कहिले कता पुग्ने ! सबैको आँगनमा पुगेरै भए पनि आफ्नो स्वार्थ त पूरा गर्नु नै पर्ने छ । समय बदलियो तर गुइँठे बदलिएन । गुइँठेले केटाकेटीमा श्री स्वस्थानीको व्रतकथा पढेकैले होला । लावण्य देशमा नवराजलाई हात्तीले माला लगाइदिएरै राजा भएको हो । कसको भाग्यमा के लेख्या छ के था ?

गुइँठे त्यही भएर अहिले गाउँ-गाउँ छिरेको छ । कहिले कृष्ण बनेको छ, कहिले गिरिधर बनेर । गुइँठेको रुप अनेक भएका छन् । भाका फेरिएको छ । गुइँठेको दुवै हातमा लड्डु छ । उसले सोचिरहेको छ, यो लड्डु सधैं मेरो हातमा नै भई नै रहन्छ । तर त्यस्तो कहाँ हो र ? मौका हिरा फोरेन भने हिरा ढुंगामा नै परिणत पनि हुन सक्छ । गुइँठेलाई अहिले गाउँका सबैले राम्रै मानेका छन् । पिपलबोटको चौतारीमा पुग्दा होस् कि हरिहरफाँटमा पुग्दा होस् । टारतिर पुग्दा पनि उस्तै छ ।

उबेला हात्तीले माला लगाइदिएको भए पनि अहिले स्वार्थ बोकेका मानवहरुले गुइँठेलाई माला लगाइदिएका छन् । मन लागे लगाउँछ । मन नलागेका बारीको पाटामा पुग्नेगरी फालिदिन्छ । गुइँठेलाई दायाँबायाँ छरछिमेकीले घेरेकै छन् । हुन त गुइँठे केटाकेटीदेखि नै ग्याङ लिएर हिँड्ने । वल्लो टोल र पल्लो टोलमा कुस्ती खेल्नु परे पनि अरुलाई अघि सार्ने अनि जसजति सबै आफैं लिने । कोइलीको फूल चोर्ने कागजस्तै । अहिले पनि बानी कहाँ फेरिएको छ र ! नानीदेखि लागेको बानी ।

त्यही भएर पनि गुइँठेका बाले भन्ने गर्दथे । कहिल्यै नसुध्रने भो । कहिले कसको बाख्रा चोर्ने, कहिले कसको काँक्रा चोर्ने । चोर्न पनि अरुलाई लगाएर त्यसको फाइदाजति सबै आफैंले खाने । चोट पाउने अरु, भोज गर्ने गुइँठे । गाउँका नाइके छान्ने तयारी भएकाले ऊ गाउँ-गाउँ घुमिराको छ । गुइँठेका अघि-पछि वल्लो टोलदेखि पल्लो टोलसम्मका केटाकेटी जम्मा भएका छन् । गुइँठेको जयजयकार मनाइरहेका छन् । किनकि, सबैलाई थाहा छ, उसलाई यस्तै गणेश प्रवृत्तिका मान्छेहरु नै मनपर्छ । अरुको कुरा त सुन्नै नचाहने ।

Hardik health

घरकै बाउको कुरा त नसुन्ने गुइँठे अरुको कुरा सुन्ला अनि मान्ला भन्ने त सपना पनि नदेखे हुन्छ अरुले । बरु ती सबैको सपना गुइँठेले देखिसकेको छ । चोरको बाउ चण्डाल पो छ त ! उसलाई मन पर्ने भनेकै बाहिर बोक्रो भित्र खोक्रो हो । भित्र जेसुकै होस्, बाहिर चिटिक्कै चाहिने । नाम पो हजुरबाउले गुइँठे राखिदिएका हुन् त । त्यो पनि खासै नबोल्ने । बोल्न नजान्ने भएर । हजुरबाउले भनेका थिए अरे- ‘कि त गरिखानु, कि त मरिजानु !’

त्यही भएर होला निकै इख लिएर बस्ने हो, भित्रभित्रै सिध्याउने गर्छ यो गुइँठेले । के गर्छ नै थाहा हुँदैन । त्यसै हजुरबाउले गुइँठे नाम राखेका हो र ? केटाकेटीदेखि नै बदमासी जानेको केटो हो । संगत पनि उस्तैउस्तैसँग गर्ने । खेतमा लाको कुलै भत्काइदिने । गोठमा बाँधेको वस्तुभाउ नै फुकाइदिने ! फल दिने बेलाको रुखको हाँगा नै भाँचेर स्वाहा बनाइदिने ! फसल दिने बेलाको धानबारीमा केटाहरुलाई चंगा चेट भन्दै आफू चंगा उडाउने उनीहरुलाई खेतमा कुदाउने । यसको कुरै छाडौं । 

त्यत्तिमात्र कहाँ हो र भन्या, घराँ बाउले गाली गरे भनेर काकाको बारीमा परालको कुन्युमा डढेलो लगाइदिनेसम्मको हर्कत गर्ने । ओहो ! यसको बदमासीको त कुरै नगरौं । ‘संगत गुनाको फल’ भन्छन् नि- पार्टी पौवामा बसेर शिवबुटी तान्ने, हरियो पर्दा राखेको मिठाइ पसलमा गएर बाहिर पिठो, भित्र मिठो भन्दै चामल र कोदोको जुस हान्ने । त्यस्तो गुइँठेको पछि अरु को लाग्छन् ? विचार गरे भैगो !

अहिले गाउँभर उसकै हल्ला, गुइँठेकै स्यानाब्यानाबाहेक अरुको हुँदै हुँदैन सल्ला । आफूले गरेका सबै ठीक अरुले गरेको सबै बेठिक । चौतारामा बसेका ठूला बा हुन् कि, डुडेखेतमा घाँस काटिरहेकी लाटी आफैं हुन् । उसलाई केही मतलव नै छैन । आफू खुसी भएन भने केही न केही उपद्रो गरिहाल्ने । त्यही पनि आफ्नै बुद्धिले भएता ठिकै हुन्थ्यो नि ! अर्काले बुद्धिले कति दिन हिँड्नु ?
घरबार, परिवार आफन्त, इष्टमित्र केही मतलव नै नभएको । मै हुनुपर्छ, मैले भनेको नै ठीक हुन्छ । मैले भनेको जस्तै गर्नुपर्छ । भए हुन्छ नभए हुँदैन भन्ने ढिपी कस्ने ! मेरो गोरुको बाह्रै टक्का भनेजस्तो ।

गाउँमा सबैले मन पराए पनि के-के कुरामा मन पराउने भन्ने पनि त होला नि ! बजिया, गुइँठेलाई सबै कुरामा मन पराइदिनुपर्ने अरे । त्यस्तो पनि हुन्छ ? काकाको कुन्युमा डढेलो लगाइदियो ! फूपूको गोठको गाईको दाम्लै फुकाएर भगाइदियो ! अन्तरे काइँलाको छोरालाई भिरबाटै घचेडीदियो ! यस्तो त गाउँमा कति ग¥यो ग¥यो । अब अहिले उसैलाई मुली बनाउनपर्ने रे ? 

त्यो पनि कोसँग भन्दा थरीबाजेको भकारीमा भाको सबै धान चोर्नेसँग । अलि सुहाएन कि ? गुइँठेका सपना पनि कति-कति ? सपना देख्नु त पर्छ । तर त्यसका लागि आफूले पनि त गर्नुप¥यो नि सत्कर्म ! कुकर्म गरेर धर्म कमाउन सकिनँ भन्न कहाँ पाइन्छ र !

सपना त चन्द्रमा छुने नै देख्ने हो । तर त्यहाँ जान पनि त बाटो सही रोज्नुपर्ला, सबै थाहा पाउनुपर्ला । गाउँले गुइँठेको अनुहार हेरेर पो मन पराएका हुन् त, बानी व्यवहार हे¥यो भने त उही हो ! छिमेकीले उचालेको भरमा बुर्लक्क बुर्लक्क बाउआमालाई समेत नटेरी घरबाट हिँड्यो भने के हुन्छ ? सपना सपनामा मात्रै सीमित हुन्छ । विपनामा पूरा गर्न त आनीबानी सबै सुधार्नु पो पर्छ त !

बानी सुधार्नु छैन । अरुले उक्साको भरमा दौडिएको छ । आफ्नै घराँ डढेलो लगाएको छ अनि सपनाचाहिँ मुली बन्ने देख्या छ । तेरिमा गुइँठे !
 


प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP