Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • संस्कृति र राजनीतिको अन्तरसम्बन्ध
संस्कृति र राजनीतिको अन्तरसम्बन्ध
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २७, २०८२
प्रा. जगमान गुरुङ

 

निर्वाचनका दौरानमा अधिकांश उम्मेदवार जनताका घरदैलोसँगै आ-आफ्ना धार्मिक विश्वास र आस्थाबाट प्रेरित भई विजयको अपेक्षा राख्दै मठमन्दिर, गुम्बा, चैत्यजस्ता धार्मिकस्थलमा गई पूजाअर्चना गर्ने, फूलमाला लगाउने, पुजारीबाट आशीर्वाद लिने गरेका सञ्चार माध्यममा देखिन्छन् । बाहिर आफूलाई नास्तिक वा भौतिकवादी देखाउन खोजे पनि अन्ततः धर्मकर्मबाट विमुख कोही हुन सक्दैन । त्यसैले धर्म मानिसको जीवनपद्धति हो । यसबाट व्यक्तिले जतिसुकै आफूलाई टाढा राख्न खोजे पनि टाढा हुन सक्दैन । जीवनपद्धतिलाई राजनीतिले असर गर्न सक्छ तर संस्कृति पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको हुन्छ । राजनीतिले संस्कृतिलाई होइन, संस्कृतिले राजनीतिलाई डोर्‍याउन सक्नुपर्छ ।

संस्कृति र राजनीति समाजका दुई आधारभूत स्तम्भ हुन् । संस्कृतिविना समाजको पहिचान अधुरो हुन्छ भने राजनीतिविना समाजको व्यवस्थापन सम्भव हुँदैन । यी दुवैबीच गहिरो सम्बन्ध रहेको हुन्छ । संस्कृति समाजको सोच, व्यवहार, मूल्यमान्यता र जीवनशैलीको प्रतिविम्ब हो भने राजनीति ती मूल्यमान्यतालाई सत्ता, नीति र शासन प्रणालीमार्फत कार्यान्वयन गर्ने माध्यम हो । त्यसैले संस्कृति र राजनीतिबीचको अन्तरसम्बन्धलाई बुझ्नु समाजको समग्र विकास बुझ्नुजस्तै हो । राजनीति र संस्कृति अलग-अलग क्षेत्र भने पक्कै होइनन् । संस्कृति नै राष्ट्रको आत्मा हो र राजनीति त्यस आत्माले निर्देशित हुनुपर्छ । भाषा, धर्म, परम्परा, चाडपर्व, कला, साहित्य, रहनसहन, विश्वास प्रणाली र सामाजिक मूल्य मिलेर संस्कृति निर्माण हुन्छ ।

संस्कृति राष्ट्रको पहिचान हो भने राजनीतिले त्यो पहिचानको संरक्षण, सम्मान र प्रवर्द्धन गरेको हुनुपर्छ । राजनीति र सांस्कृतिक मूल्यबीचको सन्तुलनले मात्र समाजलाई सुदृढ र देशलाई गतिशील बनाउँछ । संस्कृति प्रत्येक व्यक्ति वा राष्ट्रको आफ्नो पहिचान हो, पहिचानविहीन हुन न व्यक्ति सक्दछ, न राष्ट्र नै । हरेक व्यक्तिको राजनीति धर्म र संस्कृतिबाट सुरक्षित र सुगठित हुन्छ । नेपाली राजनीतिक प्रक्रियाले सांस्कृतिक मूल्य र सामाजिक एकतालाई कमजोर बनाएको खण्डमा राष्ट्र कमजोर हुने सम्भावना रहन्छ । नेपाली संस्कृतिमात्र परम्परा वा रीतिरिवाज नभइ समाजको पहिचान, एकता र सामाजिक सद्भावको आधार पनि हो ।

Hardik health

हाम्रा पुराना संस्कार, आदर्श र सांस्कृतिक अभ्यासलाई स्मरण गराएर नेपाली समाजलाई अझ समृद्ध र दिगो बनाउन सकिन्छ । राजनीतिक नेतृत्वले संस्कृतिकै आधारमा निर्णय गरेमा देशमा सकारात्मक परिवर्तन आउन सक्दछ । विशेषगरी पुराना मान्यता, भाषा र मूल्यमा आधारित व्यवहारलाई आधुनिक जीवनशैलीमा हस्तान्तरण गर्नु आजको आवश्यकता हो ।

नेपाल बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक देश हो र यो नै नेपालको विशिष्ट मौलिक पक्ष हो । सबै जात, धर्म, वेषभूषा भएका मानिसबीचको एकता, सम्मान र विश्वास नै नेपालको धरोहर हो । यो वास्तविकतालाई हरेक राजनीतिक पार्टी र तिनका नेता, कार्यकर्ताले पनि राम्ररी बुझेका छन् । कहिलेकाहीँ अर्काको इशारा र स्वार्थमा परेर विवादास्पद अभिव्यक्ति दिने, जातीय, धार्मिक विद्वेष फैलाउने दुस्कार्य हुन खोजे पनि त्यसलाई आमजनताले तिरस्कार गरी आपसी प्रेम, विश्वास र सद्भावलाई खल्बलिन दिँदैनन् ।

राजनीतिक व्यवस्थाले यी सबैलाई समेटेर राखेकै कारण नेपालमा कुनै पनि खालको जातीय, भाषिक वा धार्मिक द्वन्द्व वा विद्रोह हुन पाएको छैन । समन्वयात्मक संस्कृतिले राजनीतिक व्यवस्थालाई पनि समेटेर राखेको छ । नेपाल आध्यात्मिक केन्द्रको रुपमा विश्वमा परिचित छ । पछिल्लो समय नेपाली समाज विकृतिले भरिन थालेको छ । हरेक जातजातिअनुसार मिलेर बसेको नेपाली समाजलाई पछिल्लो समय भने केही धर्मको नाममा, जातीयताको नाममा राजनीति गर्नेहरुले बिगार्दै लगेको पाइन्छ । नेपाली समाज विकृतरूपमा अघि बढिरहेकाले समाजलाई सच्याएर अघि बढाउनुपर्ने अवस्था रहेको छ ।

नेपालीहरूले पुरानो संस्कृति र संस्कार बिर्सिसकेकाले यसलाई पुनः उजागर र प्रवर्द्धन गर्न आवश्यक छ । समन्वयात्मक अध्यात्मवादको पृष्ठभूमिमा समन्वयात्मक नेपाली संस्कृतिको विकास भएको छ । त्यही समन्वयात्मक नेपाली संस्कृतिको धरातलमा नेपाल राष्ट्रको संरचना र नेपाली राष्ट्रियताको विकास भएको हो । नेपालको संविधान २०७२ ले बहुसांस्कृतिकता, विविधता र समावेशीतालाई विशेष जोड दिएको छ । त्यसअनुसार राजनीतिक दलहरूले नेपाललाई बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुकको रूपमा स्वीकार गर्दै आदिवासी जनजाति, दलित, मधेसी, थारू, मुस्लिमलगायत समुदायको सांस्कृतिक अधिकार मातृभाषा, लोकसंस्कृति र परम्परागत ज्ञानको संरक्षण, सांस्कृतिक पहिचानमा आधारित विभेदको अन्त्यजस्ता विषयलाई आफ्ना राजनीतिक दस्तावेजमा पनि उल्लेख गरेका छन् । संस्कृतिलाई केवल परम्परा होइन, अधिकार र पहिचानको राजनीतिक मुद्दा बनाएका छन् ।

घोषणापत्रमा उपेक्षित सांस्कतिक पक्ष
मुलुक यतिबेला निर्वाचनको संघारमा उभिएको छ । राजनीतिक पार्टीहरु निर्वाचन लक्षित आफ्ना दृष्टिकोण र भावी योजना कार्यक्रमसहितको घोषणापत्र तयारीको अन्तिम चरणमा छन् । तिनका उम्मेदवार जनताका घरदैलोमा आफ्ना पार्टीका घोषणापत्र लिएर मत माग्न जाने तयारीमा छन् । घोषणापत्र कुनै पनि देशको भावी नीति, प्राथमिकता र वैचारिक दिशाको दस्तावेज मानिन्छ । नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देशमा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन राजनीतिक घोषणापत्रको महत्‍वपूर्ण अंग बन्नु स्वाभाविक हो तर व्यवहारमा विगतका निर्वाचनमा ल्याइएका घोषणापत्रका आधारमा त्यसमा संस्कृतिको पक्षलाई महत्‍व दिएको पाइँदैन ।

केही दलका घोषणापत्रमा धर्म र संस्कृतिको सम्बन्ध संवेदनशील विषयका रूपमा प्रस्तुत गरिएको छ । अधिकांश राजनीतिक दलका घोषणापत्रमा संस्कृति राष्ट्रिय पहिचान र सामाजिक एकताको आधारका रूपमा उल्लेख गरिएको हुन्छ । तर ती घोषणापत्रमा संस्कृति मूल एजेण्डा होइन, सहायक विषयका रूपमामात्रै समेटिएको पाइन्छ ।

सांस्कृतिक पर्यटनको विकास, कला, साहित्य, संगीत र चलचित्र उद्योगलाई प्रोत्साहन, संस्कृतिमार्फत आर्थिक गतिविधि विस्तार गर्न सकिने कुराहरु समावेश गरिएका हुन्छन् । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलहरूले नेपाली संस्कृति, परम्परा, कला, भाषा र सभ्यताको संरक्षणलाई राष्ट्र निर्माणसँग जोडेर प्रस्तुत गरेका छन् । विगतका घोषणापत्रमा धर्मनिरपेक्षता स्वीकार गर्दै सबै धर्म र संस्कृतिप्रति राज्यको समान व्यवहार गरिने कुरामा जोड दिन खोजिएको छ । तर व्यवहारमा संस्कृति र धर्मलाई राजनीतिक स्वार्थअनुसार प्रयोग गरिएको देखिन्छ । वास्तवमा संस्कृति केवल विगतको सम्झना होइन, राष्ट्रको वर्तमान चेतना र भविष्यको दिशा पनि हो भन्ने बुझाइ घोषणापत्रका शब्दमामात्र होइन, व्यवहारमा पनि देखिनु आवश्यक छ । भाषा, साहित्य, संस्कृति र समृद्धि एकापसमा अन्तरसम्बन्धित छन् । भौतिक समृद्धिलेमात्रै राष्ट्रिय गौरव कायम गर्न सक्दैन, कला, साहित्य पनि समृद्धिको एउटा आधार हो भन्ने तथ्यलाई राजनीतक नेतृत्वले बुझ्न जरुरी छ ।

निर्वाचनका दौरानमा अधिकांश उम्मेदवार जनताका घरदैलोसँगै आ-आफ्ना धार्मिक विश्वास र आस्थाबाट प्रेरित भई विजयको अपेक्षा राख्दै मठमन्दिर, गुम्बा, चैत्यजस्ता धार्मिकस्थलमा गई पूजाअर्चना गर्ने, फूलमाला लगाउने, पुजारीबाट आशीर्वाद लिने गरेका सञ्चार माध्यममा देखिन्छन् । बाहिर आफूलाई नास्तिक वा भौतिकवादी देखाउन खोजे पनि अन्ततः धर्मकर्मबाट विमुख कोही हुन सक्दैन । त्यसैले धर्म मानिसको जीवनपद्धति हो । यसबाट व्यक्तिले जतिसुकै आफूलाई टाढा राख्न खोजे पनि टाढा हुन सक्दैन । जीवनपद्धतिलाई राजनीतिले असर गर्न सक्छ तर संस्कृति पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको हुन्छ । राजनीतिले संस्कृतिलाई होइन, संस्कृतिले राजनीतिलाई डो¥याउन सक्नुपर्छ ।

राजनीति र संस्कृति एउटै सिक्काका दुई पाटा हुँदाहुँदै पनि राजनीतिक पार्टीले अझै पनि यसको अन्तरसम्बन्धलाई राम्ररी बुझेको जस्तो लाग्दैन । प्रायः सबैजसो राजनीतिक पार्टीका घोषणापत्रमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, लोपोन्मुख संस्कृति र परम्पराको अभिलेखीकरण, राष्ट्रिय पर्व, जात्रा र सांस्कृतिक उत्सवको प्रवर्द्धन गरिनेछ भन्ने प्रतिबद्धता व्यक्त गरिएका छन् ।

तर यी प्रतिबद्धता प्रायः औपचारिकतामै सीमित हुने गरेको देखिन्छ । संस्कृतिबारे घोषणापत्रका शब्द आकर्षक भए पनि कार्यान्वयनको अवस्था कमजोर रहेको छ । यसपटकको निर्वाचनमा राजनीतक दलहरुले ल्याउने घोषणापत्रमा सांस्कतिक पक्षलाई पक्कै पनि राष्ट्रियता, अखण्डता, बहुलता र सामाजिक सद्भावलाई अझ मजबुद बनाउँदै समृद्ध मुलुक निर्माणमा केन्द्रित हुने छ भन्ने आशा गर्न सकिन्छ ।

 


प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP