Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
  • #भेप_हानिकारक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को संकेत सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १२, २०८२

काठमाडौं– मलेसिया सरकारले नेपालबाट श्रमिक पठाउने म्यानपावर कम्पनी छनोटका लागि १० वटा मापदण्ड तोकेको छ । मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाल दूतावासलाई पत्र लेख्दै उक्त मापदण्ड पूरा गर्ने एजेन्सीलाई मात्रै कामदार भर्ती प्रयोजनका लागि छनोट गरिने जानकारी गराएको हो ।

मलेसिया सरकारको यो कदमले एकाधिकार ‘सिण्डकेट’ लागू हुने प्रस्ट संकेत गरेको छ । किनभने, तोकिएको मापदण्ड कार्यान्वयनमा आए सीमित म्यानपावर कम्पनीले मात्र त्यहाँ कामदार पठाउन पाउने छन् । यसअघि वैदेशिक रोजगार व्यवसायीहरुले मलेसिया रोजगारीमा सिण्डिकेड लागू गर्ने चलखेल भइरहेको भन्दै आवाज उठाउँदै आएका थिए । त्यसलाई पुष्टि गर्ने गरी मलेसिया सरकारबाट पछिल्लो कदम चालिएको हो ।

पत्रमा मलेसिया कामदार पठाउन पाउने संस्थाहरु मानव संसाधन मन्त्रालयद्वारा सार्वजनिक गरिएको जाँच प्रक्रियामार्फत छनोट गरिने उल्लेख छ । जसमा १० वटा मापदण्डहरू अनिवार्य पूरा गर्नुपर्ने जनाइएको छ । मलेसियाले नेपाल सरकारसँग उपयुक्त मापदण्डहरूसँग मेल खाने निजी भर्ती एजेन्सीहरूको सूची मानव संसाधन मन्त्रालयमा समीक्षा र जाँचका लागि १५ नोभेम्बर २०२५ भित्र पेस गर्नसमेत भनेको छ । अधुरो आवेदन वा मापदण्ड पूरा नगर्ने आवेदनहरू स्वीकृत नगरिने जनाइएको छ । 

Hardik health

यो नीतिले दुवै राष्ट्रबीच रचनात्मक र नैतिक श्रम प्रवासन अभ्यासलाई सुदृढ पार्न महŒवपूर्ण योगदान दिने विश्वाससमेत पत्रमार्फत व्यक्त गरिएको छ ।


यस्ता छन् १० मापदण्ड
श्रमिक पठाउन छनोट हुने बंगलादेश, भारत, नेपाल, पाकिस्तान र म्यानमारका संस्थाले आधिकारिक निकायबाट न्यूनतम पाँच वर्षको सञ्चालन अनुमतिपत्र प्राप्त गरेको हुनुपर्ने भनिएको छ । दोमा, विगत तीन वर्षमा कम्तीमा तीन हजार कामदार पठाएको हुनुपर्ने भनिएको छ । तेस्रोमा, कम्तीमा तीन गन्तव्य देशमा कामदार पठाएको अनुभव भएको हुनुपर्ने जनाइएको छ । चौथोमा, सम्बन्धित सरकारी निकायहरुबाट जारी सबै वैध अनुमतिपत्रहरू प्राप्त भएको हुनुपर्ने उल्लेख गरिएको छ । जसमा प्रशिक्षण, मूल्यांकन, भर्ती र कामदारको परिनियोजनका लागि अनुमति पत्रहरू पनि समावेश छन् ।

पाँचौंमा, इजाजतप्राप्त संस्थाले स्रोत देशका सम्बन्धित निकायहरूले जारी गरेको असल आचरणको प्रमाणपत्र लिएको हुनुपर्ने छ । छैटौंमा, कामदार पठाउने संस्थाको जबरजस्ती श्रम, मानव तस्करी, श्रम कानुन उल्लंघन, बलात्कार, मनी लण्ड्रिङ वा अन्य कुनै वित्तीय अपराध गतिविधिमा संलग्न भएको रेकर्ड हुन नहुने भनिएको छ ।

यसैगरी सतौंमा, संस्थासँग आफ्नो स्वामित्वमा आवास, प्राविधिक तालिम र परिचयात्मक मोड्युलसहितका तालिम र मूल्यांकन केन्द्र भएको हुनुपर्ने भनिएको छ । आठौंमा, संस्थाले कम्तीमा पाँचवटा अन्तर्राष्ट्रिय रोजगारदाताबाट प्रशंसापत्र पाएको हुनुपर्ने भनिएको छ । नवौंमा, इजाजतप्राप्त संस्थाको न्यूनतम क्षेत्रफल १० हजार वर्गफिट क्षेत्रमा रहेको न्यूनतम तीन वर्षका लागि स्थायी सञ्चालन कार्यालय भएको हुनुपर्ने उल्लेख छ । दशौं मापदण्डमा विगतमा भएका सबै भर्ती प्रक्रियाका कागजात बुझाउनुपर्ने जसले सबै स्रोत मुलुकहरुको कानुन पालना गरेको छ, छैन भनेर प्रमाणित गर्ने जनाइएको छ ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ०९:५७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP