Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को संकेत सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १२, २०८२

काठमाडौं– मलेसिया सरकारले नेपालबाट श्रमिक पठाउने म्यानपावर कम्पनी छनोटका लागि १० वटा मापदण्ड तोकेको छ । मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाल दूतावासलाई पत्र लेख्दै उक्त मापदण्ड पूरा गर्ने एजेन्सीलाई मात्रै कामदार भर्ती प्रयोजनका लागि छनोट गरिने जानकारी गराएको हो ।

मलेसिया सरकारको यो कदमले एकाधिकार ‘सिण्डकेट’ लागू हुने प्रस्ट संकेत गरेको छ । किनभने, तोकिएको मापदण्ड कार्यान्वयनमा आए सीमित म्यानपावर कम्पनीले मात्र त्यहाँ कामदार पठाउन पाउने छन् । यसअघि वैदेशिक रोजगार व्यवसायीहरुले मलेसिया रोजगारीमा सिण्डिकेड लागू गर्ने चलखेल भइरहेको भन्दै आवाज उठाउँदै आएका थिए । त्यसलाई पुष्टि गर्ने गरी मलेसिया सरकारबाट पछिल्लो कदम चालिएको हो ।

पत्रमा मलेसिया कामदार पठाउन पाउने संस्थाहरु मानव संसाधन मन्त्रालयद्वारा सार्वजनिक गरिएको जाँच प्रक्रियामार्फत छनोट गरिने उल्लेख छ । जसमा १० वटा मापदण्डहरू अनिवार्य पूरा गर्नुपर्ने जनाइएको छ । मलेसियाले नेपाल सरकारसँग उपयुक्त मापदण्डहरूसँग मेल खाने निजी भर्ती एजेन्सीहरूको सूची मानव संसाधन मन्त्रालयमा समीक्षा र जाँचका लागि १५ नोभेम्बर २०२५ भित्र पेस गर्नसमेत भनेको छ । अधुरो आवेदन वा मापदण्ड पूरा नगर्ने आवेदनहरू स्वीकृत नगरिने जनाइएको छ । 

Hardik health

यो नीतिले दुवै राष्ट्रबीच रचनात्मक र नैतिक श्रम प्रवासन अभ्यासलाई सुदृढ पार्न महŒवपूर्ण योगदान दिने विश्वाससमेत पत्रमार्फत व्यक्त गरिएको छ ।


यस्ता छन् १० मापदण्ड
श्रमिक पठाउन छनोट हुने बंगलादेश, भारत, नेपाल, पाकिस्तान र म्यानमारका संस्थाले आधिकारिक निकायबाट न्यूनतम पाँच वर्षको सञ्चालन अनुमतिपत्र प्राप्त गरेको हुनुपर्ने भनिएको छ । दोमा, विगत तीन वर्षमा कम्तीमा तीन हजार कामदार पठाएको हुनुपर्ने भनिएको छ । तेस्रोमा, कम्तीमा तीन गन्तव्य देशमा कामदार पठाएको अनुभव भएको हुनुपर्ने जनाइएको छ । चौथोमा, सम्बन्धित सरकारी निकायहरुबाट जारी सबै वैध अनुमतिपत्रहरू प्राप्त भएको हुनुपर्ने उल्लेख गरिएको छ । जसमा प्रशिक्षण, मूल्यांकन, भर्ती र कामदारको परिनियोजनका लागि अनुमति पत्रहरू पनि समावेश छन् ।

पाँचौंमा, इजाजतप्राप्त संस्थाले स्रोत देशका सम्बन्धित निकायहरूले जारी गरेको असल आचरणको प्रमाणपत्र लिएको हुनुपर्ने छ । छैटौंमा, कामदार पठाउने संस्थाको जबरजस्ती श्रम, मानव तस्करी, श्रम कानुन उल्लंघन, बलात्कार, मनी लण्ड्रिङ वा अन्य कुनै वित्तीय अपराध गतिविधिमा संलग्न भएको रेकर्ड हुन नहुने भनिएको छ ।

यसैगरी सतौंमा, संस्थासँग आफ्नो स्वामित्वमा आवास, प्राविधिक तालिम र परिचयात्मक मोड्युलसहितका तालिम र मूल्यांकन केन्द्र भएको हुनुपर्ने भनिएको छ । आठौंमा, संस्थाले कम्तीमा पाँचवटा अन्तर्राष्ट्रिय रोजगारदाताबाट प्रशंसापत्र पाएको हुनुपर्ने भनिएको छ । नवौंमा, इजाजतप्राप्त संस्थाको न्यूनतम क्षेत्रफल १० हजार वर्गफिट क्षेत्रमा रहेको न्यूनतम तीन वर्षका लागि स्थायी सञ्चालन कार्यालय भएको हुनुपर्ने उल्लेख छ । दशौं मापदण्डमा विगतमा भएका सबै भर्ती प्रक्रियाका कागजात बुझाउनुपर्ने जसले सबै स्रोत मुलुकहरुको कानुन पालना गरेको छ, छैन भनेर प्रमाणित गर्ने जनाइएको छ ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ०९:५७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या बुधबार, कात्तिक १२, २०८२
तीन महिनामा ३६६ परिवारले लिए आर्थिक सहायता
तीन महिनामा ३६६ परिवारले लिए आर्थिक सहायता मंगलबार, कात्तिक ११, २०८२
जापानमा विशिष्ट सीपयुक्त कामदार पठाउने मागपत्र प्रमाणीकरण सुरु
जापानमा विशिष्ट सीपयुक्त कामदार पठाउने मागपत्र प्रमाणीकरण सुरु मंगलबार, कात्तिक ११, २०८२
साउदी अरबकाे कफाला प्रणाली खुकुलो हुँदा नेपाली कामदारलाई फाइदा हुन सक्ने
साउदी अरबकाे कफाला प्रणाली खुकुलो हुँदा नेपाली कामदारलाई फाइदा हुन सक्ने सोमबार, कात्तिक १०, २०८२
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर सोमबार, कात्तिक १०, २०८२
मानसिक समस्याको जोखिममा आप्रवासी श्रमिक
मानसिक समस्याको जोखिममा आप्रवासी श्रमिक आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP