Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
हमाल राप्रपा केन्द्रीय सदस्य एवं जेन–जी अभियन्ता हुन् जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १२, २०८२
रविकिरण हमाल

नेपालमा अहिले शासकीय स्वरूप परिवर्तन मुख्य आवश्यकता बनेको छ । शासकीय स्वरुप परिवर्तन र भ्रष्टाचार नियन्त्रणविना देश अघि बढ्न सक्दैन । सार्वजनिक संस्थाहरूको पुनर्संरचना अपरिहार्य छ । यही आवश्यकतालाई महसुस गरी भदौ २३ र २४ को जेन–जी विद्रोह उठेको हो ।

जब सरकारले सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाइयो, त्यसले युवामाझ राजनीतिक चेतनाको विष्फोट गरायो । भदौ २२ गते मैले पत्रकार सम्मेलन गरेर सम्पूर्ण युवालाई सडकमा उत्रिन आह्वान गरेँ । त्यो दिनबाट नै परिवर्तनको आगो सल्कियो ।

भदौ २३ र २४ गते दुई दिनको विद्रोह नेपालका तीन दशकको असफल शासनको नतिजा थियो । भ्रष्टाचार, बेरोजगारी र कुशासनको भारले युवाहरू विष्फोट बिन्दुमा पुगेका थिए । जेन–जी पुस्ताले विश्वका प्रगतिशील देशहरूमा भएको शासन प्रणाली देखिसकेका थिए । उनीहरूले बुझिरहेका थिए, नेपाल किन पछि प¥यो ? त्यस प्रश्नको उत्तर खोज्दै उनीहरू सडकमा ओर्लिए । त्यो चेत नै विद्रोहको मूल कारण हो ।

जेन–जी आन्दोलन तोडफोड र आगजनीमा सीमित भयो भन्ने जुन आरोप छ, त्यो कदापि होइन । भदौ २३ गते हामीले पूर्ण शान्तिपूर्ण विरोध गरिरहेका थियौं । तर राज्यको दमन असह्य थियो । दर्जनौं युवालाई गोली हानियो, सयौं घाइते भए । गोली खाएका साथीहरूलाई नजिकैको सिभिल अस्पतालमा उपचारका लागि लैजाँदा आकस्मिक कक्षमै अश्रुग्यास प्रहार भयो । त्यो दिनको क्रूरतापछि देशभर आक्रोशको ज्वालामुखी फाट्यो । भदौ २४ गते सिंगो राष्ट्र विद्रोहमा होमियो । त्यो क्षण कसैको नियन्त्रणमा थिएन, न सरकारको न आन्दोलनको ।

Hardik health

विभिन्न आपराधिक समूहले आन्दोलनमा घुसपैठ गरेको भनिएको छ । त्यसमा मेरो भनाइ, राज्यले जब पूर्ण आत्मसमर्पण गरिसक्छ, त्यस्तो अवस्थालाई अराजक समूहहरूले सदैव फाइदा उठाउँछन् । त्यो जेन–जीको नियत होइन, त्यो शून्य राज्यको परिणाम थियो ।

हामीले चाहेको थियौं नयाँ संविधान, जसमा अघिल्ला सबै आन्दोलनका उपलब्धि र २०८२ सालको बलिदानी समेटियोस् । तर जब राजनीतिक निर्णयको केन्द्र शीतलनिवास पुग्यो, पुरानै दलहरूले फेरि सत्ता कब्जा गरे । त्यहीँबाट देशले पुनः पुरानै गल्ली समात्यो।

अहिलेको सरकार जेन–जी पुस्ताले बनाएको भन्नु गलत हो । तत्कालीन राष्ट्रपतिले पुराना दलका नेतासँग सल्लाह गरेर सुशीला कार्कीलाई अघि सारे । केही अपरिपक्व युवा साथीहरूलाई मुखौटा बनाइयो । त्यसलाई ‘जेन–जीको सरकार’ भन्नु ठट्टामात्र हो । स्वयं प्रधानमन्त्रीलेसमेत राष्ट्रका नाममा सम्बोधन गर्दै जेन–जी विद्रोहका माग सम्बोधन गर्न सकिँदैन, सरकार पुरानै व्यवस्थामा निर्वाचन गर्नका लागि भनिसक्नुभयो ।

हाम्रो पुस्ता संख्यामा धेरै थियो, तर राजनीतिक परिपक्वता अभावमा थियो । उनीहरू परिवर्तन चाहन्थे, तर दिशाबारे स्पष्ट थिएनन् । हामी थोरै अनुभवी युवाले प्रयास ग¥यौं, तर परिस्थितिले सघाएन । हाम्रो आन्दोलनलाई सुशीला कार्की र रामचन्द्र पौडेलले ‘हाइज्याक’ गरे । देश फेरि पुरानै खेलमा फस्यो ।

नेपालको ३० प्रतिशतभन्दा बढी जनसंख्या नयाँ पुस्ता छ । जेन–जीले विद्रोह सफल बनाए पनि त्यसको भावना उपेक्षित भयो । यस्तोमा देशमा न त शान्ति रहन्छ, न प्रगति सम्भव हुन्छ । यदि विज्ञान र प्रविधिबाट सुसूचित यो पुस्ताको आवाजलाई संस्थागत गरिएन भने राज्य असफलतातिर धकेलिने छ । त्यसलाई रोक्नु हाम्रो दायित्व हो ।
हाम्रा दुई प्रमुख माग– प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र सार्वजनिक संस्थाहरूको पूर्ण ‘रिफर्म’ र ‘रिस्ट्रक्चर’ । यी माग देशको मूल मुद्दा बनिसकेका छन् । यी विषय अब रोकिँदैनन् । हामी सर्वपक्षीय सहमतिका लागि अभियान चलाइरहेका छौं । अन्ततः संविधान पुनर्लेखन हुन्छ र नेपालले नयाँ राजनीतिक व्यवस्था पाउँछ । त्यही हाम्रो अन्तिम लक्ष्य हो ।

वर्तमान सरकार जेन–जीका मुद्दाबाट पूर्णविमुख भइसकेको छ । तत्कालीन सरकारले जसरी युवालाई गोली हानेको थियो, आजको सरकारले पनि जेन–जीको नाममा सत्ता कब्जा गरेको छ । केही व्यक्तिहरू प्रधानमन्त्री र मन्त्री बनेका छन्, तर तिनीहरूको वैधता छैन ।

विद्रोहपछि संविधान कोमामा थियो । राज्यका सम्पूर्ण निकाय निष्क्रिय थिए । त्यस्तो अवस्थामा संविधानबाट सरकार बन्नै सक्दैनथ्यो । तर विद्रोहीको सहभागिता र भावनाविपरीत बनेको सरकार संवैधानिक रूपमा अवैधानिक थियो नै, अब राजनीतिकरूपमा अवैध भएको छ । अब हाम्रो लक्ष्य स्पष्ट छ, यो अवैध सरकारलाई विस्थापित गर्दै, जेन–जी विद्रोहको भावना आत्मसात् गर्ने नयाँ सरकार र नयाँ संविधान निर्माण गरिछाड्ने ।

 


प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP