Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • ध्वनि चिकित्सा पद्धतिको प्रभावकारिता
ध्वनि चिकित्सा पद्धतिको प्रभावकारिता
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १६, २०८२
राजाराम पाण्डे

 

ध्वनि चिकित्सा भनेको शरीर, मन र आत्मालाई पुनः सामञ्जस्यमा ल्याउने कम्पन आधारित उपचार विधि हो । यो तनमय शरीर र मनमय शरीरको उपचार गर्ने प्रभावकारी उपचार पद्धति हो । मानव शरीर आफैं कम्पनशील ऊर्जा प्रणाली हो । शरीरको प्रत्येक अंग, कोष र नसाहरू एक निश्चित आवृत्तिमा कम्पन गरिरहेका हुन्छन् । जब कुनै कारणले त्यो कम्पन असन्तुलित हुन्छ, त्यहाँ रोगको बीउ रोपिन्छ । ध्वनि चिकित्सामा स्वर–कम्पन, साउण्ड बाउल, सिंगिङ बाउल, गङ, ट्युनिङ फोर्कजस्ता माध्यम प्रयोग गरेर शरीरभित्रको ऊर्जा प्रवाह पुनः सन्तुलित गरिन्छ । यी ध्वनिहरूले शरीरका सात प्रमुख चक्र मूलाधारदेखि सहस्रार चक्रसम्म सीधा प्रभाव पार्छन् ।
 

ध्वनि भनेको ब्रह्माण्डको मौलिक ऊर्जा हो, जसको प्रभाव हाम्रो शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक पक्षमा प्रत्यक्ष रूपमा देखिन्छ । धार्मिक मन्त्र, भजन, बाजा, ओमकार र प्राकृतिक स्वरहरूमार्फत शरीर र आत्मालाई सन्तुलित राख्ने साधनको रूपमा मानव सभ्यताको आदि कालदेखि नै ध्वनि विविधरूपमा प्रयोग हुँदै आएको छ । यो एक शुद्ध ब्रह्माण्डीय ऊर्जाको वैज्ञानिक, सूक्ष्म र सजीव प्रक्रिया हो । जसले शरीरका ऊर्जा केन्द्र (चक्रहरू) लाई सन्तुलनमा ल्याएर समग्र स्वास्थ्यमा सुधार ल्याउँछ ।

ध्वनि चिकित्सा केवल प्राचीन विषयमात्र होइन, यो विज्ञानसँग प्रत्यक्ष जोडिएको विषय हो । न्युरो–साइन्सका अध्ययनहरूले देखाएका छन् कि ध्वनिका निश्चित आवृत्तिहरूले मस्तिष्कका अल्फा, थिटा र डेल्टा तरंगहरू सक्रिय गर्छन्, जसले गहिरो ध्यान, विश्राम र आत्मउपचारको अवस्था ल्याउँछ । वैद्धिक ध्वनि चिकित्साको सबैभन्दा सुन्दर पक्ष के हो भने यो कुनै बाह्य वस्तुमा निर्भर छैन । जब हामी वैद्धिक ध्वनिको माध्यमबाट आफ्नै भित्री तरंगमा फर्किन्छौं, शरीर आफैं उपचार हुन थाल्छ । ध्वनिले बाहिर होइन, भित्र फर्कन सिकाउँछ । यसैले ध्वनि चिकित्सा केवल रोगको उपचार होइन, आत्मबोध र परम आनन्दको यात्रा हो । जब मन शान्त हुन्छ, शरीर आफैं निको हुन्छ । ध्वनि त्यो कुञ्जी हो, जसले शरीर स्वस्थ र मनको परम आनन्दको ढोका खोल्छ ।

Hardik health

आजको मानव ध्वनि प्रदूषण, तनाव, सामाजिक दबाब र मानसिक दबाबबीच बाँचिरहेको छ । औषधिले शरीरलाई ठीक बनाउन सक्छ, तर मनको पीडालाई निको पार्न सक्दैन । ध्वनि चिकित्सा मनको तहमा पुग्ने उपचार हो । यसले भावनात्मक घाउहरू, डर, चिन्ता, निराशा, क्रोध र अशान्तिलाई गहिरोसँग पगाल्छ र मनलाई शान्त बनाउँछ । ध्वनि तरंगहरूले मस्तिष्कलाई ध्यान–अवस्थामा पु¥याउँछ । शरीर रिल्याक्स हुन्छ र हार्मोन सन्तुलित रहन्छ । लगातार ध्वनि सत्रहरूमा सहभागी हुने व्यक्तिले गहिरो, शान्त र प्राकृतिक निद्रा अनुभव गर्छन् । ध्वनिले मनका नकारात्मक विचारहरू सफा गरी चेतनामा उज्यालो ल्याउँछ । सात चक्रहरूको सन्तुलनले सम्पूर्ण शरीरमा ताजगी र शक्ति ल्याउँछ ।

ध्वनि चिकित्सा के हो त ?
आजको युग विज्ञान र प्रविधिको चमत्कारिक प्रगतिले भरिएको युग हो । यद्यपि, बाहिरी रूपमा विकासको उचाइमा पुगेको मानव भित्री रूपमा असन्तुलित, तनावग्रस्त र असन्तुष्ट बन्दै गएको छ । अस्पतालहरूमा रोगीहरूको भीड बढ्दै छ, औषधि उद्योग बढ्दै छन् तर मानिसभित्रको शान्ति हराउँदै गएको छ । यही असन्तुलनलाई सन्तुलनमा ल्याउने प्राकृतिक, औषधिविहीन र वैज्ञानिक उपचार पद्धति हो– ध्वनि चिकित्सा । ध्वनि वस्तुको कम्पनबाट कम्पनको परिणामस्वरुप उत्पन्न हुने ऊर्जा हो, जसलाई कानले ग्रहण गर्छ र मस्तिष्कले अनुभवका साथ शरीरका ऊर्जाको केन्द्रहरूमा प्रसारण गरेर आफ्नो केन्द्र ऊर्जावान् र सन्तुलित बनाउँछ । ध्वनिको उत्पत्ति एवं विकास क्रममा ब्रह्माण्डको सबै कुरा ध्वनि कम्पनले गुञ्जिरहेको छ । ध्वनि शक्ति चेतना र ब्रह्माण्डसँगको सम्बन्धको रुपमा रहेको छ ।

ध्वनि चिकित्सा साधारण भाषामा औषधिविना प्रकृतिबाट गरिने प्रभावकारी उपचार पद्धति हो । यसरी ब्रह्माण्डको मौलिक र विशुद्ध कम्पन प्रकृतिले दिएको उपहार ऊर्जालाई ग्रहण गरेर मानव शरीरमा प्रसारण गरेर गरिने उपचार पद्धति ध्वनि चिकित्साअन्तर्गत पर्दछ । यसरी उपचार गर्दा शरीरका विभिन्न केन्द्रहरू पूर्णरुपमा स्वच्छ हुन्छ र मान्छेहरू परम् आनन्द र स्वच्छमय जीवन जिउन पाउन सक्षम हुन्छन् । मानव सभ्यताको आदिकालदेखि नै विविधरूपमा प्रयोग हुँदै आएको ध्वनि चिकित्सा पद्धति र यसको महत्‍व बृहत्तर छ ।

विश्वमा ध्वनी चिकित्साको प्रयोग कस्तो छ ?
प्राचीनकालदेखि नै विभिन्न देश, जात जाति, धर्म संस्कृति समुदायले शरीर आत्मालाई निको पार्न संगीत र गायन प्रयोग गर्दै आएका छन् । विश्वका विभिन्न भूभागमा उदाएका सभ्यता र संस्कृतिले ध्वनि चिकित्सालाई आ–आफ्नै तरिकाले बुझ्दै र अभ्यास गर्दै आएका छन् । ध्वनि उपचारको प्रमुख उद्देश्य शरीर र मनमा रहेका विकारलाई निकालेर फाल्नु नै हो ।

वेदका ऋचामा औषधीय गुण भएजस्तै अन्य भाषाका शब्द वा साहित्यको उचारण वा पाठ गर्नाले सकारात्मक भाव पैदा हुन्छ । शरीरमा सन्तुलन र मनमा सद्भावको विकास हुन्छ । आयुर्वेदले संगीतको चिकित्सकीय गुणहरूलाई पनि मान्यता दिएको छ । आयुर्वेदमा विशेष राग–तालहरूको मद्दतले विभिन्न रोगहरूबाट छुटकारा पाउन सकिने कुरा उल्लेख छ । भारतवर्षमा पनि योगीहरूले दिमागलाई शान्त पार्न ध्वनिका तरंगलाई सुन्ने गरेको विभिन्न ग्रन्थहरूमा उल्लेख पाइन्छ ।

ध्वनिको माध्यमबाट गरिने उपचारलाई नादयोग भनियो । नादयोगको विकाससँगै ध्वनि चिकित्साको विकास भयो । नादयोग एक प्रकारको गहिरो आध्यात्मिक अभ्यास हो । यसले पूर्वीय दर्शनमा लामो इतिहास बोकेको छ । नादयोगमा ध्वनि कम्पनहरूलाई ध्यान र चेतना विकास गर्न प्रयोग गरिन्छ । यसले आध्यात्मिक जागरण र आत्मानुभूति प्रदान गर्छ । नादयोगले मानव शरीरभित्रका नाडी र चक्रहरूलाई सक्रिय र सन्तुलनमा राख्न मद्दत गर्छ । यसले प्राण अर्थात् जीवन शक्तिको प्रवाहलाई पनि सहज बनाउँछ ।

शिख धर्मका संस्थापक गुरु नानकले आफ्नो शिक्षामा नादयोगको महत्‍वलाई जोड दिएका थिए । ईश्वरीय नामको जपका साथसाथै भजन र कीर्तनको अभ्यासले शिखहरूलाई ध्वनिको माध्यमबाट ईश्वरसँग जोडिन सघायो । संगीतको मन्त्र रोगको उपचारका लागि प्रभावकारी तरिका हुनसक्ने कुरामा पुरातन इजिप्सियनहरूले विश्वास गर्थे । अमेरिकी जनजातिहरूले पनि निश्चित आवाजहरूमा निको पार्ने शक्तिहरू रहेको कुरालाई मान्थे । सबै भूगोलमा ध्वनि उपचारको काम र उद्देश्य एकै भए पनि उपचारका क्रममा प्रयोग गरिने उपकरण र प्रविधिमा भने भिन्नता रहेको पाइन्छ ।

एक्युपंक्चर उपचार विधिसँगै चीनमा परम्परागत ध्वनि चिकित्साको पनि विकास भयो । कतिपय चिकित्सकहरूले एक्युपंक्चरको प्रभावकारिता बढाउनका साथै ऊर्जामा सन्तुलन ल्याउन सांगीतिक धुन र वाद्ययन्त्रहरूको पनि प्रयोग गर्ने गर्दछन् । तिब्बतमा पनि ध्वनि उपचार प्रख्यात छ । त्यहाँ बौद्ध धर्मावलम्बीमा ध्वनिलाई ध्यान र उपचारको उपकरणको रूपमा प्रयोग गरिएको छ । प्राचीन गाउने कचौराहरूमा तिब्बती अक्षर खोपिएको भेटिनुले पनि तिब्बतमा ध्वनि चिकित्सा अभ्यासमा रहेको पुष्टि गर्छ । ती कचौराबाट उत्पन्न हुने कम्पनले शरीर र दिमागमा उपचारात्मक प्रभाव पार्छ । यद्यपि, तिब्बती कचौराको खास उत्पत्ति नेपालको भूमिमा भएको हो ।

फिजी, भानुआटु, सामोआ, टोंगालगायतका प्यासिफिक टापुहरूमा परम्परागत संगीत सुन्ने, पोलिनेसियन ड्रम बजाउने र जप गर्ने अभ्यास रहेको पाइन्छ । त्यहाँका आदिवासी ध्वनिमार्फत आफूलाई वरिपरिको वातावरण र पुर्खाहरूसँग जोड्ने अभ्यास गर्छन् । अस्ट्रेलियाका आदिवासीले ४० हजार वर्ष अघिदेखि नै ध्वनि उपचार अभ्यास गर्दै आएको छन् भनिन्छ । डिजेरिडू नामक वाद्यवादनलाई उनीहरूले विभिन्न सांस्कृतिक अनुष्ठानमा बजाउने गर्दथे । त्यो बाजाको आकार नेपालमा बजाइने कर्नाल बाजाजस्तै एकातिर सुरिलो र अर्को तिर फुकेको हुन्छ । डिजेरिडू बाजाबाट निस्कने ध्वनिमा रोग निको पार्ने शक्तिशाली क्षमता हुन्छ । त्यस बाजाको ध्वनिले शरीरको मात्र नभई भित्री आत्मालाई समेत सफाइ गर्छ भन्ने आदिवासी मान्यता छ ।

इण्डोनेसियाको बालीमा पनि गेमलान अर्केस्ट्राको आवाजलाई ध्वनि उपचारमा प्रयोग गरिन्छ । ती ध्वनिहरूमा औषधीय गुण हुने र तिनले आध्यात्मिक आरोग्यता प्रदान गर्ने आदिवासी मत आज पनि विद्यमान छ । मेक्सिकोमा ध्वनि चिकित्सकले ध्वनिलाई उपचारका रूपमा प्रयोग गर्ने गरेको इतिहास छ । दक्षिण अमेरिकाको एण्डिज क्षेत्रमा क्वेना (बाँसुरी) र चारांगो (सानो गिटार) जस्ता वाद्यवादनको प्रयोग गरी ध्वनि चिकित्साको प्रयोग भएको पाइन्छ । उत्तर अमेरिकी संस्कृतिहरूमा ध्वनि उपचारका लागि ड्रम (ढोल)को प्रयोग गर्ने परम्परा छ । त्यहाँका आदिवासी यस्तो ध्वनिले शरीर, मन र आत्माको शुद्धि हुन्छ भन्ने मान्छन् । उत्तरी अमेरिकाको आर्कटिक क्षेत्रहरूमा इनुइट गाउने परम्परा छ । यी अभ्यासले मानिसभित्र सन्तुलन कायम गर्न सघाउँछ ।

युरोपमा पनि ध्वनि उपचारको इतिहास शताब्दीऔंदेखि अभ्यासमा छ । रोमका पारम्परिक बाथ हाउस (स्नानघर) हरूमा संगीत र ध्वनि सुन्ने चलन नै थियो । मध्यकालीन र पुनर्जागरण अवधिमा क्रिश्चियन चर्चहरूले युरोपमा ध्वनिको प्रयोगलाई आकार दिन महŒवपूर्ण भूमिका खेले । अफ्रिका महादेशमा पनि ध्वनि उपचारको इतिहास त्यहाँको विविध संस्कृति र परम्पराहरूसँग जोडिएको छ । ड्रम बजाउने काम अफ्रिकाभरि आज पनि ख्यातिमा छ । आध्यात्मिकताका लागि अनुकूल वातावरण सिर्जना गर्ने धार्मिक स्थान निर्माण गर्दा ध्वनिलाई पनि सावधानीपूर्वक समावेश गर्ने चलन आज पनि संसारमा छ । त्यहाँ ड्रम, जप र संगीतले पुर्खासँग कुराकानी गर्न सहयोग गर्ने र तिनीहरूबाट मार्गदर्शन र आशीर्वाद प्राप्त हुने जनविश्वास छ । भाषा नबुझे पनि ध्वनि बुझ्न सहज छ । भाषा र धर्मको सीमाभन्दा ध्वनि धेरै माथि छ । ध्वनि सर्वव्यापी छ । सही तरिकाले ध्वनि ग्रहण गर्न जाने स्वस्थ रहन कुनै समस्या हुँदैन ।

सन् १८३९ मा पुसियाका भौतिकशास्त्री हेनरिक विल्हेम डोभले मानिसको स्नायु प्रणालीमा बाइनोरल बिट्सको प्रभाव पत्ता लगाए । त्यतिबेला ध्वनि चिकित्सामा ठूलो वैज्ञानिक सफलता थियो । त्यस्तै सन् १८९६ मा अमेरिकी चिकित्सकले संगीतले रक्तप्रवाह र विचार प्रक्रियाहरू सुधार गर्न सक्ने कुरा पत्ता लगाए । ब्रिटिस ओस्टियोप्याथ सर पिटर गाय म्यानर्सले १९५० को दशकमा शरीरका कोशिकाहरूलाई निको पार्न सहयोग गर्ने ध्वनि कम्पन मेसिनको विकास गरे । १९ औँ शताब्दीमा संगीतको चिकित्सकीय प्रयोगहरूमा झनै चासो बढ्न थाल्यो । नर्स फ्लोरेन्स नाइटिंगेल संगीतले बिरामीको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने मान्यता राख्थिन् । सोहीअनुरूप संगीत थेरापी क्षेत्रको उदय भयो ।

२०  औँ शताब्दीको मध्यतिर मानिसहरूले वैकल्पिक उपचारको खोज गर्न थाले । यस अवधिमा ध्वनिको चिकित्सकीय सम्भावनालाई लिएर नयाँ अध्ययन र अनुसन्धानक थालिए । गाउने कचौरा, गोंग र अन्य उपकरणहरूको प्रयोगलाई लिएर अन्वेषण पनि गरियो । त्यसपछि संगीत थेरापीले व्यावसायिक मान्यता पायो । २०औंैं शताब्दीको उत्तराद्र्ध र २१औं शताब्दीको प्रारम्भमा ध्वनि चिकित्सा वैकल्पिक उपचार अभ्यासमा झन् लोकप्रिय बन्न थाल्यो । विश्वका सबै धर्म, दर्शन र विज्ञान एक बुँदामा सहमत छन् सृष्टि ध्वनिबाट प्रारम्भ भएको हो ।

कस्तो हुन्छ यसको उपचार पद्धति ?
ध्वनि उपचारले शरीरको ऊर्जा क्षेत्र र चक्रहरूसँग सीधा सरोकार राख्छ । जब ऊर्जा क्षेत्र र चक्र सन्तुलित हुन्छ मानव शरीर स्वस्थ बन्छ त्यसपछि शरीरले स्वतः आफ्नो प्राकृतिक उपचार क्षमतालाई अभिवृद्धि गराउँछ । जब मानिस तनावमा हुन्छ उसलाई भावनात्मक आघात पुग्छ । शरीरका महŒवपूर्ण ऊर्जा क्षीण भएर जान्छ । त्यसले रोगविरुद्ध लड्ने प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ । शरीरले विभिन्न रोगलाई आमन्त्रित गर्छ । शरीर रोगप्रति संवेदनशील बन्न पुग्छ । प्राकृतिकरूपमा आपसेआप निको पार्ने शक्ति मानिसको शरीरमा छ । तर ऊर्जाको अभावमा मानिसले त्यो शक्ति गुमाउँछ । यस्तो बेला ध्वनि उपचार वरदान सावित हुन्छ ।

ध्वनि उपचारले मस्तिष्क र स्नायु प्रणालीलाई प्रभाव पार्न विशेष तरंगको प्रयोग गर्छ । सोही तरंगको फ्रिक्वेन्सीले मस्तिष्क र स्नायु प्रणालीलाई सन्तुलनमा ल्याउँछ । शरीरका ऊर्जा क्षेत्रहरूमा सन्तुलन पुनःस्थापित गर्छ । यसरी शरीर र मनमा रहेका अनेकौं विकारलाई ध्वनि उपचारबाट निराकरण गर्न सकिन्छ । ध्वनि उपचारमा सर्वाधिक प्रयोग हुने विधि भनेको साउण्ड बाथ (ध्वनि स्नान) हो । यो सामान्य प्रकारको ध्वनि थेरापी हो, जसमा चिकित्सकले एक वा बढी ध्वनि कचौरा बजाएर उपचार गर्दछन् । तिब्बती गाउने कचौरा, मन्दिरका घण्टीहरू र सोही प्रकृतिका वाद्ययन्त्रहरूको सहायताले ध्वनि स्नान गरिन्छ । ध्वनि स्नानले क्रोध, रिस, चञ्चलता, ईष्र्या जस्ता खराबीबाट छुटकारा दिन्छ । मन र शरीरलाई स्थिर र चंगा राख्छ । ध्यानपूर्वक सुन्ने हो भने हरेक ध्वनिको लय, चर्कोपना, आवाज र टोनमा भिन्नता हुन्छ । ध्वनि स्नानले ध्यानको अवस्थामा प्रवेशमात्र गराउँदैन यसले मोक्षको बाटोमा हिँड्न सघाउँछ ।

ध्वनि उपचारको अर्को तरिका भनेको ध्वनि गुञ्जन हो । प्रकृतिले सबै मानिसलाई गुन्गुनाउने क्षमता दिएको छ । गुन्गुनाउनु आफैंमा पनि प्राकृतिक उपचार हो । ध्वनि गुञ्जन नाद चिकित्सा पद्धतिको एउटा हाँगा हो । ध्वनि गुञ्जनमा आँखा र मुख बन्द गरेर सात चक्रका सात वीजमन्त्र गुन्गुनाउनुपर्छ । यसले मानिसमा सकारात्मक तरंग पैदा गर्दछ । ध्वनि गुञ्जनको कम्पनले शरीरमा विभिन्न हर्मोनको उत्पादन गर्न भूमिका पनि खेल्छ । माइग्रेन, टाउको दुखाइजस्ता समस्याको उपचारमा यो पद्धति लाभदायक छ । बिर्सने, डराउने र लाज लाग्नेजस्ता कमजोरी हटाउन पनि यो पद्धतिको उपचार प्रभावकारी मानिन्छ ।

ध्वनि उपचारमा भजन कीर्तनको पनि महत्‍वपूर्ण स्थान छ । विभिन्न अनुष्ठान तथा रामरमीतामा आयोजित लयात्मक ध्वनिले पनि मान्छेको भावनालाई सवाल बनाउने काम गरिरहेको हुन्छ । मनमा एकाग्रता र करुणा विजारोपण गर्न यस्ता ध्वनि शक्तिशाली रुपमा देखा पर्छन् । भाइभ्रेसन÷कम्पन थेरापी अर्को ध्वनि उपचार विधि हो, जसले शरीरको प्राकृतिक उपचार प्रतिक्रियालाई सक्रिय गराउन मद्दत गर्छ । ध्वनि उपचारको अर्को विधि साउण्ड स्पा हो । यसलाई भाइभ्रेसन साउण्ड वा ध्वनि मसाज पनि भनिन्छ । यसमा राम्रो कम्पन निकाल्ने कचौरालाई शरीरका मांसपेशीमाथि राखेर हिर्काउने वा घोट्ने गरिन्छ । यसले बेचैनी, टाउको दुखाइ र शरीरका विभिन्न भागका दुखाइबाट मुक्ति दिन्छ । शरीरमा थरीथरीका पीडा हुन्छन् । पीडामा मस्तिष्कले शरीरका निश्चित हर्मोनको उत्पादनलाई रोक्न संकेत गर्छ । जब राम्रो ध्वनि तरंगले शरीरलाई स्पर्श गर्छ शरीरमा व्याप्त भड्काऊ हार्मोनहरूको प्रभाव स्वतः कम हुँदै जान्छ ।

ध्वनिले चेतन मनको गतिलाई कम गराउँछ । जसकारण मानिस परमानन्दको स्थितिसम्म पुग्न सक्छ । ध्वनिकै बलमा साधकहरूले मोक्ष पनि पाउन सक्छन् । महापरिनिर्माणको अनुभूति गर्न सक्छन् । तनाव, क्रोध, रिस र भय मनबाट हटाउन, माया, मोह, लोभ र कामना बढाउन ध्वनि सबैभन्दा उपयुक्त माध्यम हो । विभिन्न आवाजका कारण शरीरमा एण्डोर्फिन, सेरोटोनिन, डोपामाइन, अक्सिटोसिन र नोरेपाइनफ्रिनजस्ता रसायन उत्पादन हुन्छ । यी रसायनले विभिन्न भाव सञ्चार गर्न मद्दत गर्छन् । रक्तचाप र हृदयको गति पनि सन्तुलनमा ल्याउँछन् । ध्वनिको प्रयोगले आफ्नो भावनामाथि नियन्त्रण लिन सकिन्छ । यसले धैर्य गर्ने क्षमतामा विकास गराउँछ । मान्छेमा आत्मविश्वास बढ्छ ।

ध्वनि चिकित्सा भनेको शरीर, मन र आत्मालाई पुनः सामञ्जस्यमा ल्याउने कम्पन आधारित उपचार विधि हो । यो तनमय शरीर र मनमय शरीरको उपचार गर्ने प्रभावकारी उपचार पद्धति हो । मानव शरीर आफैं कम्पनशील ऊर्जा प्रणाली हो । शरीरको प्रत्येक अंग, कोष र नसाहरू एक निश्चित आवृत्तिमा कम्पन गरिरहेका हुन्छन् । जब कुनै कारणले त्यो कम्पन असन्तुलित हुन्छ, त्यहाँ रोगको बीउ रोपिन्छ । ध्वनि चिकित्सामा स्वर–कम्पन, साउण्ड बाउल, सिंगिङ बाउल, गङ, ट्युनिङ फोर्कजस्ता माध्यम प्रयोग गरेर शरीरभित्रको ऊर्जा प्रवाह पुनः सन्तुलित गरिन्छ । यी ध्वनिहरूले शरीरका सात प्रमुख चक्र मूलाधारदेखि सहस्रार चक्रसम्म सीधा प्रभाव पार्छन् ।

नेपाल ध्वनि र ध्यानको पवित्र भूमि हो । हिमालयको मौनता र प्राचीन परम्पराका सिंगिङ बाउलहरू यहीँ जन्मेका हुन् । आज विश्वभर ध्वनि चिकित्साको माग बढ्दो छ, तर यसको स्रोत भूमि नेपाल हो भन्ने कुरा धेरैलाई थाहा छैन । नेपालले विश्वलाई बुद्धको शान्तिको सन्देश दियो, अब ध्वनिद्वारा स्वास्थ्य र चेतनाको सन्देश दिन सक्छ ।
 


प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP