Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विचार
  • Home
  • विचार
  • पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास 
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक १४, २०८२
कृष्ण अधिकारी

 

स्थानीय समुदायको संलग्नता र सहभागिताविना कुनै पनि संरक्षणको प्रयास सम्भव हुँदैनन् भन्ने विभिन्न अध्ययन र अभ्यासले पनि प्रस्ट भएको छ । हिउँचितुवा संरक्षण र प्रर्वद्धनका लागि समुदाय नेतृत्वमा आधारित आमा समूहको परिचालन एवं नागरिक वैज्ञानिक तयार गरी तिनको परिचालन गर्ने काम केही स्थानमा भएका छन् । यस्ता कार्यक्रम अन्य हिउँचितुवा वासस्थान क्षेत्रहरुमा बिस्तार गरिँदै लगिनु आवश्यक छ । 
 

यसै साता (अक्टोबर २३) विश्वका धेरै देशमा ‘मौन संरक्षकको सुरक्षा गर्दै’ भन्ने नाराका साथ हिउँचितुवा दिवस मनाइयो । अघिल्लो वर्ष ‘भावी पुस्ताका लागि हिउँचितुवाको वासस्थानको सुरक्षा’ भन्ने नारा तय गरिएको थियो । यसले हिउँचितुवाको वासस्थान उच्च जोखिममा रहेको तथ्यलाई विश्वव्यापीरूपमै स्वीकार गरिएको छ भने यसको संरक्षणका लागि स्थानीय समुदायदेखि सरोकारवाला निकायले संरक्षकको सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिएको छ । 

यतिबेला मनाङ, मुस्ताङमा प्रशस्त पर्यटक त्यहाँको प्राकृतिक सौन्दर्यताको अवलोकन गर्न गएको समाचार आइरहँदा ती क्षेत्र हिउँचितुवाको बासस्थान पनि हो भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । हिउँचितुवालाई पर्यटकीय क्रियाकलापसँग जोड्न सकिएमा यसले स्थानीय वासिन्दाको जीविकोपार्जनमा टेवा पुग्दछ । जसरी चितवनको सौराहामा एकसिंगे गैँडा, हात्तीलगायतका जनावर पर्यटकको आकर्षण बनेका छन्, त्यसरी नै हिउँचितुवा हेर्न पनि पर्यटक जाने वातावरण बनाउन सकिन्छ ।

Hardik health

नेपालमा झण्डै ३० हजार वर्ग किलोमिटर क्षेत्र हिउँचितुवाका लागि उपयुक्त रहेको मानिन्छ । हिउँचितुवा पाइएको क्षेत्रमध्ये ५८ प्रतिशत संरक्षित क्षेत्र रहेको छ भने ४२ प्रतिशत निकुञ्ज बाहिर रहेको छ । हिउँचितुवाको संरक्षण एक निकुञ्ज र संरक्षित क्षेत्रमा मात्रै काम गरेर हुँदैन । समुद्री सतहबाट दुई हजार ७०० देखि पाँच हजार ६०० मिटर उचाइमा पाइने यो जनावर नेपालसहित अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मंगोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ ।

वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा हिउँचितुवाको संख्या ३९७ रहेको छ भने विश्वमा करिब चार हजारदेखि छ हजार ५०० को संख्यामा रहेको अनुमान गरिन्छ । विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा रहेको बताइन्छ । विश्वभरिका चिडियाघरमा करिब ६०० वटा हिउँचितुवा रहेको बताइन्छ ।

स्वच्छ हिमाली पर्यावरणको सूचक मानिने हिउँचितुवा एक दुर्लभ र अति सुन्दर वन्यजन्तु हो, जसलाई ‘पर्वतको भूत’ भनेर पनि चिनिन्छ । यसको लुकिचोरी बस्ने र अत्यन्तै सतर्क र छिपाउने क्षमतायुक्त स्वभाव भएको हुनाले नै कतिपयले यसलाई पर्वतको भूत भन्ने गरेका हुन् । नेपालमा यसको मुख्य बासस्थानमा मुस्ताङ, मनाङ, मुगु, हुम्ला, डोल्पा, रसुवा, सोलुखुम्बु र ताप्लेजुङ जिल्लाको प्रायः तीन हजारदेखि पाँच हजार ५०० मिटर उचाइसम्मका चट्टानी र बर्फिला क्षेत्रमा पाइन्छ । हिमाली समुदायमा हिउँचितुवालाई स्थानीय देवताको पाल्तु जनावरको रूपमा लिने भएकोले यसको सांस्कृतिक महत्‍व रहेको बुझ्न सकिन्छ ।

एक्लै बस्ने स्वभाव रहेको यस जनावरको मुख्य आहार नाउर, झारल, कस्तुरी मृग, फ्याउ मुसो, हिमाली खरायो, डाँफे आदि रहेको छ । हिमालको रक्षकको रूपमा पनि लिने गरिने हिउँचितुवा उच्च हिमाली क्षेत्रको स्वस्थ्य पारिस्थितिकीय प्रणालीको महत्‍वपूर्ण हिस्साको रूपमा लिने गरिन्छ । पछिल्लो समय जलवायु परिवर्तन एवं मानव–वन्यजन्तु बीचको द्वन्द्वका कारण हिउँचितुवाको वासस्थानमा प्रभाव र आहाराको अभाव हुँदा यसको संख्यामा कमी आउँदा पर्या–प्रणालीमा असर देखिन थालेको छ । वासस्थानको गुणस्तर र आहारा प्रजातिमा कमी आउनु नै हिउँचितुवाको संरक्षणको मुख्य चुनौती रहेको छ । जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पु¥याएको र यसको प्रभावले हिउँचितुवाको वासस्थानमा ह्रास आएको छ ।

हिमाली क्षेत्रमा हिमरेखा (वृक्षरेखा) माथितिर सरिरहँदा हिउँचितुवाको वासस्थान मानिएको क्षेत्र साँघुरिँदै गएको छ । यसले गर्दा एकातिर हिउँचितुवाले जलवायु शरणस्थलको रूपमा माथितिर विस्थापित हुनुपर्ने छ भने अर्कोतिर यदाकदा अन्य जनावरजस्तै चितुवासँग पनि आहाराका लागि संघर्ष गर्नुपर्ने भएको छ । नाउर, झारलजस्ता आफ्नो आहारा खोज्दै तल झर्दा तिनको संख्या घट्न गएकाले चरनमा रहेका वा बस्तीमा पसेर भेडाबाख्रा वा अन्य घरपालुवा जनावरलाई मार्ने क्रम बढ्न थालेको छ । यसले गर्दा किसानले हिउँचितुवालाई पासो लगाउने, विष राख्ने हुँदा पनि यसको अस्तित्व संकटमा परेको छ ।

यसरी जलवायु परिवर्तनसँगै मानिस र हिउँचितुवाबीचको द्वन्द्व बढ्दै गएको छ । हिउँचितुवा एकै स्थानमा रहन्छ भन्ने पनि हुँदैन । जिपिएस स्याटेलाइट अध्ययनले नेपालको कञ्चनजंघामा रेडियो कलर गरिएको हिउँचितुवा भुटानमा फेला परेको थियो । हिमाली शृंखलामा जोडिएका सीमावर्ती भारत, तिब्बतमा पनि सहजै जानसक्ने हुँदा यसको संरक्षणमा त्रिदेशीय सहकार्य र समन्वय हुन आवश्यक छ । हिउँचितुवा हिमाली संस्कृति र धर्मसँग पनि जोडिएको हुनाले यसको संरक्षणलाई जनताको आर्थिक पक्षसँग जोड्नुपर्छ ।

संरक्षणमा राष्ट्रिय प्रयास
जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा बढी असर पु¥याएपछि वासस्थान नष्ट हुने क्रमसँगै यसको अस्तित्व संकटमा परेको छ । वासस्थानमा आएको ह्रासले यसको आहारा प्रजातिमा कमी आएको छ । हिउँचितुवा संरक्षणमा देखिएका मुख्य चुनौतीमा मानव र वन्यजन्तुबीचको द्वन्द्वलगायत वासस्थानको ह्रास, आहारका लागि सिकार प्रजातिको कमी, चोरी सिकार, गैरकानुनी व्यापार र प्रतिशोधात्मक द्वन्द्वलाई मानिन्छ । अतः यी चुनौतीको न्यूनीकरणका लागि सरकार र विभिन्न संघसंस्थाको पहलमा संरक्षणका कार्यक्रम सञ्चालन गरिएका छन् ।

यसअनुरुप राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) अन्तर्गत यसका आयोजना क्षेत्रमा हिउँचितुवाको क्यामरा ट्र्याप अनुगमन, परभक्षी प्रतिरोधक गोठ निर्माण, गोठाला शिक्षालगायतका क्रियाकलाप गरेको पाइन्छ भने नेपाल सरकार र विश्व वन्यजन्तु कोषबाट कञ्चनजंघा संरक्षण क्षेत्रमा समुदायमा आधारित पशुधन बिमा कार्यक्रम, कञ्चनजंघा संरक्षण क्षेत्र र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा जिपिएस स्याटेलाइटबाट हिउँचितुवाको वैज्ञानिक अध्ययन अनुसन्धान भएका छन् । यसदेखिबाहेक मनाङ र डोल्पामा हिउँचितुवा लक्षित पर्यटन कार्यक्रम पनि सञ्चालनमा रहेका छन् ।

यसैगरी, समुदायमा आधारित हिउँचितुवा संरक्षण परियोजना (सिबिएसएलसिपी)मार्फत मुस्ताङ र ताप्लेजुङका विभिन्न समुदाय र विद्यालयमा हिउँचितुवा लक्षित संरक्षण शिक्षा र चेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् ।

स्थानीय पाठ्यक्रममा हिउँचितुवा संरक्षण शिक्षा
हिउँचितुवाको महत्‍वपूर्ण वासस्थान क्षेत्र रहेका नेपालका दुई जिल्ला मुस्ताङ र ताप्लेजुङले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकमा हिउँचितुवासम्बन्धी विषयवस्तु समावेश गरेका छन् । मुस्ताङमा घरपझोङ गाउँपालिकाको सक्रियता र टेका समूह नेपालको पहलमा तथा ताप्लेजुङमा फक्तालुङ गाउँपालिका आफैंले स्थानीय पाठ्यक्रम निर्माण गरी हिउँचितुवाका सन्दर्भ समावेश गरेको छ ।

सिबिएसएलसिपीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँगको सहकार्यमा हिउँचितुवा संरक्षण शिक्षाका कक्षा ६, ७ र ८ का विद्यार्थीलाई लक्षित गरी तीनवटा सन्दर्भ पुस्तक  तयार गरेको हो । यसको प्रभावकारितालाई मूल्यांकन गरी कक्षा ९ देखि १२ सम्म पनि यसलाई निरन्तरता दिनसके यसको समावेश गर्नसके हिउँचितुवा संरक्षणको संस्थागत दिगो विकास हुने देखिन्छ । कुनै स्थान विशेषका पाठ्यक्रममा मात्र नभएर राष्ट्रियस्तरबाटै विद्यालयदेखि विश्वविद्यालयका पाठ्यक्रममासमेत हिउँचितुवालगायत संरक्षित वन्यजन्तुसम्बन्धी विषयवस्तु समावेश गर्नु आवश्यक छ ।

हिउँचितुवा संरक्षण राष्ट्रिय कार्ययोजना र स्थानीय सहभागिता
नेपाल सरकारले डब्लुडब्लुएफ नेपालको सहयोगमा हिउँचितुवा संरक्षण राष्ट्रिय कार्ययोजना (सन् २०२४–२०३०) कार्यान्वयनमा ल्याएको छ । यस कार्ययोजनाले हिउँचितुवाजस्तो अद्वितीय प्रजाति र यसको सम्पूर्ण पारिस्थितिक प्रणालीको संरक्षणका लागि मार्गदर्शन गरेको छ । यसमा हिउँचितुवाको वैज्ञानिक अध्ययनदेखि वासस्थान, पारिस्थितिकी र जैविकमार्गको सुधार, हिउँचितुवा र समुदायबीचको द्वन्द्व न्यूनीकरण, वन्यजन्तु अपराध र व्यापार नियन्त्रण एवं राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउने र स्थानीय समुदायको सहभागिता बढाउने उद्देश्य राखिएको छ ।

स्थानीय समुदायको संलग्नता र सहभागिताविना कुनै पनि संरक्षणको प्रयास सम्भव हुँदैनन् भन्ने विभिन्न अध्ययन र अभ्यासले पनि प्रस्ट भएको छ । हिउँचितुवा संरक्षण र प्रवद्र्धनका लागि समुदाय नेतृत्वमा आधारित आमा समूहको परिचालन एवं नागरिक वैज्ञानिक तयार गरी तिनको परिचालन गर्ने काम केही स्थानमा भएका छन् । यस्ता कार्यक्रम अन्य हिउँचितुवा वासस्थान क्षेत्रहरुमा बिस्तार गरिँदै लगिनु आवश्यक छ ।

हिमाली पारिस्थितिक प्रणाली सन्तुलन कायम राख्ने महŒवपूर्ण भूमिका निर्वाह गर्ने र हिमाली समुदायको सांस्कृतिक, सामाजिक तथा आर्थिकपक्षसँग सम्बन्ध राख्ने महŒवपूर्ण जीव भएको हुनाले हिउँचितुवा संरक्षणमा हामी सबैको चासो जानु जरुरी छ । अतः हाम्रा भविष्यका सन्ततिका लागि यसको दिगो संरक्षण तथा व्यवस्थापन हुनु अपरिहार्य छ । यसका लागि हिउँचितुवामाथि थप अनुसन्धान तथा जनचेतना अभिवृद्धिमूलक कार्यक्रमलाई बढावा दिनुपर्ने देखिन्छ ।
 


प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप विचार
विकासमा उद्यमशीलताको भूमिका
विकासमा उद्यमशीलताको भूमिका सोमबार, चैत २३, २०८२
नयाँ संसद्, नयाँ ‘एजेण्डा’ र अपेक्षा  
नयाँ संसद्, नयाँ ‘एजेण्डा’ र अपेक्षा   आइतबार, चैत २२, २०८२
दिगो भविष्यको खोजीमा सेयरबजार
दिगो भविष्यको खोजीमा सेयरबजार शुक्रबार, चैत २०, २०८२
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो बुधबार, चैत १८, २०८२
गुँडमा माउ-बाउको बिचल्ली ! 
गुँडमा माउ-बाउको बिचल्ली !  मंगलबार, चैत १७, २०८२
अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने काम
अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने काम मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा आइतबार, चैत १५, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP