Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विचार
  • Home
  • विचार
  • बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १३, २०८२
शीतलप्रसाद महतो

 

 

पूर्वी तराई र मधेस प्रदेशको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इंगित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो, जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन् । छठ पर्वको खरना (पञ्चमी) का दिन मूर्तिहरूलाई सेतो बनाउनका लागि अरूवा चामलको लेपन गरिन्छ । त्यसपछि सुहाउँदो र इच्छानुसारका रङहरू प्रयोग गरी सामालाई सिंगारिन्छ । हरिबोधिनी एकादशीभन्दा पूर्व सम्पूर्ण सामग्री बनाई सकिन्छ । तराई भेगमा घरघरमा माटोका मूर्तिहरू बनाउनुलाई महिलाको मूर्तिकलाप्रतिको चाख र कौशल प्रदर्शन गर्ने माध्यमको रूपमा पनि लिइन्छ । 
 

दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो, सामा चकेवा । तराई–मधेसमा प्रत्येक साँझ अहिले धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ यो पर्व मनाइँदै छ । यो पर्व कात्तिक महिनाको द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ । द्वितीया तिथिका दिन दिदी­बहिनीले यो पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरुको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन छ ।

Hardik health

पूर्वी तराई र मधेस प्रदेशको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इंगित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो, जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन् । छठ पर्वको खरना (पञ्चमी) का दिन मूर्तिहरूलाई सेतो बनाउनका लागि अरूवा चामलको लेपन गरिन्छ । त्यसपछि सुहाउँदो र इच्छानुसारका रङहरू प्रयोग गरी सामालाई सिंगारिन्छ । हरिबोधिनी एकादशीभन्दा पूर्व सम्पूर्ण सामग्री बनाई सकिन्छ । तराई भेगमा घरघरमा माटोका मूर्तिहरू बनाउनुलाई महिलाको मूर्तिकलाप्रतिको चाख र कौशल प्रदर्शन गर्ने माध्यमको रूपमा पनि लिइन्छ । दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ ।

यो पर्व बालिकाहरूको भए पनि युवती र प्रौढहरू उत्साहपूर्वक खेल्ने गरेको देखिन्छ । छठ पर्वको खरना वा पारणदेखि तराईका महिलाले माटोको आकृति बनाई राति एउटा ढक्कीमा राखी दीप बालेर घरबाट बाहिर अन्य साथी मिलेर गीत गाउँदै चौरमा गइ यो पर्व मनाउने गर्दछन् । यो पर्वमा ‘सामा’ स्त्री पात्र अर्थात् दिदीबहिनी र ‘चकेवा’ पुरूष पात्र अर्थात् दाजुभाइलाई बुझाउँछन् । दुईटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ । त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । यसमा सामा चकेवालगायत चुगला वा चुक्ली (कुरौटे), ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र बृन्दावनलगायतका पात्र हुन्छन् । सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्दछन् ।

परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ । चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने प्रवृत्तिका मानिसको प्रतीक ‘चुगला’ र कुचोको मसाल बनाई गाउँ÷टोल घुमाउँदै सार्वजनिक स्थलमा लग्छन् । त्यहाँ पहिले कुचोको मसालमा आगो बाल्ने र त्यसपछि त्यही मसालबाट चुगलाको जुँगामा आगो सल्काइ डढाउने चलन छ । कुरौटे र फटाहा प्रवृत्तिका व्यक्तिले समाजमा जरा गाड्न नपाओस् भन्ने सन्देश दिन र समाजमा दाजुभाइको सम्बन्ध सधैँ सुमधुर बनाइराख्न चुक्ली (कुरौटे) लगाउने प्रवृत्तिका मानिसको प्रतीक ‘चुगला’को जुँगा ढडाउने गरिन्छ । 

सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदी–बहिनीले मनोवाञ्छित फल प्राप्तिका कामना गर्दछन् । मूर्तिलाई चलायमान गरी संवादको आनन्द उठाउँछिन् । यसमा कुनै बेला बृन्दावनमा आगो लगाउँछिन् र कुनै बेला चुगलाको मुख आगोले पोल्छिन् । डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यतिबेला जीवन्त भएर आउँछन्, जब महिला त्यसलाई पात्रका रूपमा उभ्याएर गीति संवाद बोल्छन् ।

‘गामके अधिकारी तोहे बरका भैया हो,
भैया हातदश पोखरी खुनाइ दिय,
चम्पा फूल लगाइ दिय
सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’

(अर्थात् गाउँको अधिकारी मेरो दाजु, दश हातको पोखरी खनिदिनुस्, चम्पा फूल लगाइदिनुस्, सामचको आउनु, उखु खेतमा भासिनु) यी लगायतका गीत गाएर सामा–चकेवा खेल्ने तथा समूहमै सबैले सबैको दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्छन् । राति खाना खाइसकेर एउटा बाँसको चोयाबाट निर्मित डालोमा सामा (बहिनी), चकेवा (भाइ), चुगला (कुरौटे), बृन्दावन (झगडिया) र सात भाइको माटाको मूर्ति बनाएर त्यसमा दियो बाली समूहमा घरको आँगनमा वा बाटोमा गई ध्यानमग्न भई दिदीबहिनीहरुले सुरिलो स्वर घन्काउँछन्–

गंगा रे जमुनवा कि हो चिकन माटी,
आरे कोरी दिए सवके ।
भैया गंगा वैसि, माटी बनाए दिए सबके
मौजी, सामा जोर चकेवा हेर,
खेलल लागल सवको बहिनो ।

समाज र परिवार जहाँ हुन्छ, त्यहीँ चुक्ली लगाउने, षडयन्त्र गर्ने प्रवृत्तिका मानिसजस्ता पात्र हुन्छ । कठपुतली नृत्यको आभास दिने यो पर्वमा डोरीले हैन, हातले सञ्चालन हुन्छन् र महिला सूत्रधारका रूपमा जीवनका गाथा लोक धुनको आधारमा गाउँछिन् जसमा अपूर्व र विशिष्ट शैलीको जनजीवनकै उद्वेग प्रवाहित भइरहेको हुन्छ । महिला जब आ–आफ्नो घरबाट डालामा मूर्ति राखी सामा खेल्न चौरतिर निस्किन्छन् तब उनी गाउँछिन्–

डालाले बहार भेली, बहिनी से पलाँ बहिनो
फलाँ भइया लेल डाला छीन, सुनु गे राम सजनी ।

यो गीत गाएर चेलीबेटीले दुवो र चामल लिएर डालोमा भएको सबै मूर्तिहरु माथि छर्किदिन्छन् । यसरी हाँसो ठट्टा, मनोरञ्जन र गीत गाउँदै मनाउने यो पर्वमा सामा र चकेवाबीचको प्रेम र स्नेहलाई भताभुङ पार्न खोज्ने आरोप लगाउँदै नौ दिनसम्म चुगला (कुरौटे) र बृन्दावन (झगडिया) लाई गीत गाउँदै जलाइन्छ । दिदीबहिनीले दाजुभाइलाई आशिष दिँदै यस्तो गीत गाउँछन्–

‘जीव जीव’ जीव की मोर भैया जीव’
कि तोर भैया जीव
जैसन धोवियाके पाठ तैसन भैयाक पीठ
जैसन करडिक थम्ह तैसन भैयाक जाँघ’

अर्थात्, मेरो दाजुभाइ वर्षौं वर्षसम्म बाँचुन्, धोबीले लुगा धुने धाटजस्तै पिठ्यूँ र करडिकको बोटजस्तै तिघ्रा बलियो होस् । जब चुगलाको बारी आउँछ, त्यसलाई बायाँ हातमा समाति त्यसको जुँगा भनी राखिएको सनपाट (जुट)मा दाहिने आगो लगाउँदै निभाउँदै महिला यस प्रकारको गीत गाउँछिन्–

‘धान–धान–धान, भइया कोठी धान
चुगला कोठी भुस्सा ।’

यो गीतमा प्रतीकात्मक रूपमा भैयाकोठी धान र चामल भनी भाइको समृद्धिको कामना गरिन्छ भने चुक्ली लगाउने दुष्ट प्रवृत्तिको कोठीमा भुसा र खरानी भएको देखाएर तिरस्कृत र लाञ्छित गर्नै काम गरिएको छ । सम्पन्नतासँगै भाइ वीर र योद्धा पनि छन् । बृन्दावनमा आगो लाग्दा निभाउने कोही नभएको अवस्थामा बहिनीलाई भाइमाथि विश्वास भएको गीत यसरी गाइन्छ

‘वृन्दावनमे आगि लागै
कोइ ने मिझावे हे
हमर भैया फलना भैया
दौडि–दौडि मिझाबे हे ।’
यस पर्वमा दिदीबहिनीले मनोवाञ्छित फल प्राप्तिका कामनाका साथै मार्मिक, मनोरञ्जक एवं मर्मस्पर्शी गीति गाउँछन्–
कानि खिजि चिठिया लिखौलनि
फलाँ बहिनो भैजौलनि हजामका हाथ
चिठिया दिहन्हि हो भैया, फलाँ भैयाके हाथ
भेला घोडा पर सवार
बाबाक सम्पतिया हो भैया
भतिजबा के ओ आस
हम परदेशिन हो भैया
सिन्दुरवा केर हो आस ।

यो गीतमा बहिनीले भाइलाई हजाममार्फत पत्र पठाउँछिन् । भाइ पत्र पाउनेबित्तिकै घोडामा सवार भई सिन्दुर र टिकुलीसहित बहिनी कहाँ आउँछन् । बहिनीले मसँग धनसम्पति पर्याप्त छ, मलाई तपाईंसँग मेरो सिन्दुरको रक्षाको आशामात्र छ भनी उल्लेख गर्नुले भाइबहिनीको शाश्वत प्रेमलाई दर्शाउँछ । मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामा–चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा हो । दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ । सामा चकेवाको विसर्जनको बेलाको गीत मर्मस्पर्शी हुने गरेको छ–

‘सामचको, सामचको अइह हे
जोतल खेतमे बइसिह हे ।’

पूर्णिमाका दिन सामा चकेवालाई अर्को वर्ष फेरि कूड खेतमा आई बस्नु है भन्दै सबै माटोका पात्रको विसर्जन गरिने चलन छ । परम्पराअनुसार अन्तिम गीत गाइसकेपछि सामा चकेवा र सात भाइलाई भसाइन्छ भने चुगला र बृन्दावनलाई पूर्णरुपमा जलाएर खेतमा गाडिन्छ । यो विधि सकेपछि त्यहीँ सबै दिदीबहिनीहरुले आ–आफ्ना दाजुभाइलाई पठाएको मिठो परिकार खुवाई घर फर्कन्छन् । सामा चकेवा पर्वले दिदीबहिनी र दाजुभाइबीचको स्नेहपूर्ण वातावरणको अनुभूति दिन्छ–

आबह सामा, आबह चकेवा हे अपन देश
भाइ मोर हे आशीष दैह
जीबह भाइ लाख बरीस
हमर सामा हे कार्तिक मास ।

पूर्वी तराई र मधेस प्रदेशका दिदीबहिनीले सामा चकेवा पर्वलाई निक्कै मन पराउँछन् भने सबैले माइतीमा गएर यो पर्व मनाउने इच्छा राख्दछन् । सोहीअनुरुप यस पर्वमा टाढाटाढाबाट दिदीबहिनी सामा चकेवा खेल्नका लागि आ–आफ्ना माइतीमा जाने गर्दछन् ।

यसरी सुरु भयो सामा चकेवा पर्व
तराई मधेसमा सामा चकेवाको प्रचलन प्राचीनकालदेखि नै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्म पुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसंगको मार्मिक क्षणजस्ता गीति संवाद र अभिव्यक्तिको छोटो कथातŒव बोकेको गीति संरचना छ ।

पुराणमा श्यामा र बुन्दावनका एक कुमार चारुबक्य मायाको बन्धनमा बाँधिएका हुन्छन् । राज्यका महासामन्त चूडक पनि श्यामालाई प्रेम गर्दछन् । तर श्यामाले अस्वीकार गरिदिँदा चूडकले कृष्णलाई श्यामाको सतित्व सम्बन्धमा झूटा कुराहरू लगाइदिन्छ । त्यसपछि कृष्णले आफ्ना छोरी श्यामाको सतित्वमाथि शंका गरी चरी बन्ने सराप दिन्छन् । चारुबक्य श्यामाको विरह व्यथाले महादेवको तपस्या गरेर चकेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा–चकेवीको रूपमा बृन्दावनमा बस्न थाल्छन् । यस घटनाको समयमा राज्य भ्रमणमा निस्केका कृष्णका छोरा साम्व फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भई बहिनी श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाउन बृन्दावन गई तपस्या गर्न थाल्छन् ।

श्यामाले चरी बन्ने सराप पाएपछि चूडकको नाम फेरेर चुगला राखिदिनुका साथै सबैले चुगलाको मुख झोस्ने छन् भनी दिएको सरापबाट रिसाएर चूडकले बृन्दावनमै आगो लगाइदिन्छ । आगो लगाएकै बेला बृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ । आँधीका कारण एउटा रूख ढल्दा चूडक किचिएर मर्छ । यसपछि भगवान् विष्णु साम्बाप्रति खुसी भई श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाइदिन्छन् । यसरी सोही दिनदेखि ‘सामा–चकेवा’को पर्व प्रचलित भएको मान्यता रहिआएको छ । सामा–चकेवा पर्वमा श्यामा र चारुबक्यको चरारूपमै पूजा गर्ने गरिन्छ । भाइले सामा फुटाल्नुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो भनिन्छ । श्यामा र चारुबक्य शब्दको पछि अपभ्रंश भई सामा र चकेवा नाम प्रचलित हुन गएको हो । यो पर्व रमाइलो गरी मनाइने हुँदा यसलाई सामा खेल पनि भनिन्छ ।

स्कन्द पुराणमा पनि सामा चकेवाको कथा सम्प्रसंग उल्लेख गरिएको छ । यसअनुसार श्यामा (सामा) र चकेवा पति–पत्नी हुन् । श्यामाका पिता कृष्ण छन् भने पति चारूवक्य (चकेवा) । चारूवक्य आश्रममा बस्दथे । श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कृष्ण कहाँ गई चुक्ली लगाए–श्यामा कुनै मुनिसँग प्रेम गर्छिन रे ! कृष्ण रिसाएर श्राप दिई चरा बनाइदिए । भाइ शाम्बलाई जब यो थाहा भयो, उनी छटपटिन थाले । बुवासँग अनुनय विनय गरे । केही सीप लागेन । अनि तपस्या सुरू गरे । 

कात्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा बहिनी श्यामा (सामा) को पूर्वरूपमा पाए । त्यसैले बहिनीद्वारा भाइका लागि यो पर्व मनाउने गरिन्छ । यता चारूवक्य पत्नी वियोग सहन गर्न नसकेर तपस्याकै भरमा चकेवाका रूपमा चरा हुन पुगे । चरा भएकी पत्नी सामासँग बस्न थाले । त्यसै क्रममा उनीहरूको बास रहेको बृन्दावनमा विरोधीले आगो लगाए । उठीबास गर्न धेरै प्रयत्न गरे तर अन्ततः आफ्नो तपस्या र पराक्रमले उनीहरू पुनः मानव रूपमा अवतरण भएको आख्यान रहेको छ ।

द्वापरयुगदेखि चली आएको सामा–चकेवा पर्व केवल मधेस प्रदेशमा मात्र होइन, नेपालका पूर्वी तराईका भेगका थारु जनजातिले पनि हर्षाेल्लास र विशेष उत्साहका साथ मनाउने गर्दछन् । हरेक वर्ष छठ पर्वको एक दिन अघिदेखि पूर्णिमासम्म नियमित नौ दिन दाजुभाइ हुने र नहुने दिदीबहिनीहरुले आफ्ना दाजुभाइको लामो आयु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै यो पर्व मनाउने गरिन्छ । पूर्णिमाका तिथिमा नजिकैको पोखरी वा नदीमा सामा चखेवा भसाउने (विसर्जन) गरेपछि यो लोकपर्वको समापन गरिन्छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसंगको मार्मिक क्षणजस्ता गीति संवाद रहेको यो पर्वमा पारिवारिक जीवन तथा लोक आस्थाको अटुट सम्बन्ध देखिन्छ ।


प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
थप विचार
विकासमा उद्यमशीलताको भूमिका
विकासमा उद्यमशीलताको भूमिका सोमबार, चैत २३, २०८२
नयाँ संसद्, नयाँ ‘एजेण्डा’ र अपेक्षा  
नयाँ संसद्, नयाँ ‘एजेण्डा’ र अपेक्षा   आइतबार, चैत २२, २०८२
दिगो भविष्यको खोजीमा सेयरबजार
दिगो भविष्यको खोजीमा सेयरबजार शुक्रबार, चैत २०, २०८२
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो बुधबार, चैत १८, २०८२
गुँडमा माउ-बाउको बिचल्ली ! 
गुँडमा माउ-बाउको बिचल्ली !  मंगलबार, चैत १७, २०८२
अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने काम
अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने काम मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा आइतबार, चैत १५, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP