Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, कात्तिक ११, २०८२

‘लौन हतार छ के ! जसरी भए पनि अहिले नै चाहियो । नभए मेरो साइजमा भाडामा भए पनि ल्याइदिनुप¥यो लवेदा सुरुवाल ।’अनुहारमा निकै चमकसहित नीलकण्ठ कसैलाई अह्राउँदै थिए । उनले ठूलो विजय हासिल गरेर प्राप्त भएको खुसी देखिन्थ्यो । हातमा रहेका दुईवटा फोनमा घण्टी बजेको बजै थियो । उठाउन पनि भ्याइनभ्याई । नीलकण्ठ फोन उठाएर ‘धन्यवाद’ भन्दै दुई सेकेण्डमा नै काटिसक्थे । सायद उनको जीवनमा यो जत्तिको खुसी कहिल्यै पनि थिएन । 

एक जना गहुँगोरो केटो हस्याङफस्याङ गर्दै ढोकाभित्र छिर्छ । ‘ल हजुर लिनुस्, लवेदा सुरुवाल । हजुर पनि कस्तो हतार गर्ने के ! लवेदा सुरुवाल भनेको टिसर्ट पाइण्ट हो र भन्या, रेडिमेट पाउन । बल्लबल्ल चार–चार जना मिस्त्री लगाएर सिलाइयो । अलि अगाडि नै भन्नुपर्छ नि ।’‘ल ल जाऊ अहिले । मलाई आजै मन्त्रीको शपथग्रहण गर्नुपर्छ भन्ने के था त ! त्यही भएर त चिनेको मान्छे चाहिने नि,’ नीलकण्ठ भुतभुताउँछ, ‘मान्छेलाई हतार भइसक्यो !’ 

‘लु तपाईंलाई पनि जेन–जी बधाइ ! मन्त्री हुन लाग्नुभएको रै’छ ।’यता नीलकण्ठ फोनमा आफ्नो अगाडि पछाडि गाडी, स्वागतका लागि आवश्यक मान्छे, भिडियो खिचेर समाचार बनाउन युट्युबे सबलाई फोन गर्न व्यस्त छन् । उनी भनिरहेका छन्, ‘था पाइस् ? म मन्त्री भएँ, शपथ खान हिँड्न लागेको, आउनु पर्दैन ?’ उनी फोनमा सबैलाई बोलाइरहेका छन् ।

अलि पर रहेको दाइको चिया पसलमा पुगेर केटोले भन्छ, ‘थाहा पाउनुभयो साहुजी ? त्यो नीलकण्ठ दाइ त मन्त्री पो हुन लाग्या रैछन् । वहाँ शपथ खान जाने रे भनेर मैले भर्खर लवेदा सुरुवाल छाडेर आएँ ।’भित्र पसलमा दिउरीमा स्टिलको गिलासले चिया उमाल्दै गरेको चिया साहु यसो आधामुण्टो फर्काएर केटोलाई भन्छन्, ‘ए हो र ? ल राम्रै भए छ, दुई–चार महिना टोलमा झण्डावाल गाडी गुड्ने भो !’

Hardik health

‘त्यही त पत्याइ नसक्नु भन्या ! यस्तै प¥यो भने त हाम्रा पनि पालो आउँला जस्तो छ,’ केटोले चिया साहुलाई भन्यो ।‘आउँछ आउँछ ! धन्दै मान्नु पर्र्दैन । चुनाउ जितेर आउनुपर्ने भए पो ! त्यसमाथि तिमी पनि क्लबस्लबमा धाइरहने मान्छे हो क्यारे ! पहिलेपहिले चोक बसेर टायर बालेकै पनि हो । ऊ बेलाको फोटो यसो फेसबुकतिर पोस्ट्याउँदै गर्नु । उता श्रीआमान्को घरतिर उबेला पनि त गुन लगाकै छौ क्यार,’ चिया पसलेले केटोलाई थप हौस्याउँछ ।

‘के था भाग्यले लवेदा सुरुवाल सिलाउने होइन लगाउने पो भन्छ कि ?,’ केटोले पनि अहिले नै मन्त्री नै भइहाँलुला जसरी उत्तर दिन्छ । ‘अहिले त हुन सक्छ बाबु केही टुंगो छैन । मन्त्री खोज्याखोज्यै छन् डेढ महिनादेखि,’ दुई कप चिया बोकेर उनी बाहिर निस्कन्छन् । 
‘ल ठूल्दाइ चिया लिनुस् । के गर्ने चोकचोकमा मन्त्री लिलामीजस्तो भइराख्या रैछ । जे होस् हाम्रा भाइ छारो पुस्ताले २४ घण्टामा देखाइदिएको परिवर्तनले पनि धेरैका भाग्य चम्क्या छन्,’ चिया पसलेले व्यंग गर्दै भन्छ ।

चिया पसलेको कुरा सुनेर ठूल्दाइ मुसुक्क हाँस्दै भन्छन्, ‘किन तिमीलाई पनि चिया पकाउन मन लागेन कि क्यो हो ? कि मन्त्री बन्ने रहर जाग्यो ?’ ‘रहर जागेरमात्र के गर्नु ?,’ पसलेले इच्छा जाहेर गर्छ ।‘अनि तिमी मन्त्री भयौ भने के गर्छौ ?,’ ठूल्दाइ सोध्छन् ?पसले हाँस्दै भन्छ, ‘ल दाइ पनि, मन्त्री भएपछि के गर्नु नि । मैले जानेकै चिया पकाउन हो । मन्त्रालयमा बसेर चिया पकाउन सिकाउँछु, अहिले चिया पसलको व्यापक चर्चा छ । युवा पुस्ता दिनभर चिया पसलमा रमाउन थालेका छन् । हाम्रा टोलका युवाहरुलाई विदेश जानबाट रोक्नका लागि टोलटोलमा आधुनिक चिया पसलको व्यवसाय गरी उद्यमी बनाउँछु ।’

पसलेको कुरा सुनेर ठूल्दाइ चिया नै सर्केला जसरी हाँस्छन् । ‘ल किन हाँस्नु भाको ?,’ पसलेले सोध्छ । ‘तिम्रा कुरा सुनेर,’ दाइले उत्तर फर्काउँछ । ‘हाँस्नु पर्ने कुरा के गरेँ र मैले ?’‘त्यस्तो केही त गरेको छैन । तर पनि हाँसो लाग्यो । खुरुखुरु चिया पसल गरेर अलिअलि कमाई भएको मान्छे मन्त्री बनेर युवाहरुलाई चिया पसल खोल्न लगाएर रोजगार सिर्जना गर्छु भनेपछि हाँसो लाग्दैन त ?’ठूल्दाइको कुराले पसले अवाक् हुन्छ । हाँस्दै ठूल्दाइलाई भन्छ, ‘ए दाजु तपाईं पनि कस्तो कुरा गर्नुहुन्छ के ! मान्छेले जे जानेको छ त्यही गर्ने होइन त ? अब म जीवनभर चिया बेचेर बसेको मान्छेले चियाकै कुरा गर्ने हो, चिनीकै कुरा गर्ने हो । दूध हालेको पानीकै कुरा गर्ने हो । घाटा नोक्सानकै कुरा गर्ने हो नि । अरु त मलाई था’ हुनु परेन ?’ 

‘ठीक छ ठीक, तिमी पनि मन्त्री भयौ भने ठूला दुई–दुई मन्त्री हुन्छन् । टोलको सुरक्षा राम्रै हुन्छ !,’ ठूल्दाइले फण्डा हान्छन् । त्यसैबेला हिजोसम्म त्यही चिया पसलको बाटोमा लखरलखर हिँड्ने नीलकण्ठ आज चिल्लो गाडीमा गुड्दै चिया पसलमा आएर टक्क रोकिन्छ । अनि ठूल्दाइलगायत सबैलाई नमस्कार गर्छ । ‘लौ तपाईंहरुको आशीर्वादले म शपथ खान हिँडेको... गएँ ।’ ड्राइभरले गाडी हुत्याएर लैजान्छ । 

ठूल्दाइ उसको पारा देखेर तीनछक्क पर्छ ! ‘नपाउनेले के पायो बोक्रैसम्म चपायो भन्थे हो रैछ । जेन–जी आन्दोलनको उपलब्धि पनि देखियो । ऊ बेला बुढापाकाले भन्थे बाँच्नुपर्छ अनेक देखिन्छ ।’उता चिया पसलेले भित्तामा टाँगेको टेलिभिजनको आवाज ठूलो गर्छ । ऊ एक्लै बोल्छ । ‘अब त उता शपथ ख्वाको पनि देखाउँला नि । हेरांै न के–के हुँदो रैछ । टपटप टिपेर लगेका मन्त्रीहरुले कसरी खाँदा रैछन् शपथ हेरौ न ।’

‘होइन हो, त्यो टेलिभिजनको आवाज बाहिरसम्म आउनेगरी लगा न, हामी पनि हेरौं,’ ठूल्दाइ भन्छन् ।उता टेलिभिजनका समाचार वाचक शपथ ग्रहण गरेको रित्तो ठाउँ देखाउँदै बोलिरहेको छ । ‘हामी प्रत्यक्ष प्रसारण गरिरहेका छौं । अहिले केही बेरपछि नयाँ मन्त्रीको शपथग्रहण हुँदै छ । मन्त्री थपिने क्रम र हट्ने क्रम जारी छ । प्रधानमन्त्री कार्यालयकाअनुसार लवेदा सुरुवालसहित मन्त्रीको शपथ खान आएकामध्ये ...जनाको शपथग्रहण नहुने भएको छ । उहाँहरुको विषयमा थप छलफल भइरहेको छ । हाम्रो प्रत्यक्ष सम्पर्कमा सहकर्मी फलानो राष्ट्रपति कार्यालयमा हुनुहुन्छ । उहाँका अनुसार मन्त्री खान बोलाइएकामध्ये फलानहरुलाई लोप्पा ख्वाएर पठाइएको छ । हात्ती आयो हात्ती आयो फुस्सा !’

चिया पसलमा बसेका सबैजना गलललल... हाँस्छन् !
 


प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १०:०७
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP