Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • चीनसँग जल कूटनीतिको आवश्यकता
चीनसँग जल कूटनीतिको आवश्यकता
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २७, २०८२

जब बाढी र पहिरोको बितण्डा मच्चिन्छ, नेपालमा अनेकन अड्कलबाजी गरिन्छ । गएको असोजमा काभ्रे र ललितपुरका विभिन्न क्षेत्रमा आएको बाढीको कारण क्रसर उद्योग भनियो । यसपटक रसुवाको रसुवागढीमा आएको बाढी हिमताल फुटेर भनिएको छ । चीनसँग सीमाना जोडिएको सिन्धुपाल्चोकको तातोपानी, मेलम्ची र मुस्ताङ क्षेत्रमा आउने बाढीको पनि नेपालले अझैसम्म कसरी आयो भनी पत्ता लगाउन सकेको छैन ।

चीनले भने भारी वर्षा हुनासाथ नेपाल भएर बग्ने नदी आसपास सतर्कता अपनाउन सूचना पठाउँछ । यस्ता सूचनामा नेपालले खासै वास्ता गर्दैन । असार पहिलो हप्तामात्र सिन्धुपाल्चोकको तातोपानी नाका भएर बग्ने भोटेकोशीमा बाढी आउने पूर्वनुमान गर्दै चीनले सूचना पठाएको थियो । तर नेपालको मौसम पूर्वानुमान महाशाखाले खण्डन गरेर वर्षाको कुनै सम्भावना नै नरहेको ठोकुवा ग¥यो । नभन्दै नेपालको पूर्वानुमान मिल्यो । 

रसुवाको रसुवागढी क्षेत्रमा पनि पानी पर्ने भन्दै असार १० बाटै चिनियाँ पक्षले सतर्कता गराएको थियो । यसलाई जिल्ला प्रशासनले पनि सचेत गराएको थियो । तर नेपाली मौसम पूर्वानुमान महाशाखाले यसबारे खासै केही बोलेन । बरु अहिले त्यो बाढी वर्षाका कारण नभएर हिमताल फुटेर भएको निष्कर्ष निकालेको छ । यसअघि मेलम्ची बाढी पनि यसैगरी के कारणले भएको हो भनी पत्ता लगाउन सकेन सरकारको निकायले ।

Sonam Lhosar
Hardik health

खासगरी नेपालको उत्तरी भेगमा हिमाल रहेको कुरा सबैलाई जानकारी छ । अझ उता तिब्बती क्षेत्रमा पानीको विशाल भण्डार रहेको छ । तिब्बतलाई विश्वकै धेरै पानीको रिजर्भेयर भएको क्षेत्रसमेत भनिन्छ । यहाँ विशाल तालहरु रहेका छन् । तिब्बतलाई ‘वाटर टावर अफ एसिया’ पनि भनिन्छ । एसियामा बग्ने आठ मुख्य नदीहरुको स्रोतसमेत तिब्बतमा छ ।

यस्तो अवस्थामा तिब्बतमा कति पानी पर्छ ? यसले नेपालहुँदै आउने नदीहरुमा कसरी पानी पठाइन्छ भन्ने विषयमा चीनसँग ‘जल कूटनीति’ को माध्यमबाट समाधानका उपाय खोजिनै पर्छ । किनभने विभिन्न अध्ययनहरुले तिब्बतको पानी एकै ठाउँ पारेर नेपालतिर बगाइदिए सार्क मुलुक नै बगाएर ध्वस्त हुने उल्लेख गरेको छ । अहिले अमेरिकाजस्तो शक्तिशाली देशहरुले समेत तिब्बतलाई जल सामरिक शक्तिकेन्द्रको रुपमा व्याख्या गर्दै यस क्षेत्रलाई विशेषरुपमा हेर्दै आएको छ । यसरी शिरमा पानीको विशाल भण्डार राखेर जोखिममा बस्नुभन्दा नेपाल सरकारले जल सम्झौता गर्नैपर्छ । यसपछिमात्र यसखाले विपत्तिबाट बच्नुका साथै अनेकन अड्कलबाजी गरिरहनुपर्ने बाध्यताबाट मुक्ति मिल्ने छ ।
 


प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP