Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १२, २०८२

नेपालीहरुले धमाधम खेतबाट धान भित्र्याउने समय हो यो । कोदोबाली पनि पाक्ने क्रममा छ । यही बेला हिमाली क्षेत्रमा भारी हिमपात भएको छ भने पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ । आगामी बिहीबारदेखि शनिबारसम्म भारी वर्षा हुने पूर्वानुमानसमेत गरिएको छ । मुख्यबाली धान भित्र्याउने समयमा यसरी बेलाबेला वर्षा हुँदा धेरै क्षति हुने गरेका घटना पहिले पनि हामीले भोग्दै आएको हो । काट्दै गरेको धान डुबेर क्षति पुगेका, पाकेर भित्र्याउन ठिक्क पारेको धान ढलेर क्षति पुगेकोबारे हामी जानकार नै छौं ।

यसपटक जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दुई दिनअगाडि नै वर्षा हुनसक्ने भन्दै सबै क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिसकेको छ । यस्तो अवस्थामा धान भित्र्याउने तयारीमा रहेका किसानहरुले बेलैमा सावधानी अपनाउनुपर्छ । अहिले विषेशगरी बागमती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने देखिन्छ । यो अवधिमा अत्यधिक वर्षा भएमा बागमती, कमला, कोशी, कन्काई नदी र यी नदीका सहायक नदीहरूमा बहाब उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने आकलन गरिएको छ ।

विशेषगरी बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको विभागले जनाएको छ । 

Hardik health

वर्षा र हिमपातले पर्यटन क्षेत्रमा पनि उत्तिकै प्रभाव पार्ने देखिन्छ । मंगलबार बिहानबाट परेको हिमपातका कारण कतिपय पर्यटक अलपत्र परेका छन् । उनीहरु विभिन्न क्षेत्रमा फसेका छन् । तिहारको बिदा मनाउने क्रममा रहेकाहरु, यही बेला उत्कृष्ट मौसम भएको भन्दै आन्तरिक पर्यटकको घुइँचो लागेको छ मुस्ताङ मनाङमा । ती क्षेत्र अहिले हिउँ परेका कारण प्रभावित बनेको छ । त्यहाँ फसेका पर्यटकको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।

पहिरो तथा खराब मौसमका कारण सडक र हवाई यातायातसमेत प्रभावित हुने देखिन्छ । यसले पनि यात्रीहरुमाथि असर पुग्ने देखिन्छ । यसैले यस्तो बेला सरकारले विपद् पूर्वतयारी गर्नु आवश्यक छ नै सर्वसाधारणले पनि आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्दछ । आकस्मिक मौसम बदलावबाट हुने क्षति सबै मिलेर सकेसम्म रोकौं ।


 


प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग मंगलबार, कात्तिक ११, २०८२
देशको आर्थिक स्वास्थ्य सुधारौं
देशको आर्थिक स्वास्थ्य सुधारौं सोमबार, कात्तिक १०, २०८२
आन्दोलन रोकौं, संवादमार्फत निकास खोजौं 
आन्दोलन रोकौं, संवादमार्फत निकास खोजौं  आइतबार, कात्तिक ९, २०८२
तिहार–नेपाल सम्वत्को शुभकामना
तिहार–नेपाल सम्वत्को शुभकामना सोमबार, कात्तिक ३, २०८२
नेपाली क्रिकेटको ऐतिहासिक छलाङ
नेपाली क्रिकेटको ऐतिहासिक छलाङ आइतबार, कात्तिक २, २०८२
कूटनीतिक छवि धुमिल्याउने कदम
कूटनीतिक छवि धुमिल्याउने कदम शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP