Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #निर्वाचन_आयोग
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #सिसी क्यामेरा
  • #रास्वपा
  • #गगनकुमार थापा
  • #नाकछोङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ११, २०८२

जेन–जी प्रदर्शनको मौका छोपी फरार भएका कैदीबन्दी नफर्कंदा सरकारलाई टाउको दुखाइको विषय बनेको छ । विशेषगरी फागुन २१ गते घोषणा भएको निर्वाचनमा ती कैदीबन्दीबाट सुरक्षा खतरा हुनसक्ने राजनीनित दलका नेताहरुले संकेत गरिरहेका छन् । यसैले पनि सरकारले उनीहरुलाई कारागार फर्काउन अनेक उपाय लगाउन थालेका छन् । त्यसको पछिल्लो उपाय हो– सार्वजनिक स्थानमा फोटो टाँस्ने । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले नै यस्ता फरार कैदीको फोटो सार्वजनिक स्थानमा टाँस्ने अभिव्यक्ति दिएका हुन् ।

जेन–जी प्रदर्शनका क्रममा देशभरका २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौवटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५४९ बन्दी भागेका थिए । तीमध्ये हालसम्म नौ कैदी र ५८२ बालबन्दी गरी कूल नौ हजार ५८२ बन्दी कारागार फर्केका छन् । बाँकी कैदीलाई फर्कन सरकारले विभागले पटक–पटक अल्टिमेटम पनि नदिएको हैन । तर विभागले सार्वजनिक स्थानमा फोटो नै टाँस्ने गरी गर्न लागेको प्रपञ्च भने ठीक देखिन्न । एक त अपराध स्वीकार गरी सजाय भुक्तानीको क्रममा रहेका नागरिकलाई यसरी सार्वजनिक बेइज्जत गर्नु ठीक होइन भने अर्को नागरिकको सामान्य हकअधिकारको विषयमा पनि सरकारले सोच्नुपर्दछ ।

यसका लागि विभागले सामाजिक सञ्जालदेखि सार्वजनिक सञ्चारमाध्यममा सूचना प्रवाह गराउँदा राम्रो हुन्छ । जस्तो जेल सजाय भुक्तान गर्नैपर्छ । जुनसुकै बेला बाँकी सजाय भुक्तान गर्नैपर्ने भएकाले सम्बन्धित कैदीको परिवारलाई फोनमार्फत जानकारी गराउने र पछि पक्रिँदा थप सजाय हुनसक्ने भन्दै सूचना प्रवाह गर्दा सौहद्र्रपूर्ण वातावरण बन्छ ।

Hardik health

भदौ २३ र २४ गतेको परिस्थिति यति डरलाग्दो थियो कि उक्त प्रदर्शनमा आत्तिएर भाग्ने क्रममा केही १० जना कैदीबन्दीको मृत्यु नै भयो । कारागारमासमेत यस्तो आतंक देखिएपछि कतिपयलाई डरसमेत लागेको हुनसक्छ । यस्तो अवस्थामा परिवारलाईसमेत विश्वस्त बनाएर कैदीलाई कारागार फर्काउने सहज वातावरण बनाउने काम विभागको हो । त्यसैगरी देशभरका प्रहरी कार्यालयहरुको पनि हो । 

हाम्रो अर्को समस्या हो खुला सिमाना । जसकारण कतिपय कैदीहरु छिमेकी देशमा पनि पुगेको हुनसक्छ । अहिले सामाजिक सञ्जालमार्फत कारण कतिपयलाई यस्ता सूचना क्षणभरमै पुर्‍याउन सकिन्छ । कारागार फर्काएर चाँडोभन्दा चाँडो भुक्तान सकाउने वा समयमा फर्कनलेलाई छुटसमेत दिने योजना ल्याए विभागलाई अझ सहज हुन्छ । यसैले सार्वजनिक रुपमा फोटो राख्नुभन्दा परिवारलाई मनाउने र प्रेरक सूचनाहरु प्रवाह गराउँदा उत्तम हुन्छ ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
निर्वाचनप्रति बढ्दो संशय हटाऊ
निर्वाचनप्रति बढ्दो संशय हटाऊ मंगलबार, पुस ८, २०८२
बंगलादेश हेरौं, संयमता अपनाऔं
बंगलादेश हेरौं, संयमता अपनाऔं सोमबार, पुस ७, २०८२
शुल्क वृद्धि खारेजीले श्रमिकलाई राहत 
शुल्क वृद्धि खारेजीले श्रमिकलाई राहत  आइतबार, पुस ६, २०८२
निर्वाचन आचारसंहितामा ‘नयाँ प्रस्ताव’ सकारात्मक 
निर्वाचन आचारसंहितामा ‘नयाँ प्रस्ताव’ सकारात्मक  शुक्रबार, पुस ४, २०८२
विद्युतीय मतदानमा पूर्वतयारी नहुँदाको परिणाम
विद्युतीय मतदानमा पूर्वतयारी नहुँदाको परिणाम बिहीबार, पुस ३, २०८२
चुनावको वातावरण बनाउन प्रभावकारी संवादको खाँचो
चुनावको वातावरण बनाउन प्रभावकारी संवादको खाँचो बुधबार, पुस २, २०८२
कामदारलाई आर्थिक भार थप्ने काम बन्द गराइयोस्
कामदारलाई आर्थिक भार थप्ने काम बन्द गराइयोस् मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP