Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • विद्याले सिक्नैपर्ने पाठ
विद्याले सिक्नैपर्ने पाठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १६, २०८२

गणतन्त्रमा राष्ट्रपति उच्च पद हो । कुनै एक व्यक्ति दुईपटकसम्म राष्ट्रपति बन्न सक्ने व्यवस्था संविधानले गरेको छ । यसैगरी संविधानले स्पष्ट नलेखे पनि राष्ट्रपति भइसकेका व्यक्तिलाई ‘साझा’ मानिन्छ । यसको मतलब उक्त संस्थाले दलको नीतिभन्दा साझा बनेर सेवा गर्नुपर्छ । यसैले पनि राष्ट्रपति भएपछि मूलधारको राजनीतिमा फर्किनुहुन्न भन्ने मान्यता रहेको छ । यही मान्यतालाई नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले पालना गरे । तर दोस्रो अनि दुईपटक राष्ट्रपति बनिसकेकी विद्यादेवी भण्डारी भने आफ्नो मूलघर एमालेमा राजनीति गर्न फर्किएकी छन् ।

एमालेमा फर्केकै दिन उनले राजनीतिमा थकाइ भन्ने चिज नहुने पाठ पनि पढाउन भ्याइसकेकी छन् । पाठ त उनले नेपाली जनता, राजनीति, सेवाबाट सिक्नुपर्ने हो । तर उल्टै पाठ पढाउँदै हिँड्नु उदेकलाग्दो छ । राष्ट्रपति भएर देशको सेवापछि निवृत्त भएर सरकारबाट निरन्तर सेवासुविधा लिँदै दलको राजनीतिमा लाग्नचाहिँ थकाइ लाग्नुपर्ने हो । किनभने जनताको करबाट निवृत्त भत्ता लिएर राजनीतिमा होमिनु किमार्थ राम्रो होइन ।

यसैले पनि आफ्नो सचिवालय, घरका लागि दिइने सुविधा, विविध सुविधा त्यागेरमात्र राजनीतिमा लागेको भए अरुलाई पनि नैतिक पाठ हुने थियो भने आफूलाई पनि सहज हुने थियो । न त विधान, न त संविधानले छेक्ने, कानुनी कमजोरी केलाउँदै पूर्वराष्ट्रपति अब नैतिकताका पर्खाल नाघेर मूलघरमा फर्केकी छन् । यसले अब उनी फेरि रुसी राष्ट्रपति भ्लादमिर पुटिनकै शैलीमा फेरि राष्ट्रपति बन्ने त हैन ? यसखालका प्रश्न पनि उठेका छन् । 

Hardik health

रुसका राष्ट्रपति पुटिन कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्री, पालैपालो शासन गर्दै आएका छन् । सन् १९९९ मा प्रधानमन्त्री बनेका पुटिन २००० देखि २००८ सम्म राष्ट्रपति र फेरि एकपटक प्रधानमन्त्री बनेर २०१२ पछि अहिलेसम्मै राष्ट्रपति छन् ।अर्को विषय हो, उमेर । राजनीतिमा अहिले युवाहरु प्रौढ पुस्ताको शासनबाट आजित भएका छन् । त्यसैले नयाँ पार्टीका युवाहरुले मौका पाइरहेको छन् सदनमा प्रवेश गर्न । आफूलाई क्रान्तिकारी भन्ने तर पुरातन सोचबाटै चलाउने अभियानमा लाग्नेगरी एमालेको नेतृत्व दिने पूर्वराष्ट्रपतिको चाहना परिवर्तनविरोधी छ ।

यसैले पनि पार्टीलाई जीवन्त बनाउन र अरुलाई नैतिकवान् बनाउन पनि पूर्वराष्ट्रपतिले सरकारी सेवासुविधा त्याग्नुपर्छ । नभए पूर्वमन्त्रीकोझैं पूर्वराष्ट्रपतिको संख्या बढ्दै जाने र लोकतान्त्रिक गणतन्त्रजस्तो सुन्दर व्यवस्थाप्रति थप प्रश्न उठ्दै जाने छ । नेपाली जनताले बलिदान दिएर पाएको यो व्यवस्थाको विरोधी बढाउनेगरी घिउ थप्ने काम नगर्दा हुन्न ?
 


प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग मंगलबार, कात्तिक ११, २०८२
देशको आर्थिक स्वास्थ्य सुधारौं
देशको आर्थिक स्वास्थ्य सुधारौं सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP