Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नेपाली नागरिकको उद्धार कार्य द्रुत बनाऊ
नेपाली नागरिकको उद्धार कार्य द्रुत बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ८, २०८२

इजरायल–इरानबीचको द्वन्द्व तत्काल रोकिने सम्भावना देखिँदैन । बरु दुवैपक्ष एकअर्काविरुद्ध थप आक्रामक बनेका छन् । मिसाइल आदानप्रदानको क्रम तीव्र बनेको छ । यसले द्वन्द्व लम्बिने संकेत त गरेको छ नै, ती देशमा रहेकाहरुको सुरक्षा थप संवेदनशील बन्ने देखिन्छ । यही आकलन गर्दै प्रायः मुलुकहरुले आफ्ना नागरिकलाई उद्धार गरेर स्वदेश फर्काउन थालेका छन् । छिमेकी मुलुक भारतले पनि इरानबाट आफ्ना विद्यार्थीहरुलाई फर्काउने कार्य सुरु गरिसकेको छ । 

यहीबीच नेपाल सरकारले पनि इजरायल र इरानमा रहेका नेपालीहरुको सुरक्षा र उद्धारका लागि तयार रहेको बताएको छ । परराष्ट्र मन्त्रालयले इजरायलबाट नेपाल फर्कन चाहने र इरानमा रहेकाहरुको उद्धार गर्न तयारी अवस्थामा रहेको बताएको हो । तर, परराष्ट्रले नै शनिबार भने इरानमा रहेका नेपालीलाई उद्धार गरिदिन भारतसँग आग्रह गरेको छ । यसले फेरि सरकारको क्षमतामाथि प्रश्न उठाएको छ । उद्धारका लागि तयार छ भन्ने, फेरि भारतसँग गुहार माग्ने कार्यले प्रश्न उठाएको हो ।

यद्यपि, अन्य कुरामा विवाद गरेर विलम्ब गर्नुभन्दा जोखिम क्षेत्रमा रहेका नेपालीहरुलाई जुनसुकै उपाय लगाएर उद्धार गर्नु अहिलेको आवश्यकता हो । चाहे त्यो भारतको सहयोग लिएर होस् या आफ्नै संयन्त्र परिचालन गरेर । इजरायलमा जिटुजी प्रणालीमार्फत नेपालीहरु रोजगारीका लागि पुगेका छन् । यसबाहेक व्यक्तिगत श्रम स्वीकृति लिएर पनि त्यहाँ नेपालीहरु पुगेका तथ्यांक छ । परराष्ट्र मन्त्रालयका अनुसार हाल इजरायलमा करिब पाँच हजार ५०० र इरानमा करिब १२ जना नेपाली रहेका छन् । उनीहरु सबैजना हालसम्म सुरक्षित रहेका छन् । इजरायलमा रहेका अधिकांश नेपालीहरु फर्कने मुडमा देखिएका छैनन् । उनीहरुले अहिलेसम्म सुरक्षित रहेको र नेपाल फर्कन नचाहेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका छन् । 

Hardik health

दुई मुलुकबीच द्वन्द्व चर्किएसँगै नेपालबाट इजरायलमा श्रमिक पठाउने कार्य रोकिएको छ । द्वन्द्वग्रस्त अवस्थामा त्यहाँ पठाउनु जोखिम हुन्छ नै । त्यसैले तत्काललाई ‘होल्ड’ गर्नु नै बुद्धिमानी हुन्छ । नेपाली नागरिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्दै परराष्ट्र मन्त्रालयले कतार र इजरायलमा रहेका राजदूतावासहरुलाई निर्देशन दिएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरुलाई नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमितरुपमा प्रवाह गरी नेपालीलाई निरन्तर सुसूचित गर्न निर्देशन दिएकी थिइन् । यो पहल सकारात्मक भए पनि अब निर्देशनमामात्रै सीमित रहनु ठीक हुँदैन । जतिसक्दो चाँडो जोखिम क्षेत्रका नेपाली नागरिकलाई उद्धार गर्न प्रभावकारी कदम चाल्नुपर्छ ।
 

 


प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग मंगलबार, कात्तिक ११, २०८२
देशको आर्थिक स्वास्थ्य सुधारौं
देशको आर्थिक स्वास्थ्य सुधारौं सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP