Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • गैरजिम्मेवार सरकार
गैरजिम्मेवार सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत ६, २०७६
Hardik health
सरकारले एसइई परीक्षा स्थगित गरेको छ । बिहीबारबाट तय भएको एसइई परीक्षा स्थगित हुनु अस्वभाविक नभए पनि सरकारले अन्तिम समयमा आएर स्थगित गर्नु दुर्भाग्यपूर्ण मानिन्छ । एसइई परीक्षा काठमाडौं र यातायातको सुविधा सम्पन्न सहरहरूमा मात्र सञ्चालन हुने होइनन् । यो त गाउँ–गाउँमा पनि सञ्चालन हुन्छन् । परीक्षाकै लागि अहिले अधिकांश ग्रामीण भेगका विद्यार्थीहरू परीक्षा केन्द्रमा पुगिसकेका छन् । उनीहरूले परीक्षाको तयारी गरिसकेका छन् । परीक्षाको तयारीभन्दा पनि गरिब विद्यार्थीहरूले ऋण गरेर नै परीक्षा केन्द्र पुगेका छन् । उनीहरू परीक्षाको अन्तिम तयारी गर्दागर्दै परीक्षा स्थगित गर्नु सरकारको सबैभन्दा बढी गैरजिम्मेवारीपन हो । परीक्षा स्थगित नै गर्नु थियो भने केही दिनअघि नै स्थगित गर्नुपथ्र्यो । जसले गर्दा विद्यार्थीहरू परीक्षा केन्द्र पुग्ने थिएनन् । उनीहरूका अभिभावकले अब ऋणको भारी बोक्नुपर्ने भएको छ । केही दिनअघि परीक्षा स्थगित गरेको भए आज विद्यार्थीहरूले दुःख पाउने थिएनन् । ग्रामीण भेगका विद्यार्थीका लागि अत्यन्तै अन्याय भएको छ । सरकारले काठमाडौं र केही सुविधा सम्पन्न सहरहरूका लागि मात्र सोचेर काम गरेको देखिएको छ । तर, ग्रामीण क्षेत्र जो दुई तीन दिन हिँडेर परीक्षा दिनका लागि केन्द्रसम्म पुगेका छन्, उनीहरूको बारेमा सोच्न नसक्ने सरकार अत्यन्तै निकम्मा देखिएको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एसईई परीक्षा हाललाई स्थगित गर्ने निर्णय हो । हो, यस्तो विपत्मा सरकारले जनताका लागि सधैँ चिन्तित रहनुपर्छ र सरकारको निर्णय जनताले पालना गर्नु पनि पर्छ । तर, यसरी अत्यन्तै असुविधा हुने गरी गरिएको निर्णयले जनताले राहत नपाएर आहत पाएको देखिन्छ । यत्तिको गम्भीर निर्णय अन्तिम समयमा गर्नुको स्वार्थ के ? जनताको पक्षमा सरकार देखिएन । हो, यो कोरोना भाइरस भन्नेबित्तिकै एउटा तेस्रो विश्वयुद्धका रूपमा लिन थालिएको छ । यत्तिका आपत् र विपत् पर्दा सरकारले जनताका लागि केही न केही निर्णय गर्नुपर्छ । तर, अन्तिम समयमा गरिएको निर्णयले विद्यार्थी र अभिभावकलाई सास्ती दिएको छ । परीक्षा रोक्ने तयारी यसअघि नै भइरहेको थियो । केही दिनअघि मात्र पनि उपप्रधानमन्त्रीले कोरोनाकै कारण मुलुक लकडाउन गरिने बताइसकेपछि यसबेला नै सबै परीक्षा रोकिने संकेत देखिएको थियो । अन्तिम समयमा आएर परीक्षा स्थगित हुनु सरकारले नै जनतालाई आतंकित बनाएको देखिएको छ । केही दिनअघि नै परीक्षा स्थगित गरेको भए गरिब विद्यार्थीले सदरमुकाम तथा केन्द्रमा पुग्नुपर्ने थिएन । मंगलबारसम्म पनि परीक्षा नरोकिने भन्दै आएको सरकारले बुधबार कसको लहैलहैमा लागेर परीक्षा स्थगित गरेको हो ? यसको जवाफ सरकारले दिनुपर्छ । जनतालाई आतंकित पार्नका लागि भएको छापामार शैलीको निर्णयले गरिब जनतालाई पर्ने असरको हिसाब किताब गर्ने कि नगर्ने ? जनतालाई भेडाबाख्रा सम्झने सरकारले बुद्धिमत्तापूर्ण काम गर्नुपर्छ न कि उड्डयन्ते हिसाबले । जनताको सुविधाका लागि सरकारले सधैँ निर्णय गर्नुपर्छ न कि जनतालाई आतंकित ।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  ०७:०८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP