Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सरकार लोडसेडिङको तयारीमा हो ?
सरकार लोडसेडिङको तयारीमा हो ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ८, २०८१

१८ घन्टासम्मको लोडसेडिङ भोगेको नेपाल अहिले उज्यालो नै छ । २०७५ अघि हरेक नेपालीको घरमा लोडसेडिङको कार्यतालिका हुन्थ्यो । बत्ती जानुअघि मैनबत्ती, इन्भर्टर, ब्याकअप तयारी गर्नुपथ्र्यो । जसका कारण दैनिकी जीवन झन्झटिलो थियो । तर जब विद्युत प्राधिकरणमा कुलमान घिसिङ आए, विद्युतको कुशल व्यवस्थापनका कारण एकाएक उज्यालो भयो नेपाल ।

त्यसैले नै कुलमानलाई उज्यालो नेपालका प्रतीकका रुपमै चिनिन्छन् । कुलमानको यो कदमलाई कसैले भुलेका छैनन् । तर अहिलेका ऊर्जामन्त्री दीपक खड्का कार्यकारी निर्देशक घिसिङलाई हटाउन लागिपरेका देखिन्छन् । घिसिङलाई विभिन्न लञ्छना लगाउँदै खड्काले आफ्नो राजनीतिक जीवनसमेत दाउमा राखेका छन् ।

मन्त्री खड्काले हरेक दिनजसो लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्ने बताउँछन् । यतिमात्र हैन उनी कुलमान उज्यालोको नायक नभएको दाबी गर्छन् । यही निहुँमा मन्त्रीले अब केही दिनमै लोडसेडिङ हुने बताइरहेका छन् । सदनबाटै लोडसेडिङ हुँदैछ भनेर मन्त्रीले घोषणा गर्दा सांसदहरु भने मौन सुनिन्छन् ।

Hardik health

कार्यविधिअनुसार कुलमानको कार्यकाल अब ४ महिनामात्र बाँकी छ । यसकारणले पनि सरकारले उनलाई पुरस्कृत गरी केही महिनाअघि बिदाइ ससम्मान बिदाइ गर्नुपर्ने हो । तर सरकार जसरी हुन्छ कुलमानलाई निरुत्साहित बनाउँदै दुखद् बिदाइको तयारी गर्दैछ । सुशासनको पक्षधर बताउने नेपाली कांग्रेसकै नेता अहिले ऊर्जामन्त्री छन् । ऊर्जामन्त्रीको अभिव्यक्तिमा नेपाली कांग्रेस मौन सुनिन्छ । सरकारले मन्त्रिपरिषद्बाटै कुलमानलाई स्पष्टीकरणको म्यान्डेट दिइसकेको छ । यता दुबै सदनमा ऊर्जामन्त्री खड्काले विद्युतका कुशल व्यवस्थापकविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिइसकेका छन् ।

पटकपटक फेरिरहने सरकार र दलहरुको प्रवृत्तिका कारण जनता असन्तुष्ट छन् । यही बेला राजावादी र व्यवस्थाविरोधी एक भइरहेको बेला सरकारले एक सरकारी सेवकलाई पटकपटक तडना दिनु अस्वभाविक देखिन्छ । यस्तो व्यवहारले भोलिका दिनमा अवस्था भड्किन सक्छ । त्यसैले पनि राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्ड दिन सक्नुपर्छ । तर सरकार भने राम्रो गर्नेलाई दण्ड र भ्रष्टचारीलाई संरक्षण गर्नतिर लागेको देखिन्छ ।

यो विल्कुलै राम्रो संकेत हैन । के यो सरकारको तयारी लोडसेडिङकै हो ? नभए दैनिक विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई दुःख दिएर कार्यव्यवस्थापन ठप्प पार्न खोज्नु खेदजनक छ ।  
 


प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
गाउँको सिंहदरबारमा बेथिति
गाउँको सिंहदरबारमा बेथिति आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP