Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
विचार
  • Home
  • विचार
  • जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २०, २०८२
राज घिमिरे

 

नेपालको सन्दर्भमा हेर्दा पनि यो आन्दोलनले संविधान वा वर्तमान व्यवस्थाको विकल्प खोजेको होइन, बरु यही संविधानभित्र सुधार र उत्तरदायित्वको माग उठाएको हो । सुधारका लागि निरन्तर जनदबाब आवश्यक हुन्छ, किनकि दबाबविना सत्ता सुस्त र अकर्मण्य बन्दै जान्छ । त्यसैले, यो आन्दोलनले संरचनागत परिवर्तन होइन, व्यवहारगत सुधारतर्फ ध्यान केन्द्रित गरेको छ । जनताको आवाज सत्तासम्म पु¥याउने माध्यमका रूपमा रहेको छ । जब राजनीति सुस्ताउँछ, त्यस्ता सामाजिक आन्दोलनहरूले नै त्यसमा चेतना र गति भरिदिन्छन् । यही कारणले यो आन्दोलन अस्थिरताको होइन, सुधार र पुनर्जागरणको संकेत हो ।

 

नेपालको इतिहासमा २०७२ सालको संविधान निश्चय नै एक अद्वितीय उपलब्धि र लोकतान्त्रिक यात्राको महत्‍वपूर्ण कोशेढुंगा हो । तर, यो संविधान जारी भएको एक दशक पुग्दा पनि संविधानको पूर्णकार्यान्वयन हुन नसक्नु देशका नागरिकका लागि निराशाको विषय बन्यो । यही असन्तुष्टिको छालमा जनताको मनभित्र दह्रिएको आक्रोश अन्ततः सडकमा प्रस्फुटित भयो ।

भदौ २३ गतेको आन्दोलनमा युवा र विद्यार्थी वर्गको सक्रिय सहभागिता देखिनु, हाम्रो समाजमा राजनीतिक चेतना अझै जीवन्त छ भन्ने प्रमाण हो । तर त्यसको भोलिपल्ट भदौ २४ गते यही आन्दोलनमा अराजकतावादी शक्तिहरूको घुसपैठ भएको कुरा स्वयं आन्दोलनकारीपक्षले नै स्वीकार गरिसकेको छ । यहीँबाट आन्दोलनको मूल उद्देश्य आंशिकरूपमा धुमिल भएको देखिन्छ ।

Hardik health

जेन–जी पुस्ताको यो उठानलाई मूलतः व्यवस्थामा सुधार ल्याउने जनदबाबका रूपमा लिनुपर्छ । यो उनीहरूको विद्रोह होइन, बरु सुधार र उत्तरदायित्वको खोजी हो । आखिर संविधानको पूर्णकार्यान्वयन र संघीयतालाई जनताको घर–घरमा अनुभूत हुने प्रणाली बनाउन पनि कहिलेकाहीँ दबाब र आवाज आवश्यक पर्छ नै । तर, यही शुद्ध आन्दोलनमा घुसपैठ गरी राज्यको स्थायित्वलाई कमजोर पार्ने, भयको वातावरण सिर्जना गर्ने तत्‍वहरूलाई भने निर्ममतापूर्वक नियन्त्रण गर्नैपर्छ । युवा पुस्ताको ऊर्जा र आक्रोश सही दिशामा प्रवाहित हुँदा त्यो राष्ट्रको शक्तिको प्रतीक बन्छ; गलत हातमा परे भने त्यो शक्ति विनाशको कारक पनि बन्न सक्छ । यही सन्तुलनमा आजको नेपालको आशा र चुनौती दुवै निहित छन् ।

सामाजिक सञ्जालबाट आह्वान गरिएका आन्दोलनहरू प्रायः स्पष्ट नेतृत्वविहीन हुन्छन् । जेन–जी पुस्ताको आन्दोलनमा पनि त्यस्तो स्पष्ट नेतृत्व देखिएन । इतिहासले प्रमाणित गरिसकेको छ– नेतृत्वविहीन आन्दोलनहरूले राजनीतिक रूपान्तरणका दृष्टिले ठूला उपलब्धि हासिल गर्न कठिन हुन्छ । विश्वका अरु देशमा भएको आन्दोलनले पनि यही कुरा पुष्टि गर्छ । ट्युनिसियाको जनआन्दोलन, इण्डोनेसियाको परिवर्तन यात्रा वा फ्रान्सको ‘एल्लो भेस्ट’ आन्दोलन– यी सबैले दिशाहीन नेतृत्वका कारण दीर्घकालीन राजनीतिक नतिजा निकाल्न सकेनन् ।

नेपालको सन्दर्भमा हेर्दा पनि यो आन्दोलनले संविधान वा वर्तमान व्यवस्थाको विकल्प खोजेको होइन, बरु यही संविधानभित्र सुधार र उत्तरदायित्वको माग उठाएको हो । सुधारका लागि निरन्तर जनदबाब आवश्यक हुन्छ, किनकि दबाबविना सत्ता सुस्त र अकर्मण्य बन्दै जान्छ । त्यसैले, यो आन्दोलनले संरचनागत परिवर्तन होइन, व्यवहारगत सुधारतर्फ ध्यान केन्द्रित गरेको छ । जनताको आवाज सत्तासम्म पुर्‍याउने माध्यमका रूपमा रहेको छ । जब राजनीति सुस्ताउँछ, त्यस्ता सामाजिक आन्दोलनहरूले नै त्यसमा चेतना र गति भरिदिन्छन् । यही कारणले यो आन्दोलन अस्थिरताको होइन, सुधार र पुनर्जागरणको संकेत हो ।

भदौ २४ गतेको विनाशकारी घटनाले हाम्रो समाजमा गहिरो मानसिक, सामाजिक र आर्थिक प्रभाव पारेको छ । विशेषगरी बालबालिका, युवा, वृद्ध र प्रहरीहरूमा परेको मनोवैज्ञानिक आघातबाट उनीहरूलाई सामान्य जीवनमा फर्किन धेरै समय लाग्ने छ । राजनीतिक दलका कार्यालय, जनप्रतिनिधि, व्यवसायी र उद्योगपतिका निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीले सामाजिक सद्भावमा गम्भीर दरार पारेको छ । यस घटनापछि अब इमानदार मनले राजनीतिमा प्रवेश गर्न चाहने नयाँ पुस्ता पनि सोच्न बाध्य हुने स्थिति बनेको छ । अर्कोतर्फ, जसले आफ्ना घर–परिवार र सम्पत्ति गुमाए, तिनीहरूमा बदलाको भावना जन्मिन सक्ने खतरा छ, जसले समाज फेरि द्वन्द्व र हिंसातर्फ धकेल्न सक्छ ।

त्यस दिनकै घटनाले करिब १० हजार कैदीबन्दी जेलबाट भागेका छन्, जसमा बलात्कार, हत्या, मानव बेचविखन र देशद्रोहजस्ता गम्भीर अपराधमा संलग्नहरू पनि छन् । ती व्यक्तिहरू अझै समाजमै घुमिरहेका छन्, जसले कानुनी व्यवस्था र शान्तिसुरक्षामा ठूलो चुनौती सिर्जना गरेको छ । आर्थिक दृष्टिले पनि देशले ठूलो धक्का व्यहोरेको छ । प्रारम्भिक अनुमानअनुसार सार्वजनिक र निजी सम्पत्तिमा कम्तीमा १०० खर्ब रुपैयाँको क्षति पुगेको अनुमान छ । यस्तो अवस्थामा राज्यको स्रोत र ऊर्जा भौतिक पुनर्निर्माणमै केन्द्रित हुन पुग्ने छ, जसले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक विकासजस्ता क्षेत्रमा लगानी घटाउने छ ।

नेपालका ठूला संरचना निर्माणका सामग्री र स्रोत प्रायः विदेशबाट आयात हुने भएकाले देशको पुँजी बाहिर जाने छ, जसले आन्तरिक व्यापार कमजोर पार्ने छ । परिणामस्वरूप आर्थिक वृद्धिदर घट्ने, बेरोजगारी बढ्ने र महँगी चुलिने निश्चित छ । युवाहरू अझ ठूलो संख्यामा रोजगारीको खोजीमा विदेसिने खतरा पनि देखिन्छ । त्यससँगै, गिट्टी, बालुवा, ढुंगा र काठजस्ता सामग्रीहरूको अत्यधिक दोहनले वातावरणीय असन्तुलन निम्त्याउने छ, जुन दीर्घकालीनरूपमा हाम्रो प्रकृति र समाज दुवैका लागि हानिकारक हुने छ । राजनीतिक आन्दोलनहरू देश परिवर्तनका माध्यम हुन्, तर हिंसाले कहिल्यै पनि स्थायित्व ल्याउन सक्दैन । अहिलेको चुनौती समाजमा विश्वास पुनस्र्थापना गर्नु, कानुनी शासन बलियो बनाउनु र आर्थिक पुनर्जीवनका लागि सन्तुलित दृष्टिकोण अपनाउनु हो ।

मेरो राजनीतिक यात्रा र अबको लक्ष्य
म पहिलोपटक टेलिभिजनका पर्दाबाट जनताको घरमा पुग्ने अवसर पाएँ । प्रस्तोता र मोडलको रूपमा काम गर्दै म सिनेमा र सञ्चारको माध्यमबाट चिनिन थालेँ । त्यसपछि ‘चपली हाइट’, ‘भिजिलान्ते’ चलचित्रमा नायकको रूपमा अभिनय गर्ने मौका मिल्यो । त्यो स्थानसम्म पुग्नका लागि मैले गरिबी, अभाव र तिरस्कारका थुप्रा रातहरू पार गरेको थिएँ । त्यो यात्रा मेरो जीवनको कठिन तर प्रेरणादायी अध्याय थियो । तर, जब म माथि पुग्दै थिएँ, मभन्दा अझ कठिन परिस्थितिमा बाँचिरहेका मानिसहरूको अनुहार देखेँ । उनीहरूमा आफ्नै विगत झल्किन्थ्यो । त्यतिबेलै मनमा लाग्यो–म केवल पर्दामामात्र होइन, उनीहरूको जीवनमा पनि उज्यालो ल्याउन सक्छु । सानो सहयोगबाट सुरु भएको त्यो यात्राले मलाई राजनीतिक र सामाजिक सेवाको बाटोतर्फ डोर्‍यायो ।

दीर्घकालीन परिवर्तनका लागि राजनीति नै मुख्य माध्यम हो भन्ने बुझें । त्यसैले म सीधा जनतामाझ पुग्ने जिम्मेवारी लिन वडाध्यक्षको उम्मेदवार बनेँ । संघीय वा प्रदेश तहको चुनाव लड्न सक्थेँ, तर मेरो मन आफ्नो समुदाय र गाउँसँगै जोडिएको थियो । त्यसैले म वडाको नेतृत्वका रूपमा जनताको जनमतबाट निर्वाचित भएँ ।

राजनीतिक प्रतिस्पर्धामा मेरो वडा निकै चुनौतीपूर्ण छ । नेकपा एमालेका बागमती प्रदेशसचिव तथा पूर्वसंघीय सांसद नवराज सिलवाल, गोदावरी नगरपालिकाका उपप्रमुखका पाँच प्रत्यासी यही वडाका हुन् । यहाँ माओवादीको जनाधार कमजोर थियो । तर म निर्वाचित हुन सकें । मैले जित्नु भनेको विगतमा मैले जनताको सेवामा गरेको निरन्तर प्रयासको परिणाम भएको ठान्छु । म विश्वास गर्छु, जब हामी मनदेखि जनताको सेवा गर्छौं, जनताको समर्थन अवश्य पाइन्छ । हाम्रो व्यवहार र उनीहरूको अपेक्षा मेल खाँदा विश्वास र मत स्वतः आउँछ ।

म दुःखको पहाड चढेर आएको मान्छे हुँ, गरिब परिवारमा जन्मेँ, त्यसैले त्यहाँको जीवन बुझ्छु । म जनतासँग शासकका रूपमा होइन, परिवारका सदस्यका रूपमा व्यवहार गर्छु । यही मेरो सफलताको मुख्य आधार हो । आज पनि म १२५ जना अशक्तलाई औषधि वितरण गर्छु, सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण गर्छु, विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था गर्छु । यही मेरो काम हो, यही मेरो कर्तव्य हो । सीमान्त र गरिबहरूको पक्षमा काम गर्नकै लागि राजनीतिमा प्रवेश गरेको हुँ ।

गोदावरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्छ भनेर निरन्तर लागिरहेको छु । यसो गर्न सकियो भने यसले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने छ । गोदावरीमा होमस्टेका साथै आधुनिक होटल खोल्ने क्रम बढेको छ । हामीले पर्यटन प्रवद्र्धनका लागि धेरै काम गरेका छौं । गोदावरीको होमस्टेलाई सुदृढ गर्नका लागि यस वडामा भएका विभिन्न जातजाति, धर्म संस्कृति, रीतिरिवाज झल्किने खानपिन, बसोबास आदिलाई पहिचान दिलाउनेगरी सांस्कृतिक कार्यक्रम, प्रदर्शन, तालिमको व्यवस्थासमेत गरेका छौं । यो क्रम निरन्तररूपमा बढ्ने छ । यसले गोदावरीवासीलाई पर्यटन व्यवसायी बनाउन मद्दत गर्ने छ ।

गोदावरी–३ लाई म केवल नमूना वडामात्र बनाउने छैन, देशकै उत्कृष्ट वडा बनाउने लक्ष्यका साथ काम गरिरहेको छु । मैले निर्वाचित भएदेखि मेरो चुनावी प्रतिबद्धताअनुसार काम गरेको छु । सबै निर्णय र कार्यक्रम जनताको आवश्यकता, पारदर्शिता र समुदायको सहभागितामा आधारित छन् । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार विकास र वातावरणीय संरक्षणमा केन्द्रित कार्यक्रमहरू कार्यान्वयन गर्दै हामीले सीमान्तकृत र विपन्न वर्गसम्म पनि सेवा पुर्‍याइरहेका छौं ।

जब वडाका प्रत्येक नागरिकलाई आफ्नो अधिकार, सहयोग र अवसर उपलब्ध हुन्छ, तबमात्र वडाको समग्र विकास सम्भव छ । म आफ्नो अनुभव, प्रतिबद्धता र जनताको विश्वासमा आधारित भएर, अविचलित रहँदै, गोदावरीलाई देशकै उदाहरणीय र उत्कृष्ट वडा बनाउने यात्रामा निरन्तर अघि बढिरहन्छु ।

 


प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप विचार
एमडिजिपी स्वास्थ्य प्रणालीका मेरुदण्ड
एमडिजिपी स्वास्थ्य प्रणालीका मेरुदण्ड बुधबार, मंसिर १७, २०८२
न्यायको खोजीमा भेनेजुएला ! 
न्यायको खोजीमा भेनेजुएला !  मंगलबार, मंसिर १६, २०८२
स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ? 
स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?  आइतबार, मंसिर १४, २०८२
एनपिएलः कर्णाली टस जितेर ब्याटिङ गर्द
एनपिएलः कर्णाली टस जितेर ब्याटिङ गर्द शुक्रबार, मंसिर १२, २०८२
कीर्तिपुरको न्हेगाँ जात्रा
कीर्तिपुरको न्हेगाँ जात्रा शुक्रबार, मंसिर १२, २०८२
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास मंगलबार, मंसिर ९, २०८२
सुकी हजुर आमाको चिम्से नाति ! 
सुकी हजुर आमाको चिम्से नाति !  मंगलबार, मंसिर ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP