Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २०, २०८२

भदौ २३ को जेन–जी विद्रोहको मुख्य एजेण्डा हो, सुशासन । जताततै भ्रष्टाचार व्याप्त भएसँग आक्रोशले सिर्जना भएको यो विद्रोह दलका नेताहरुले बिर्सन थालेका छन् । शासन व्यवस्थामा तीन दशकयता तीन नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् । यी तीनै जना देशको प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र (बुधबारबाट नेपाली कम्युनिस्ट पार्टीमा रुपान्तरण) को नेतृत्वमा छन् । जेन–जी विद्रोहको मूल मर्म यी नेतालाई दलको नेतृत्वबाट बिदाइ गर्नु पनि हो । जनतालाई हरेकपटक आश्वसन दिने तर सुशासनमा रत्तिभर काम नगर्ने तीन नेताको वरिपरि नेपालको शासन व्यवस्था चलिरह्यो ।

जसकारण न त रोजगारी सिर्जनाका कार्यक्रम आए, न त आर्थिक अवस्था सुध्रियो । दिनानु दिन नेपालको अवस्था ओरालो लाग्यो । यस्तो अवस्थामा जेन–जी विद्रोहबाट आशाका पालुवा पलाएको थियो । यद्यपि, केही महिना बित्न नपाउँदै दलका नेताहरु कुर्सी नछाड्ने अडानमा देखिएका छन् । बुधबारमात्र नेपाली कम्युनिस्ट पार्टीको नाममा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलको एकीकरण भयो । एकीकरण भएको दलको नेतृत्वमा पूर्वप्रधानमन्त्री दाहाल संयोजक छन् । सहसंयोजकमा अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । दाहाल उनै नेता हुन् जो पटक–पटक जेन–जीको मुद्दा माओवादीले पहिलेबाटै बोक्दै आएको हो र नेपाल यही व्यवस्थामा पटक–पटक नेतृत्वमा पुगेका नेताहरु हुन् । १० पार्टी मिलेर बनेको यो दलको नेतृत्वमा ७० वर्ष उमेर पुगेका नेताहरुको हालीमुहाली छ ।

यता नेकपा एमालेमा पनि ओलीले नेतृत्व छाड्ने छाँट देखाएका छैनन् । उनको नेतृत्वबाट वाक्क भएर एकीकृत समाजवादीमा लागेका युवाहरुसमेत अब ओली नेतृत्वको एमालेमै फर्कने सुरमा छन् । रामकुमारी झाँक्री यसकै उदाहरण हुन् । पटक–पटक संसद् विघटन गर्ने, आफ्ना आसेपासेलाई राजनीतिक नियुक्ति दिनेदेखि उग्र अभिव्यक्ति दिन खप्पिस ओलीलाई नेतृत्वमा देख्न नचाहनेहरु एमालेको राजनीतिबाट हराएका छन् । यस्तो बेला पनि ओली फेरि महाधिवेशनमार्फत नेतृत्वमा आउने तयारीमा छन् ।

Hardik health

यता प्रमुख दल नेपाली कांग्रेसका सभापति देउवा सिंगापुरबाटै केन्द्रीय समितिलाई निर्देशन दिइरहेका छन् । असोज २८ गते केन्द्रीय समितिमा अन्तिम सम्बोधन भन्दै प्रचार गरिए पनि देउवाले आफूलाई अझै नेतृत्वमा शक्तिशाली देखाउँदै आएका छन् । जेन–जीले विद्रोहको बिगुल फुक्दा पनि पछिल्ला गतिविधि हेर्दा दलहरु सुध्रिने छाँट देखिँदैन । जसकारण आउने नयाँ दललाई भरपुर फाइदा पुग्ने देखिन्छ । 
 


प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं
अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं शुक्रबार, मंसिर २६, २०८२
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस सोमबार, मंसिर २२, २०८२
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP