Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कांग्रेसमा पनि पदीय लोलुपता
कांग्रेसमा पनि पदीय लोलुपता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन २९, २०७६
Hardik health
अहिले राजनीतिक दलका नेताहरू अत्यन्तै असन्तोषी बनिरहेका छन् । उनीहरूले आफू पार्टीको अध्यक्ष हुनैपर्ने मानसिकता बोक्दा अहिले राजनीतिक दलहरू जनताको मनमा बस्न सकेका छैनन् । नेताहरू सरकारमा जानेबित्तिकै अनियमितता गरेर जनताले तिरेको करलाई कमिसनका रूपमा लिएर आफू मात्र सम्पन्न बन्ने काम गरेर जनतालाई चिढाइरहेका बेला अहिले शीर्ष नेताहरू सबै अध्यक्ष वा पार्टी प्रमुख हुनै पर्ने लोभी भएका छन् । राजनीति भन्नेबित्तिकै देश र जनताको सेवा गर्ने हो तर अहिले भने नेताहरूमा यस्तो भावना हराएको छ । नेताहरूले जनताको सेवाभन्दा पनि आफू र आफन्तलाई कसरी स्थापित गर्न सकिन्छ भन्नेतिर मात्र ध्यान दिँदा राजनीतिको शोभा घटेको छ । यसबाट तिनै नेताहरूलाई नै घाटा परिरहेको छ । हिजो राणा, राजतन्त्र, अधिनायकवादविरुद्ध आन्दोलन गर्न जनताले नेताहरूलाई साथ दिएका थिए । यहि बलमा ती सबै व्यवस्थाहरूको अन्त्य भएको हो । तर, नेताहरूले शासन सत्ता हात पार्दा पनि उहि संस्कार रहेपछि अब केही गरी अर्को अधिनायकवाद जन्म्यो भने नेताहरूलाई जनताले साथ दिने छैनन् । अहिले हरेक दलमा बहुअध्यक्षीय प्रणालीमा जानुपर्ने कुरा उठ्न थालेको छ । निर्वाचनमा गएर जनताको मन जितेर विजयी भएर आउनुपर्ने बेलामा नेताहरूमा पार्टीको सर्वोच्च तहमा बसेर शासन चलाउने भूत चढेको देखिन्छ । अहिले सत्तारुढ दलमा बहुअध्यक्षात्मक प्रणाली देखिएको छ । केही साना दलहरूमा पनि बहुअध्यत्मक प्रणाली चलिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा पनि पार्टीभित्र छरपष्ट रूपमा गुट मौलाएको भन्दै त्यसको अन्त्यका लागि पनि आगामी १४औँ महाधिवेशनमा नेतृत्व बहुअध्यक्षीय प्रणालीमा जानुपर्ने आवाज उठ्न थालेको छ । जनताले तिरेको करमा मस्त गर्नका लागि यस्तो प्रणालीको माग गरिएको देखिन्छ । अन्य दलहरूमा बहुअध्यक्षात्मक प्रणाली रहिरहँदा कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्रका गुटहरू अलिक बढी नै छताछुल्ल भएको भन्दै बहुअध्यत्मक प्रणाली अपनाउन पार्टीमा कुरा उठ्न थालेको छ । वास्तवमा नेपाली कांग्रेसमा बहुअध्यत्मक प्रणाली सुहाउँदैन । प्रजातन्त्रमा विश्वास गर्ने पार्टीले नै पार्टीलाई भद्रगोल बनाउन बहुअध्यत्मक प्रणाली अपनाउन खोजियो भने यसले पार्टीको गरिमा खस्काउँछ । कांग्रेसका नेताहरू पदमा होइन, जनतामा विश्वास गर्ने पार्टी प्रमाणित गर्न पनि बहुअध्यत्मक प्रणालीमा जानु हुँदैन । हो, पार्टीका अध्यक्षले मनपरीतन्त्र चलाउन थाले भने यसलाई अंकुश लगाउनका लागि पार्टीको नेतृत्वमा चार÷पाँच जनाको कोर–टिम बनाएर अघि बढ्न सकिन्छ । तर, त्यहि टिमले अध्यक्षलाई काम गर्न बाधक बन्नु भने हुँदैन । पदकै लागि मरिहत्ते गर्ने प्रणाली भने स्वीकार गर्नु हुँदैन । ठूलो पार्टीमा केही विवाद हुनु कुनै ठूलो कुरा होइन । तर, विवादलाई मत्थर पार्नका लागि पद नै बाँड्दै हिँड्ने हो भने ठूलो दलको हैसियत हराउन सक्छ । कुनै पनि राजनीतिक दलले जनतालाई रिझाउन सक्नुपर्छ । जनतालाई रिझाउनभन्दा पनि पद हत्याएर पार्टी कब्जा गर्ने र शासन गर्ने सोच नराखेसम्म राजनीतिक दल जनताको प्यारो हुँदैनन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  ०६:३७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP