Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कालोबजारीलाई नियन्त्रण खै ?
कालोबजारीलाई नियन्त्रण खै ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २८, २०७६
Hardik health
सरकार पनि यस्तो भएको छ कि यसको अवयवहरू पनि निकम्मा छ । विश्वलाई नै अहिले कारोना भाइरसले आततायी बनाएको छ । यस्तो बेलामा व्यापारीहरूले कालोबजारी गरिरहेको देखिन्छ । आफू मर्ने कि बाँच्ने थाहा छैन तर व्यापारीहरूले भने कालोबजारी गरेर बसेको देखिन्छ । साँच्चै भन्ने हो भने यो मुलुकमा मानवता मरेको छ । कारोनाको त्रासका बीच पनि व्यापारीहरूले कालोबजारीमा ध्यान दिएका छन् । सरकारले पनि कालोबजारीलाई नियन्त्रण गर्ने कुनै संकेत देखाएको छैन । पछिल्लो केही दिनयता दैनिक उपभोग्य वस्तुमा अत्याधिक कालोबजारी भएको छ । व्यापारीले कृत्रिम अभाव सिर्जना गरेपछि जनता मारमा परेका हुन् । १० रूपैयाँको सामानलाई ५० देखि एक सय रूपैयाँसम्म तिर्दासमेत नपाइने अवस्था छ । यस्तो अवस्थामा पनि सरकारले कालोबजारीको नियन्त्रण गर्ने कुनै काम अघि नबढाउनु जनताका लागि दुःखद कुरा भएको छ । सरकारले भाषणमा बजारमा कुनै पनि वस्तुको अभाव नरहेको बताउँदै आएको छ । सरकारले कोरोना भाइरसको त्रासका कारण कुनैपनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको भन्दै कालोबजारी गरिएको पाइएमा कानुनअनुसार हदैसम्मको कारबाही गर्ने चेतावनी दिए पनि सरकारको उर्दीलाई कालोबजारीयाहरूले भने को छ । तर, सरकारको उक्त चेतावनी शब्दमै सिमित भएको छ । अहिले प्रत्येक पसलमा कालोबजारी भइरहेको छ । माक्स र औषधिजन्य वस्तुमा मात्र नभएर दैनिक उपभोग्य वस्तुमा समेत कालाबजारी बढ्दो छ । बजारमा न माक्स पाइन्छ, न त सहजरूपमा ग्याँस, चिनी र नुन नै । तर, सरकारले भने बारम्बार अभाव नरहेको बताउँदै आएको छ । तर, नियमन नभएपपछि व्यापारीले मनपरी गर्दै आएका छन् । सरकारले कस्को पक्षमा काम गर्दै छ ? जनताको कि कालोबजारीहरूको ? यत्तिसम्म कि औषधिमा पनि कालोबजारी गर्दा पनि कस्तो अप्ठ्यारो महसुस नभएको ? सरकारले आपूर्ति व्यवस्थालाई नियमित राख्न युद्धस्तरमा काम गरिरहेको भन्दै आएको भए पनि व्यवहारमा त्यस्तो देखिएको छैन । त्रासको समयमा कमाउने मौका यही हो भन्दै कालोबजारी गरिए, परल मूल्यभन्दा बढी लिए, सामान भएर पनि छैन भन्दै लुकाए कालोबजारी कानुन तथा अत्यावश्यक ऐनले गरेको व्यवस्थाअनुसार कारबाही हुने सरकारले चेतावनी दिएको छ । तर, सरकारको यो चेतावनीले जनतालाई राहत मिलेको छैन । सरकारको भनाइले जनताको समस्याको सामधान होइन, उल्टै समस्यालाई गिज्याएको छ भने व्यापारीलाई प्रोत्साहन मिलेको छ । उनले कालोबजारीविरुद्ध बजार अनुगमनको कुरै गरेनन् । सरकारले बोले पनि उसलाई अनुगमन गर्ने फुर्सद छैन । अनुगमन नगर्दा व्यापारीलाई कोरोना भाइरसको हल्ला कमाउ धन्दा बनेको छ । संकटको बेला एकले अर्कोलाई सहयोग गर्नुपर्नेमा कमाउने मौका यही हो भनेर कुनै पनि व्यवसायी त्यसरी प्रस्तुत भए तिनलाई जरिवाना तिराउने मात्रै जेलसम्म हाल्नुपर्छ । त्यसो भए मात्र आउँदा दिनमा कालोबजारी गर्ने काम छाड्छन् अन्यथा कालोबजारीको हिम्मत बढ्ने छ ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  ०६:३६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP