Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • उपलब्धिविहीन ‘हनिमुन पिरियड’
उपलब्धिविहीन ‘हनिमुन पिरियड’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक ४, २०८१

नयाँ सरकार गठनपछिको १०० दिनलाई ‘हनिमुन पिरियड’को मानिन्छ, जुन अवधिमा सरकारले गरेका कामलाई महŒवका साथ हेर्ने गरिन्छ । सो अवधिमा गरेको कामले नै सरकारको कार्यशैली प्रस्ट पार्दछ । साँच्चै मुलुकका लागि उपलब्धिमूलक काम गर्ने सरकारले उक्त अवधिमै प्रस्ट संकेत देखाउने गर्छ । सय दिनमा पनि आशा जगाउनेगरी काम गर्न नसके त्यो सरकारबाट थप आशा राख्ने अवस्था नहुने विज्ञहरुको भनाइ छ ।

यहीबीच केपी शर्मा ओली नेतृत्वमा वर्तमान सरकार गठन भएको १०० दिन पूरा भइसकेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढालेर एमाले–कांग्रेस गठबन्धनको सरकार बनेको हो, जसको नेतृत्व एमाले अध्यक्ष ओलीले गरिरहेका छन् । संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित केही साना दलको साथ पाएका ओलीसँग संसद्मा दुईतिहाइभन्दा बढीको बहुमत छ । तर, दुईतिहाइभन्दा बढी बहुमतको यो सरकारले हनिमुन अवधि पार गर्दा आशा जगाउने ठोस काम नै देखाउन सकेको छैन । 
त्यसो त संसद्को पहिलो र दोस्रो ठूलो दलबीचको समीकरण बन्नुलाई नै अस्वाभाविक मानिँदै आएको छ । माओवादीसँगको सत्ता समीकरण बदलेर आफैं प्रधानमन्त्री बनेका ओली आघिल्लो कार्यकालमा जति चर्चामा थिए अहिले त्यो स्थितिमा छैनन् । बरू विभिन्न काण्डहरुले ओलीको साख गिर्दै गइरहेको देखिन्छ । हुन त कांग्रेस–एमालेका नेताहरुले स्थिर सरकारका लागि आफूहरु मिल्नुपर्ने बाध्यता आइपरेको दाबी गर्दै आएका छन् । वर्तमान गठबन्धन गर्नुको मूल उद्देश्य संविधान संशोधन गरी निर्वाचन प्रणाली परिवर्तन गर्ने रहेको बताइन्छ । वर्तमान निर्वाचन प्रणालीले राजनीतिक स्थिरता दिन नसक्ने भन्दै समानुपातिक निर्वाचन प्रणाली हटाउने तयारीमा दुई दल देखिन्छन् ।

तर, माओवादी केन्द्रलगायत प्रतिपक्षी दलहरु यसको विपक्षमा छन् । यद्यपि, सत्ता गठबन्धनसँग दुईतिहाइको बहुमत भएकोले संविधान संशोधन गर्नसक्ने अवस्थामा छ । संविधान संशोधनका लागि दुईतिहाइ बहुमत चाहिन्छ । तर, समानुपातिक निर्वाचन प्रणाली हटाउँदा जनस्तरबाटसमेत विरोधको सामना गर्नुपर्ने देखिन्छ । किनभने, समानुपातिक प्रणालीकै कारण अहिले हरेक जाति, समुदाय, वर्ग र क्षेत्रबाट संसद्मा प्रतिनिधित्व भएको छ ।

Hardik health

वर्तमान सरकारको कमजोरी गत असोज १० देखि १२ गतेसम्म आएको अविरण वर्षाले सिर्जना गरेको विपत्तिको समयमा छरपस्ट देखियो । बाढी, पहिरो तथा डुबानमा परेकाको उद्धारमा सरकार पूर्ण असफल बन्न पुग्यो । वर्षाको पूर्वानुमान भएकै सन्दर्भमा पनि पूर्वतयारी गर्नबाट सरकार चुक्यो । यसले सरकार पूरै आलोचित बन्न पुग्यो । त्यसबाहेक पनि अन्य खास कुनै काम देखिएको छैन, जसले जनतामा आशा जगाएको होस् । प्रधानमन्त्री ओली मुलुक र जनताको हितमा भन्दा पनि आफ्नो सत्ता टिकाउने ध्याउन्नमै छन् । यद्यपि, पछिल्लो समय सत्ता गठबन्धनमै खटपट सुरु भइसकेकोले वर्तमान सरकारको आयुसमेत ‘आज कि भोलि’को अवस्थामा पुगेको छ । यसले जनतामा पुनः निराशाबाहेक केही नदिने निश्चित छ ।
 


प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP