Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • प्रहरीले साख फर्काउनुपर्छ
प्रहरीले साख फर्काउनुपर्छ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २५, २०७६
Hardik health
प्रहरीको सबैभन्दा गलत काम नै गलत व्यक्तिहरूको संरक्षण गर्नु हो । यति मात्र होइन, कतिपय मुद्दामा प्रहरीले नै कमजोर फाइल तयार गर्ने गरेको आरोप आइरहको छ । यसरी मिलेमतोमा प्रहरीले फाइल तयार पार्दा मुद्दा कमजोर हुन्छ र अदालतले फाइलअनुसार फैसला गर्दा गलत व्यक्तिहरूले उन्मुक्ति पाइरहेका छन् । पछिल्लो समय प्रहरी नै बलात्कारजस्तो गम्भीर अपराध कर्म गरेको कुराहरू बाहिर आएका छन् । सेवाग्राहीलाई बलात्कार गर्नु भनेको प्रहरी संगठनमाथि प्रश्न उठेको हो । अहिले कमजोरको साथ प्रहरीले नदिने र गलत व्यक्ति नै भए पनि हुने, खाने वर्गको मात्र संरक्षण गर्ने काम गरिरहेको देखिन्छ । प्रहरीले यहि गलत व्यक्तिहरूको प्रायोजनमा प्रहरी कार्यालयमा नै दैनिक भोजभतेर गर्ने काम गर्दा यसले सर्वसाधारणले प्रहरीमाथि घृणा गर्न सक्छन् । तिनै गरिब जनताले छाका काटेर राज्यलाई राजस्व तिर्छन् तर त्यहि करबाट तलब, भत्ता खाने प्रहरीहरूले भने जनतामाथि नै घात गर्छन् भने जनताले प्रहरीलाई विश्वास गर्ने कि नगर्ने ? बलेफी हाइड्रोपावरको निर्माणमा स्थानीयले रोजगारी माग्दा तिनै रोजगार माग्नेहरूमाथि प्रहरीको लौरो बज्रिन्छ । तिनै रोजगार खोज्नेहरूलाई प्रहरीले सार्वजनिक अपराधअन्तर्गत मुद्दा लगाएर हिरासतमा लगेर थुन्छ । तर, प्रहरीले भने हाइड्रोपावरका मालिकसँग साँठगाँठ गरेर उनीहरूकै बारेमा सूचना लुकाउँछ भने प्रहरीमाथि कति विश्वास गर्ने ? आइएलओ १७९ का अनुसार स्थानीय स्तरमा बनेको कुनै पनि परियोजनामा स्थानीयले नै पहिलो प्राथमिकता पाउनुपर्छ । यस हिसाबले पनि सो हाइड्रोपावर बनाउँदा स्थानीयले नै रोजगार पाउनुपर्छ । तर, अहिले सो हाइड्रोपावरले यसो नगरेर बाहिरकालाई काम दिइरहेको देखिन्छ । सरकारले यसमा हस्तक्षेप गर्नुपर्छ । गुन्डागर्दीको भरमा हाइड्रोपावरले काम अघि बढाएमा भोलि परियोजना पूरा गरेपछि पनि सञ्चालनमा समस्या आउन सक्छ । त्यसैले अहिले नै हाइड्रोपावरले ध्यान दिनुपर्छ । जहाँसम्म प्रहरीको कुरा छ, प्रहरीले स्थानीयको कुरा नसुन्ने हो भने प्रहरी के का लागि ? प्रहरीले जवाफ दिनुपर्छ । रोजगार माग्नेलाई नै पक्राउ गरेर जेल हाल्ने हालेर कानुन हातमा लिन चाहेको हो भने उक्त प्रहरीलाई संगठनले सबक सिकाउनुपर्छ । प्रहरीको गुमेको साख फर्काउन यहि हो मौका । बलेफीमा आइतबारदेखि स्थानीयको आन्दोलन जारी छ । यसलाई स्थानीय प्रहरीले आफैँ साम्य पार्न चाहेको छ । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका व्यक्तिकै भोज भतेरमा प्रहरी रमाउने हो भने यो मुलुक कसरी गणतन्त्र भयो ? प्रहरी भन्नेबित्तिकै कार्यापालिकाको सबैभन्दा माथिल्लो तह हो । यस्तो अवस्थामा प्रहरीले नै कानुनी शासनको धज्जी उडाउँछ भने अब जनताले कस्को आसामा बाँच्ने ? हाइड्रोपावरले स्थानीयका चित्त बुझ्दो मुआब्जा दिनैपर्छ । योबाहेक कम्पनीले स्थानीय स्तरमा गर्नुपर्ने शिक्षा, स्वास्थ्यलगायत सामाजिक विकास गर्नुपर्छ । स्थानीयले आफ्नो खेत बाँझै राखेर हाइड्रोपावरलाई पानी उपलब्ध गराएपछि उनीहरूको माग पूरा गर्नु हाइड्रोपावरको पहिलो कर्तव्य हो । तर, प्रहरीले तिनै स्थानीयलाई वास्ता नगरी हाइड्रोपावरको पक्षमा वकालत गर्यो भने प्रहरीको साख जोगिन झन् समस्या पर्छ । त्यसैले आजबाट नै प्रहरी सुध्रने हो कि ?
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  ०६:४४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP