Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • गैरजिम्मेवार सरकार प्रमुखहरु
गैरजिम्मेवार सरकार प्रमुखहरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज १५, २०८१

संकट होस् या समृद्धि, यो दुई पाटा हेर्न सरकार प्रमुखहरु, देशको शासनपद्धति हेरे पुग्छ । यसपटकको वर्षा र बाढीपहिरोमा सरकार प्रमुखहरुले हदैसम्मको गैरजिम्मेवारीपन देखाएका छन् । कतिसम्म भने बाढीपहिरोमा परी २०० भन्दा बढीले ज्यान गुमाइसकेपछि अमेरिकाबाट काठमाडौं उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फोरकास्ट गरेको थियो ‘रेड अलर्ट’ भनेर तर कहाँकहाँ पहिरो जान्छ त भनेको थिएन ,.गएपछि थाहा हुने कुरा भयो । काठमाडौंमा यति डुबान हुनेगरी आउ“छ भनेर कल्पना गरिएको थिएन’ भन्दै रिस पोख्ने काम गरे ।

बाढीपहिरोमा परी काठमाडौं उपत्यकामै ५६ जनाले ज्यान गुमाए भने कयौं घाइते भए । आफू अमेरिका सयरमा निस्कँदा प्रधानमन्त्री ओलीले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक सरकार प्रमुख बनाएर राखेका थिए । कार्यवाहकको त झन् कुरै गरिसाध्य छैन । बाढीपहिरोले काठमाडौं उपत्यका डुबानमा परेकै दिन सिंह बबरमहलसमा दाँवाली मिलन क्लबको माला र सम्मान थापेर बसिरहेका थिए । यतिमात्र हैन कार्यवाहक सिंह आइतबार युरोपियन युनियनको सम्मान थाप्न पोखरा पुगेका थिए ।

जल तथा मौसम विज्ञान विभागले वर्षाको उच्च जोखिम भनी पूर्वानुमान गर्दा राष्ट्रपति रामचन्द्र पौडेलले पनि टेरेनन् । पौडेल कार्यवाहक प्रधानमन्त्री सिंहसहितको टोली लिएर बिहीबार नवलपरासीमा बनेको सुस्ता पुल उद्घाटन गर्न पुगे । जबकि, सोही दिनबाट वर्षा सुरू हुने भन्दै उक्त जिल्लालाई पनि विभागले उच्च जोखिमको सूचीमा राखेको थियो ।यो विपद्मा गृहमन्त्री रमेश लेखक र रक्षामन्त्री मानवीर राईको पनि कुनै तदारुकता देखिएन । राजनीतिक दलका शीर्ष नेताहरु एकले अर्कालाई आरोप लगाएरै समय कटाउन व्यस्त देखिए । ती दलका युवा शक्ति र विद्यार्थी शक्ति कुन दुलामा लुके अत्तोपत्तो पाइएन । 

Hardik health

यो त भयो राजनीतिक नियुक्तिबाट बनेका सरकार प्रमुखहरुको अटेरीपन । स्थायी सरकारका रुपमा हेरिने प्रशासन हाँक्दै बसेका मुख्यसचिव एकनारायण अर्यालसमेत यो दौडमा पछि परेनन् । उनी त अझ आफ्नो गृहजिल्ला स्याङ्जा पुगेर धुमधडकासहितको सम्मान थापेर आइपुगे आइतबार । कतिसम्म भने आइतबार मृतक र घाइतेको संख्या थपिँदो थियो । देश शोकमा परेको बेला अर्यालले पञ्चेबाजासहित फूलमालामा सजिएर आँधीखोला गाउँपालिकालगायत स्थानमा छाता ओडेरै सम्मान लिएका थिए । देशको अवस्था कस्तो छ, देश किन यस्तो बन्दै छ भनेर अरू कतै हेर्न परेन । यी नै गैरजिम्मेवार प्रमुखहरुलाई हेरे पुग्छ ।
 


प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री बिहीबार, साउन १४, २०८३
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ बुधबार, साउन १३, २०८३
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं मंगलबार, साउन १२, २०८३
प्रश्नपत्र ‘लिक’ प्रकरणले उब्जाएका प्रश्न
प्रश्नपत्र ‘लिक’ प्रकरणले उब्जाएका प्रश्न सोमबार, साउन ११, २०८३
न्यायपालिकामाथिको प्रहार र लोकतन्त्रको भविष्य
न्यायपालिकामाथिको प्रहार र लोकतन्त्रको भविष्य आइतबार, साउन १०, २०८३
अनलाइन प्रणाली व्यवस्थित बनाऊ
अनलाइन प्रणाली व्यवस्थित बनाऊ शुक्रबार, साउन ८, २०८३
मार्गदर्शन कागजी होइन, व्यवहारमा देखियोस्  
मार्गदर्शन कागजी होइन, व्यवहारमा देखियोस्   बिहीबार, साउन ७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP