Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ७, २०८२
  • नयाँ मापदण्डअनुसार ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने, शुल्क नौ हजार ५००
  • श्रमिकको स्वास्थ्य परीक्षण गर्न १७१ वटा संस्था सूचीकृत
  • उमेर र पेसाअनुसार जोखिम समूह छुट्याएर श्वासप्रश्वासको समस्या, छालाका रोग, मांसपेशी र हड्डीका समस्या, क्यान्सर, मधुमेह, मुटुरोलगायतको परीक्षण गर्नुपर्ने

काठमाडौं – वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न १७१ वटा संस्था सूचीकृत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रवार सूचना जारी गर्दै अनुगमन गरिएका २०० वटा संस्थामध्ये १७१ वटा सूचीकरणमा परेको जनाएको हो । 

मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार काठमाडौं उपत्यकाभित्रका १४३ र उपत्यका बाहिरका २८ वटा मापदण्ड पुरा गरेका संस्था सूचीकरणमा परेका छन् । स्वास्थ्य संस्थाहरुलाई नयाँ मापदण्ड बमोजिमको पूर्वाधार तयार पार्न दुई महिनाको समय दिएपछि गत असार २६ गतेबाट असोज ३१ गतेसम्म अनुगमन गरिएको थियो । अनुगमनको प्रतिवेदन विज्ञ टोलीले अध्ययन गरेपश्चात् प्रधानमन्त्री तथा श्रम मन्त्रीस्तरको निर्णयबाट सुचीकरण भएका संस्थाहरु सार्वजनिक गरिएको हो । 

व्यवसायमा एकरुपता कायम गर्दै बेथितिको अन्त्य गर्नतर्फ सरकार लागेकाले अब सम्मानित रुपमा व्यवसाय गर्ने वातावरण बन्दै जाने नेपाल मेडिकल व्यवसायी संघले जनाएको छ । यसका लागि व्यवसायी एकजुट भएको संघका महासचिव कृष्णप्रसाद बजगाइँ बताउँछन् । 

‘सरकारले एकरुपता कायम गर्न काम गर्दैछ । त्योमध्यको एउटा कदम भनेको सबै देशका लागि स्वास्थ्य परीक्षण गर्न योग्न हुने गरी मापदण्ड बनाएर लिस्टिङ ग¥यो,’ बजगाइँले भने, ‘गुणस्तरहीन स्वास्थ्य परीक्षण, मान्छे नभइकन स्वास्थ्य परीक्षण भइरहेको जस्ता पाटोमा स्वास्थ्य संस्थालाई डिजिटलाइज्ड गरेर बेथितिको अन्त्य भएसँगसँगै सबै कुरा समेटिएर आउँछ । बिग्रिएको कुरालाई सपार्न सबै एकीकृत भएर जानुपर्छ भनेरै हामी पनि गइरहेका छौँ ।’ यद्यपि यसले पूर्णता पाउने या नपाउने भन्ने यसपछि सरकारले लिँदै जाने नीतिमा निर्भर गर्ने उनको भनाइ छ । 

Nada Auto Show 2026
Hardik health

मन्त्रालयले अर्को सूचना जारी गरेसँगै नयाँ शुल्कसहितको प्रावधान लागू हुनेछ । सूचीकरण भएका स्वास्थ्य संस्थाहरुले अब श्रमिकको थप परीक्षण गर्नुपर्नेछ । नयाँ मापदण्डअनुसार ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने भनिएको छ । जसबापत रोजगारीमा जाने कामदारले सबै परीक्षणको शुल्क प्याकेजमा नौ हजार ५०० कायम गरिने छ । हाल व्यवसायीले २० देखि २५ प्रकारका परीक्षण गर्दै आएका छन् । जसको सात हजार ५०० तिर्नुपर्ने हुन्छ ।

प्रमुख परीक्षणहरूमा रक्त परीक्षण (सीबीसी, ईएसआर, प्लेटलेट), क्षयरोग परीक्षण (छातीको एक्स–रे, म्यान्टोक्स परीक्षण, स्पुटम एएफबी), मिर्गौलाको कार्य परीक्षण (सिरम युरिया, क्रियाटिनिन), हेपाटाइटिस बी र सी, मलेरिया, सुगर, टाइफाइडलगायत रहेका छन् । मन्त्रालयले कामदारको उमेर र पेसाअनुसार जोखिम समूह छुट्याएर पेसागत रोग (श्वासप्रश्वासको समस्या, छालाका रोग, मांसपेशी र हड्डीका समस्या, क्यान्सर, मधुमेह, मुटुरोगजस्ता अवस्था)को आवश्यक परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा लापरवाही हुने गरेको पाइएपछि सरकारले त्यसलाई न्यूनीकरण गर्न नयाँ मापदण्ड लागू गर्ने जनाएको थियो । श्रम मन्त्रालयद्वारा गठित विशेषज्ञसहितको अनुगमन टोलीले गत भदौ १२ गते स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षण गर्दा स्वास्थ्य परीक्षणमा चरम लापरबाही भेटेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनमा श्रमिकको स्वास्थ्य परीक्षण नै नगरी रिपोर्ट तयार गर्ने, सी ग्रेडको ल्याब सञ्चालन गरेको, आवश्यक उपकरण नभएको लगायतका समस्या औँल्याइएको थियो । यहाँको परीक्षणको विषयमा गन्तव्य देशसमेत प्रश्न उठाउँदै आएको बताइन्छ ।

वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदन, २०८१ र वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४६ बमोजिमको विशेषज्ञ समितिको सिफारिसमा गत चैत १५ गते स्वास्थ्य परीक्षणलाई थप व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन भन्दै परिक्षणको दायरा बढाउने निर्णय गरेको थियो ।

मन्त्रालयले परीक्षणको दायरा बढाउनुका साथै स्वास्थ्य परीक्षणलाई विद्युतीय प्रणालीमा लग्ने तयारीमा लागिरहेको जनाएको छ । जुन कार्यान्वयमा आएपछि कामदारको तोकिए बमोजिमका परीक्षण सम्पन्न गरी वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेम्स)मा अपलोड गरेपछि मात्र अन्तिम श्रम स्वीकृति प्रदान गर्ने भनिएको छ । परीक्षणको रिपोर्ट सिस्टममा पठाइने हुँदा जुनसुकै स्थानमा पनि श्रमिकको स्वास्थ्य अवस्थाको जानकारी लिन सकिनेछ ।


प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP