Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • जेन–जी संयमित बन्‍नुपर्ने समय
जेन–जी संयमित बन्‍नुपर्ने समय
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ४, २०८२

शीर्ष दलका नेताहरु अहिलेको सरकारले निर्वाचन गर्न नसकोस् भनेर मनमनै मन्त्रोच्चारण गरिरहेका छन् । प्रहरी कार्यालयहरुबाट लुटेका हतियार र कारागारबाट भागेका कैदीलाई देखाउँदै कांग्रेस र एमालेले त्रास फैलाउने काम भइरहेकै छ । यो बीचमा जेन–जीबीच एकता नहोस् भन्ने चाहना पनि यी दलहरुको देखिन्छ । हरेक कोणबाट उक्साहटपूर्ण अभिव्यक्ति दिने काम एमाले नेतृत्वबाट भइरहेको छ । जसरी हुन्छ मुठभेडको रणनीतिमा एमाले उत्रेको धेरै दिन भइसक्यो । बुधबार बाराको सिमरामा त्यही भइदियो, जुन एमालेका नेताहरुले कल्पना गर्दै आएको थियो ।

एमालेको कार्यक्रम आयोजना भएकै दिन जेन–जी अभियन्ताहरुले कार्यक्रम राखेको देखिन्छ । आफ्नो पूर्वनिर्धारित कार्यक्रममा अवरोध गर्न खोजेपछि एमालेलाई के चाहियो ? ऊ जाइलाग्ने भइहाल्यो । भदौ २३ र २४ को विद्रोहपछि सडकमा आएको रिस फेर्नु नै छ । यसका लागि एमालेले दोहोरी भिड्ने पात्रहरु खोजिरहेको थियो ।

एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्‍नेत सिराह जाने क्रममा जेन–जीका अभियन्ताहरुले उनीहरुको सपना पूरा गरिदिए । अहिलेको सरकार जेन–जी विद्रोहको बलमा बनेको हो । तर यो सरकारलाई के बाध्यता छ भने निर्वाचनमा भाग लिन ठूला दलहरुलाई विश्वासमा लिनु अति आवश्यक छ । तर सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री सुशीला कार्की पनि एमाले अध्यक्ष केपी शर्मा ओलीकै शैलीमा उत्रेर कहिले शीर्ष नेताको अनुहार नै हेर्दिनँ भन्‍ने  त कहिले ‘हेट स्पिच’ दिनेलाई छाड्दिनँ भन्‍ने अभिव्यक्ति दिएर सम्बन्ध भड्काउने कोसिसमा देखिन्छिन् ।

Sonam Lhosar
Hardik health

यतिमात्र हैन उच्चस्तरीय जाँचबुझ आयोगमार्फत तर्साउने, धम्क्याउने काममासमेत सरकार लागिरहेको देखिन्छ । सरकार सबैको अभिभावक हो । विपक्षीलाई तर्साउने र जेन–जीलाई उक्साउने काम सरकारको हैन । अहिलेको नेतृत्वले जेन–जीलाई आफ्नो नियन्त्रणमा राख्ने र विपक्षीलाई फकाउने हो । 

जेन–जीको मनपरीतन्त्रले आमजनताको मन पुनः पुरानै दलमा फर्कन नदिने रणनीति बनाउने हो । किनभने प्रदर्शन गर्ने, नाराबाजी गर्ने, तोडफोड गर्ने प्रवृत्ति पुराना दलको हो । यस्तो प्रवृत्ति जेन–जीले अपनाए फरक के भयो ? यसरी त जुन जोगी आए पनि कानै चिरेका ? भन्ने अर्थ लाग्न सक्छ । त्यसै आफ्नो आन्दोलनबाट आएको परिवर्तनलाई संस्थागत गर्न जेन–जी संयमित हुनुपर्ने समय हो यो । उल्टो बाटोमा लागेको एमालेले पनि सुध्रिनुपर्छ । सरकारले त झनै संयमता अपनाउनु आवश्यक छ ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
भरतपुर अस्पतालमा बिरामीको चाप
भरतपुर अस्पतालमा बिरामीको चाप
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP