Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ‘नैतिकता’को फरक मापदण्ड 
‘नैतिकता’को फरक मापदण्ड 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २७, २०८१

नेपाली राजनीतिमा ‘नैतिकता’ भन्ने विषय गौण बन्दै गएको चर्चा नयाँ होइन । यो वर्षौंदेखि मुलुकले भोग्दै आएको समस्या हो । नैतिकतालाई पालना गर्ने नेता पाउन कठिन छ । नेताहरुले यदि नैतिकताको पालना गरेका भए मुलुकको राजनीति यस्तो समस्यामा अवश्य गुज्रनु पर्दैनथ्यो । यो आमजनमानसलाई लागेको विषयमात्र होइन, वास्तविकता नै यही हो भन्दा फरक पर्दैन । आफ्नो स्वार्थ मिल्दासम्म एक ठाउँमा उभिने नेताहरु स्वार्थ बाझिनासाथ एकले अर्कामाथि नैतिकताको प्रश्न उठाउने गरेका छन् । यही चरित्रले मुलुकको राजनीतिलाई विकृत बनाएको छ ।

यतिबेला संघीय संसद्मा नैतिकताकै विषय चर्चामा छ । विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले उपसभामुख इन्दिरा राना मगरमाथि नैतिकताको प्रश्न उठाइरहेका छन् । उनीहरुले नैतिकताका आधारमा राजीनामा दिनसमेत उपसभामुखमाथि दबाब दिइरहेका छन् । यो प्रश्न उठाउनुको कारण हो, १९ महिनाअघि पाँचजना व्यक्तिलाई अमेरिकाको भिसाका लागि अन्तवार्ताको मिति अगाडि सारिदिन भन्दै उपसभामुख मगरले नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र । यसैलाई मुद्दा बनाएर उपसभामुख मगरलाई हटाउने खेलमा लागेका हुन्, कांग्रेस–एमाले ।

उपसभामुखमाथि नैतिकताको प्रश्न उठाउने यी दुई दलका नेताहरु, जो वर्तमान सरकारमा मन्त्रीको कुर्सीमा बहाल छन्, उनीहरुमाथि नैतिकताको प्रश्न उठ्दा पनि राजीनामा दिनुपरेको छैन । शक्तिको आडमा उनीहरुले पदमा बहाल रहने छुट पाएका छन् । जसमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, ऊर्जामन्त्री दीपक खड्का र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा छन् ।

Hardik health

सञ्चारमन्त्री गुरुङले प्रहरी अधिकारीको ‘जिब्रो थुत्नुपर्छ’ भन्ने विवादास्पद अभिव्यक्ति दिएर पनि पदमा बहाल रहन छुट पाएका छन् । सरकारी जग्गा हडपेको आरोप लागेका खड्का र नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेकी राणा मन्त्रीको कुर्सीमा ढुक्क रहन पाएका छन् । उनीहरुका सम्बन्धमा ‘चुपचाप’ रहने दुवै दलका सांसदहरु नै अहिले उपसभामुखमाथि खनिएका छन् । यो दोहोरो चरित्र कति पनि सुहाउँदो देखिँदैन । दलीय स्वार्थका लागि संसद्मा नैतिकताको प्रश्न घन्काइरहेको प्रस्ट हुन्छ ।

यहाँ कमजोर हुनेले मात्रै नैतिकता पालना गर्नुपर्छ, शक्तिमा भएपछि नैतिकता केही पनि होइन भन्ने स्थापित गर्दै छन् दलहरु । यसै कारण राजनीतिक नेतृत्वप्रति जनविश्वास गुम्दै गएको हो । सार्वजनिक पदधारण गरेका व्यक्ति जोसुकै होस् नैतिकता प्रमुख विषय बन्नुपर्छ । अहिले तातो बहसमा आएकी उपसभामुखले स्वाभाविकरुपमा नैतिकता पालना गर्नुपर्छ नै, साथमा माथि उल्लिखित मन्त्रीहरुले पनि छुट पाउने आधार छैन ।
 


प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP