Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • बिप्रेषणको सदुपयोगको नीति बनाऊ
बिप्रेषणको सदुपयोगको नीति बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २३, २०७६
Hardik health
मुलुकमा रोजगारीको कुनै सम्भावना छैन । रोजगारी नभएपछि वैदेशिक रोजगारको विकल्प नै छैन । विदेशमा दुःख गरेर भित्रिएको रकम केवल मनोरञ्जन, विलासिता र उपभोग्य वस्तुमा खर्च भएपछि चिन्ताको विषय बन्न पुगेको छ । बिपे्रषणको सदुपयोग नभएकामा सबै कोणबाट चिन्त व्यक्त गर्न थालिएको छ । तर, यस्तो महत्वपूर्ण विषयमा सोच्न सरकारसँग समय छैन । घरखेत धरौटी राखेर वैदेशिक रोजगारमा गए पनि बिप्रेषण सदुपयोग भएको देखिएको छैन । बिप्रेषणको अधिकांश भाग विलासिता, घरघडेरीमा खर्च भइरहेको छ । बिप्रेषणका आधारमा नेपाल बस्नेले पनि अनुत्पादनशील काममा अत्याधिक खर्च बढिरहेको छ । बिप्रेषणको मात्र बढ्दै गए पनि मुलुको हालत भने सुध्रेको छैन । कुनै बेला कृषि प्रधान मात्र होइन, दक्षिण कोरियाजस्तो मुलुकलाई खाद्यान्न अनुदानमा दिने नेपालले आज उसैको देशमा नेपालीले श्रम गर्न जानु परेको छ । सरकारी तथ्यांकलाई नै मान्ने हो भने पनि ११ वषमा ५८ खर्ब बिप्रेषण नेपालले भित्र्याएको छ । तर, आज सो बिप्रेषणको भाग महसुस गर्ने गरी देखिएको छैन । बिप्रेषण भित्र्याउनेहरूको अवस्था उही छ, आज पनि उनीहरू वैदेशिक रोजगारमा नजाने हो भने फेरि उसको परिवारको हालत उहि हुनेछ । त्यसो त श्रीमान् वैदेशिक रोजगारमा जानेबित्तिकै श्रीमती र छोराछोरीलाई काठमाडौंमा राख्ने प्रचलन बढेकाले बिप्रेषणको अधिकांश भाग उपभोगमा नै खर्च भएको देखिन्छ । बिप्रेषणको बढी भाग जग्गा जमिनमा लगानी गरेको भए पनि यो अनुत्पादनशील क्षेत्र भएकाले यसले प्रतिफल दिएको पाइँदैन । दुई वर्ष विदेशमा काम गरेर मरितरी ४ कठ्ठा जमिन खरिद गरे पनि उक्त जमिनको उत्पादनले गर्जो नटर्ने भन्दै गाँस र बासका लागि फेरि विदेशिनु पर्ने, यसैबीच, बालबच्चाको लालनपोषण र पढाइ खर्चका लागि ऋण लिँदा उक्त जग्गा नै फेरि धरौटी राख्नुपर्ने आएकाले बिप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगाउनै पर्ने बाध्यात्मक अवस्था बनाउनुपर्ने देखिन्छ । वास्तवमै भन्ने हो भने वैदेशिक रोजगारले सामाजिक पाटोलाई नै अस्तव्यस्त बनाउँदै लगेको छ । वैदेशिक रोजगारमा लामो समयसम्म भर पर्ने वातावरणको अन्त्य गर्नैपर्छ । मुलुकले उत्पादनमा मात्र ध्यान दिने हो भने वैदेशिक रोजगारको प्रभाव घट्दै जान्छ । एक व्यक्तिले जतिसुकै रेमिट्यान्स भित्र्याए पनि सो रकमले उसको आवश्यकता पूरा नगर्ने यसो हुँदै जाँदा उसको अर्को पुस्ताले वैदेशिक रोजगारलाई नै अंगीकार गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पुस्तौनी वैदेशिक रोजगारमा नै भर पर्ने हो भने यसले मुलुकलाई आत्मनिर्भर होइन, परनिर्भर बनाउने सम्भावना बढ्दै गएको देखिन्छ । स्वदेशमै स्वरोजगार बन्न सरकारले सीपमूलक तालिममा बढी ध्यान दिनुपर्छ । सीप सिकेर यहाँनै वैदेशिक रोजगारमा भन्दा बढी रकम कमाउन सकियो भने वैदेशिक रोजगारप्रतिको मोह पनि घट्दै जाने देखिन्छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  ०६:५४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP