Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #रवि लामिछाने
  • #एमाले महाधिवेशन
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #रास्वपा
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #राजेन्द्र गौतम
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • तानाबाना नबुनी बक्यौता बुझाऊ
तानाबाना नबुनी बक्यौता बुझाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ११, २०८१

झण्डै पाँच वर्षयता नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरूबीच ‘डेडिकेटेट र ट्रङ्क’ लाइनको महसुल विवाद छ । महसुलको बक्यौता नतिर्ने ६१ उद्योग छन् । ती उद्योगहरूले बुझाउनुपर्ने बक्यौता ६ अर्बभन्दा बढी छ । 

तर, उनीहरू सरक्क प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता नतिरी राजनीतिक नेतृत्वको फेरो समात्न पुगे । जतिबेला प्राधिकरणले बक्यौता तिर्न बारम्बार ताकेता गर्दा पनि नबुझाएपछि विद्युत् लाइन काटेको थियो । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले तिनै बक्यौता नतिर्ने उद्योगीहरूको कित्तामा उभिँदै तत्काल बक्यौता नउठाइकन पनि उद्योगहरूमा काटिएको लाइन जोड्न निर्देशन दिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ओलीसामु सीप चलेन । लाइन जोड्न बाध्य भए । 

यहीबीच बिहीबार संसदको सार्वजनिक लेखा समितिले पनि यो प्रकरणमा हात हालेको छ । लाल आयोगको प्रतिवेदन मागेको छ । जबकि, अदालतहरूले पटकपटक ‘डेडिकेटेट र ट्रङ्क’लाइन महसुलको बक्यौता जुनसुकै हालतमा उठाउन बारम्बार आदेश जारी गरेको छ । तर, उद्योगीहरू बक्यौता तिर्न मानिरहेका छैनन् । राजनीतिक नेतृत्वलाई गुहारेर बक्यौता नतिर्न लबिइङ गरिरहेका छन् । जसको प्रतिविम्बको रुपमा विद्युत् जडान गर्न ओलीले दिएको निर्देशन हो । जुन उचित हुँदै होइन । 

Hardik health

प्राधिकरणले लोडसेडिङ भएका बेला पनि उद्योगहरूलाई विद्युत् पर्याप्त दिएको थियो । तर, त्यसको प्रिमियम महसुल तिर्न बाँकी छ । उद्योगीहरूले प्रमाणविना महसुल नतिर्ने दाबी गर्दै आएका छन् । तर, प्राधिकरणले कानुनले भनेअनुसार सम्पूर्ण प्रमाण उपलब्ध गराएको दाबी गर्दै आएको छ ।

यस सम्बन्धमा पछिल्लोपटक बनेको विद्युत् महसुल विवाद समाधान आयोग, २०८० को प्रतिवेदनको आधारमा मन्त्रिपरिषद्ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत प्राधिकरणलाई ०७२ माघदेखि ०७५ वैशाखसम्मको अवधिको मात्रै प्रिमियम महसुल उठाउन निर्देशन दिएको थियो । ०७२ साउनदेखि पुस र ०७५ जेठदेखि ०७७ जेठसम्मको बक्यौता मिनाहा गरिदिएको थियो । सोहीअनुसार प्राधिकरणले ०७२ माघदेखि ०७५ वैशाखसम्मको बक्यौता तिर्न बारम्बार उद्योगीहरूलाई निश्चित अवधि दिएका थिए । प्रधानमन्त्री ओलीको आँट पाएपछि फेरि पनि बक्यौता तिर्न तयार भएनन् । 

प्राधिकरणले वक्यौता नतिर्ने ६१ मध्यमा रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक्स, जगदम्बा स्टिल र हुलास स्टिललगायत पर्ने जनाएको छ । यसकारण उद्योगीहरूले जसरी भए पनि तिर्न बाँकी बक्यौता तिर्नैपर्छ । तानाबाना बुन्नुको कुनै जरुरत छैन ।

किनभने कुनै सर्वसाधारण उपभोक्ताको घरमा विद्युत् महसुल नतिरिए विद्युत् कटौती हुन्छ । यसले गर्दा पनि ६१ उद्योगले जसरी र जुन ढंगले सकिन्छ, त्यही ढंगले बक्यौता तिरेर इमानदारी व्यवसायीको परिचय दिनैपर्छ । होइन भने व्यवसायीप्रति नकारात्मक धारणा विकास हुनेछ । 


 


प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शुल्क वृद्धि खारेजीले श्रमिकलाई राहत 
शुल्क वृद्धि खारेजीले श्रमिकलाई राहत  आइतबार, पुस ६, २०८२
निर्वाचन आचारसंहितामा ‘नयाँ प्रस्ताव’ सकारात्मक 
निर्वाचन आचारसंहितामा ‘नयाँ प्रस्ताव’ सकारात्मक  शुक्रबार, पुस ४, २०८२
विद्युतीय मतदानमा पूर्वतयारी नहुँदाको परिणाम
विद्युतीय मतदानमा पूर्वतयारी नहुँदाको परिणाम बिहीबार, पुस ३, २०८२
चुनावको वातावरण बनाउन प्रभावकारी संवादको खाँचो
चुनावको वातावरण बनाउन प्रभावकारी संवादको खाँचो बुधबार, पुस २, २०८२
कामदारलाई आर्थिक भार थप्ने काम बन्द गराइयोस्
कामदारलाई आर्थिक भार थप्ने काम बन्द गराइयोस् मंगलबार, पुस १, २०८२
ओलीलाई युवराज र अष्टलक्ष्मीको कुरीकुरी
ओलीलाई युवराज र अष्टलक्ष्मीको कुरीकुरी सोमबार, मंसिर २९, २०८२
सरकारबाटै खतरामा पछिल्लो परिवर्तन
सरकारबाटै खतरामा पछिल्लो परिवर्तन आइतबार, मंसिर २८, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP