Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २१, २०७६
Hardik health
बुधबार प्रधानमन्त्रीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदैछ । देशको कार्यकारी अधिकार प्राप्त व्यक्ति अस्पतालको शैय्यमा हुँदा जनताले स्वास्थ्यलाभको कामना गर्नैपर्छ । प्रधानमन्त्री यो देशको कमान्डर हुन् । उनको योजनाले मुलुकमा केही न केही परिवर्तन ल्याउने सम्भावना बोकेको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको १३ वर्षअगाडि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि उनको दोस्रोपटक प्रत्यारोपण गरिन लागिएको हो । यसअघि उनलाई आफ्नै भाइबुहारीले मिर्गौला दिएकामा अहिले भान्जीले मिर्गौला दिने भएकी छन् । प्रधानमन्त्रीलाई मिर्गौला दिएर देश र जनताका लागि त्याग गर्न खोज्ने ती महिलालाई पनि सलाम गर्नैपर्छ । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । बुधबार मिर्गौला प्रत्यारोपण गर्न सोमबार बेलुका उनी अस्पताल भर्ना भएका हुन् । उनलाई मिर्गौला दिन तयार भएकी भान्जी पर्ने समीक्षा पनि सोमबार नै अस्पतालमा भर्ना भएकी छन् । स–सानो रोगको उपचार गर्न नेताहरू र विशेषगरी सरकारमा बस्नेहरूले सरकारी खर्चले विदेशमा उपचार गरेको भनेर अत्यन्तै विरोध गर्दैगर्दा प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपण, त्यो पनि दोस्रोपटक (जसलाई अत्यन्तै गम्भीर र जटिल मानिन्छ) नेपालमै गर्ने भएपछि आमनागरिकले उनको स्वास्थ्य लाभ र प्रत्यारोपणको कामना गरिरहेका छन् । समृद्ध देशको सपना देख्ने व्यक्ति अहिले प्रधानमन्त्री छन् । राष्ट्रवादको नारामा प्रधानमन्त्री बनेका व्यक्तिले साँच्चै मुलुकमै उपलब्ध प्रविधिमाथि विश्वास गरेर उपचार गराउनु नेताहरूका लागि पाठ हुनुपर्छ । ज्वरो आएको खण्डमा सिंगापुर गएर उपचार गराएको भनेर नेताहरूको उछितो काढिरहँदा प्रधानमन्त्रीले स्वदेशमै उपचार गराउनुलाई जति प्रसंशा गरे पनि कमी नै हुन्छ । प्रधानमन्त्रीले चाहेको हो भने जतिसुकै खर्च गर्नुपरे पनि राज्य कोषबाट खर्च बेहोर्नुपर्छ । सरकार प्रमुखको उपचारमा कुनै कमी हुनुहुँदैन । उनले चाहेको भए विश्वको सबैभन्दा बढी सुविधा सम्पन्न अस्पतालमा उपचार गरिनुपथ्र्यो । तर, मिर्गौला प्रत्यारोपण त्यो पनि दोस्रोपटक, स्वदेशमै गराउने निर्णयलाई जनताले प्रशंसा गर्नैपर्छ । प्रधानमन्त्रीको मृर्गौला प्रत्यारोपण सफल भएर उनी स्वस्थ भएर फर्कनुपर्छ । सारा देश र जनताले यहि कामना गरिरहेका छन् । हजार कमजोरी होलान्, कतिलाई कति कति कुरा मन नपरेका होलान् । ती सबै कुराहरू तपशिलका कुरा हुन् । यतिबेला सबै विर्सेर प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्नुपर्छ । एक देशको प्रधानमन्त्रीको सारा सपना देशको हुन्छ । उनको योजना जनताको हुन्छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर आमजनताले चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्रीले आफ्नै मुलुकमा, आफ्नै देशमा प्रत्यारोपण गराउने गरेको निर्णय भविष्यमा पनि नेताहरूलाई पथप्रदर्शक हुनुपर्छ प्रधानमन्त्रीको पुनः मिर्गौला प्रत्यारोपण सफल होस् । उनको उपचारमा संलग्न सबै चिकित्सकको टोली, अस्पताल र प्रधानमन्त्रीको अदम्य साहसले सार्थकता पाओस् । फेरि पनि प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  ०६:४३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP