Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • एमसिसी घातक
एमसिसी घातक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १८, २०७६
Hardik health
साँच्चै भन्ने हो भने एमसिसी नेपालका लागि घातकसिद्ध हुने देखिएको छ । सित्तैमा दियो भन्दै सबै किसिमका सहयोग स्वीकार गर्नु नेपालका लागि हितकर देखिँदैन । तर, नेताहरूले किन एमसिसीलाई पास गर्नुपर्छ भनेर भनिरहेका छन् ? यसलाई भने अब अनुसन्धान गर्नैपर्ने भएको छ । कुनै पनि पक्षले दिने सहयोगमा कुनै न कुनै स्वार्थ लुक्छ नै । त्यसमाथि अमेरिकाले अनुदान (सित्तै ) मा दिने भनिएको सो परियोजनाबाट नेपाललाई फाइदा नपुग्न पनि सक्छ । मुख्यगरी नेपालले अमेरिकी सहयोग पाउन भारतले सहमति जनाउनुपर्ने भनिएपछि अमेरिकाले नेपाललाई भारतको अंग बनाउन चाहन्छ । जसरी अहिले भारतले भुटानमा हैकम जमाएका छन्, त्यसरी नै नेपाललाई पनि भुटानीकरण गर्ने हेतु भारतको छ । जहाँ भारत सहयोगी बनिरहेको छ । यत्ति भनेपछि एमसिसीमा सुनको अण्डा नै भए पनि नेपालले सो परियोजना स्विकार्नै हुँदैन । विकासभन्दा पहिला राष्ट्रियता हो भन्ने कुरा अहिले राष्ट्रवादको जगमा बनेको सरकारले हेक्का राख्नुपर्छ । अहिले एमसिसी आएर केही नेताहरूले केही रकम पाउलान्, उनीहरूले कोही आफ्ना, आफन्तलाई जागीरे बनाउलान्, त्यहि एमसिसीमा । तर, जब मुलुक नै रहँदैन भने त्यो रकमको कुनै अर्थ छैन । अहिले नेताहरूले परिमार्जन पछि मात्रै एमसिसी पारित हुने बताएका छन् । तर, एमसिसीको खास उद्देश्य थाहा पाएर पनि त्यसैको पछि दौड्ने नेताहरूबारे अब छानबिन नहुने हो भने यो मुलुकको अस्तित्व अब करिब करिब अन्त्य हुने देखिन्छ । अमेरिकी सहयोग पाउन भारतले स्वीकृत गर्नुपर्ने जुन बुँदा छ, त्यहि बुँदाका कारण नेपाल सुरुमा भुटानीकरण हन्छ, र अन्तिममा सिक्किमीकरण हुने निश्चित छ । सत्तारुढ दलको कार्यदलले के र कस्तो सुझाव दिएको छ ? यसबारे पछि सार्वजनिक होला तर अहिले भने एमसिसी आफैँ पनि नेपालका लागि घातक छ । एमसिसीको पैसा ल्याएर नेपाल सरकारले कर उठाउनै बन्द गर्ने हो ? यसपछि नेपालले केही नगर्दा पनि विकास हुन्छ ? त्यसपछि नेपालमा सबै कुरा भरिपूर्ण हुन्छ ? यसको उत्तर पनि सरकारले दिनुपर्छ । नेताहरूले नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै परिमार्जन नगरी रु ५५ अर्बका लागि राष्ट्रहितविपरीत सम्झौता नगरिने बताउँदै आएका छन् । तर, एमसिसीको प्रमुख उद्देश्य नै नेपाललाई भारतीय छानामुनी ल्याउने उपायभन्दा अरु केही छैन । यदि यहि सरकारले एमसिसी पारित गर्याे भने उसले हिजो भन्दै आएको राष्ट्रवादको नारा केवल जनता ढाँट्ने हतियार मात्र भएको सावित हुनेछ । नेपालले अमेरिकी सरकारसँग सहयोग लिन चाहनु स्वभाविक नै भए पनि सहयोगका लागि भारतको स्वीकृत लिने प्रावधान भने गलत छ । जस्ले जे भने पनि एमसिसी राष्ट्रहित विपरीत नै छ । सहमतिमा उल्लेख भएको यी यस्ता बुँदा हुनु र सो कुरा संसदले नै पारित गर्नुपर्ने भनी भन्नुले त्यहाँ केही न केही गढबड छ नै । अन्यथा जत्तिसुकै ठूलो सहयोगलाई मन्त्रिपरिषद्बाट पारित हुने तर एमसिसी चाहिँ किन संसदले पारित गर्नुपर्ने ? चीनले ५० अर्बभन्दा बढी सहयोग दिँदा संसदमा छलफल नहुने तर त्यहि बराबरको सहयोग लिन किन संसदले पारित गर्नुपर्ने ? त्यसैले एमसिसी घातक नै छ ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  ०७:२१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP