Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • श्रम गन्तव्य खोजी आवश्यक
श्रम गन्तव्य खोजी आवश्यक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १४, २०७६
Hardik health
मुलुकमा रोजगारको सम्भावना देखिएको छैन । सरकारले युवाहरूलाई स्वदेशमै उपयोग गर्ने र मुलुकलाई समृद्ध बनाउनेतर्फ ध्यान दिएको छैन । बरु सरकारले युवाहरूलाई स्वदेशमै थुनेर राख्ने काम गरिरहेको देखिन्छ । साँच्चै सरकारले युवाहरूलाई विदेश पठाउनै चाहँदैन तर सरकारले युवाहरूलाई स्वदेशमै रोजगार दिन पनि सक्दैन । कस्तो गज्जबको कुरा । आफू दिन नसक्ने र उसले गरी खाँदै आएकोप्रति सरकारले आरिस गरिरहेको देखिन्छ । स्वदेशमै रोजगार पाउने हो भने कोही पनि विदेशमा गएर दोस्रो दर्जाको नागरिक बनेर काम गर्ने सोच हुँदैन । सरकारले सक्यो भने युवाहरूलाई आफ्नै मुलुकमा व्यवस्थापन गर्ने हैसियत राख्नुपर्छ । श्रम बजारमा वार्षिक करिब ५ लाख युवा आउँछन् । उनीहरूलाई व्यवस्थापन गर्ने काममा सरकार चुकेको देखिन्छ । तर पनि उसले वैदेशिक रोजगारलाई विस्थापन गर्न अनेकौँ प्रपञ्च गरिरहेको छ । तर, भर्खरैमात्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले वैदेशिक रोजगारको लागि नयाँ नयाँ गन्तव्य खोज्न थालेका छन् । युवाहरूलाई मुलुकमा रोजगार दिन नसकेपछि युवाहरूका लागि सुरक्षित वैदेशिक रोजगार खोज्नु हरेक सरकारको काम हो । अब नेपालीहरूलाई युरोपतिर पठाउने काममा सरकारले काम अघि बढाउनुपर्छ । युवाहरूलाई स्वदेशमै काम गर्ने मौका दिन नसकेपछि अब सरकारले राम्रो कमाइ हुने मात्र नभएर सुरक्षित मुलुकको खोजीमा कन्जुस्याइँ गर्नु हुँदैन । मुलुकमा उत्पादन गर्न नसकिएपछि अब रेमिट्यान्सबाट पनि मुलुकलाई अघि बढाउन हिच्किचाहट मान्नु पर्दैन । अहिले नेपालको दुई तिहाइ सरकारको खर्च रेमिट्यान्सले धानिरहेको छ । यसैले सरकारले अब वैदेशिक रोजगारलाई नियमन गरेर यसलाई व्यवस्थित बनाएर अझ बढी रेमिट्यान्स कसरी भित्रन्छ, यतातिर सरकारले दिलोज्यान दिनुपर्ने बेला आएको छ । अहिले नेपाली कामदारहरूका लागि वैदेशिक रोजगार भन्नु नै खाडी र मलेसिया मात्र भएकाले सरकारले नयाँ श्रम गन्तव्यको खोजी गर्न थाल्नुपर्छ । खाडीको ५० डिग्रीसेन्टिग्रेड तापक्रममा पसिना बगाए पनि रेमिट्यान्स भनेजति भित्रिएको छैन । यत्ति मात्र होइन, कतिपय नेपाली युवाहरू खाडी मुलुकमा अत्यन्तै तल्लो स्तरको काम गर्दै आएका छन् । सरकारले अब वैदेशिक रोजगारमा दक्ष कामदारलाई मात्र पठाउने गरी कार्यक्रम बनाउनुपर्छ । सरकारले अदक्ष कामदारलाई स्वदेशमै दक्ष बनाएर विदेश पठाउने हो भने युवाहरूले भित्र्याउने रेमिट्यान्सको मात्रा पनि बढ्छ । जसबाट सरकारले पनि फाइदा लिन सक्छ । यति मात्र होइन, नेपाल सरकारले खाडी तथा अन्य क्ष्ेत्रका रोजगारदातासँग बसेर नेपालीको सुरक्षा र आम्दानीलाई बढाउन छलफल चलाउनुपर्छ । नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायीहरूलाई पनि सहयोग गरेर बढीभन्दा बढी राम्रो कम्पनीमा कामदार पठाउनेलाई पुरस्कृतसमेत गर्ने परिपाटी बसाउनुपर्छ । यसो भयो भने वैदेशिक रोजगार व्यवसायीहरू पनि युवाहरूलाई राम्रोभन्दा राम्रो कम्पनीमा पुर्याउन प्रेरित हुनेछन् । त्यस्तै, युवाहरूले भित्र्याएको रेमिट्यान्सलाई उचित ठाउँमा लगानी गर्ने वातावरण बनाएर युवाहरूको भविष्यलाई पनि उज्यालोमय बनाउनेतर्फ सरकारले योजना अघि ल्याउनुपर्छ ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  ०८:२७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP