Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नैतिकता नगुमाऊ
नैतिकता नगुमाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १३, २०७६
Hardik health
सरकार यत्ति तल झरेको छ कि उसलाई विधिको शासनलाई कुल्चेर अघि बढेको देखिन्छ । हिजो राजा कानुनभन्दा माथि थिए । यसैको निहुँमा नेताहरूले राजाको उखरमाउलो काढेका थिए । किनभने मुलुकमा कानुनी राज्यको स्थापना गरेर कानुनभन्दा कोही माथि नहुने गरी नेताहरूले लोकतन्त्र ल्याउने भन्दै जनताको साथ मागेका थिए । नेताहरूको शब्दजालमा आमजनता परेपछि यसै भरमा मुलुकमा गणतान्त्रिक लोकतन्त्रको स्थापना भयो । तर, यहि लोकतन्त्रमा नेताहरू राजाको भन्दा कम बनेका छैनन् । लोकतन्त्र भन्दै आफूखुसी निर्णय गर्ने यत्ति मात्र होइन, कानुनलाई आफू अनुकूल बनाउनेसम्म काम गर्न थालेका छन् । भन्दाभन्दै चुनावमा पराजितलाई पनि राष्ट्रिय सभामा लैजान सकिने र उनलाई प्रधानमन्त्रीसम्मको जिम्मेवारी दिन सकिने गरी कानुन बनाएर जनताको म्यान्डेटलाई धोती लगाउने काम भइरहेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पनि भ्रष्टलाई क्लिन चिट दिने निकायको रूपमा विकास हुन थालेको छ । ललिता निवासमा मुख्यगरी मुछिएका एक नेता र सर्वोच्चका न्यायाधीशलाई क्लिन चिट दिएर अन्यलाई विपक्षी बनाएर मुद्दा दायर गरिनुजति गलत काम केही होइन । सुरक्षा प्रेस खरिद प्रकरणमा आर्थिक कमिसनको कुरा उठेको छ । सोही प्रकरणमा सामेल भएको भन्दै अहिले प्रधानमन्त्रीसहित चार जनाविरुद्ध अख्तियारमा उजुरी परेको छ । तर, अख्तियारले शक्तिमा हुनेलाई बचाउने काम गरेकाले अख्तियारप्रतिको विश्वास डग्मगाउन थालेको छ । अडियो सार्वजनिक भएपछि निवर्तमान सञ्चारमन्त्रीले पदबाट राजीनामा दिइसकेका छन् । तर, यो प्रकरणमा प्रधानमन्त्रीसमेत मुछिएका छन् । अख्तियारले छानबिन भइरहेको बताए पनि अख्तियारले पहुँचवालालाई भने छुनै सक्दैन । प्रधानमन्त्रीले पनि भ्रष्टाचारको विषयलाई लुकाउन खोजिएको देखिएको छ । आफूसमक्ष उजुरी आएपछि प्रधानमन्त्रीले कारबाही गनुपर्ने स्थानमा उनैले लुकाउन खोज्न सरासर गलत भएको छ । अब प्रधानमन्त्रीमाथि कारबाही हुने कि नहुने ? उजुरीमा प्रधानमन्त्रीले सो अडियो डेढ महिनाअघि नै सुनिसकेको दाबी गरिएको छ । त्यसैले प्रधानमन्त्री पनि भ्रष्टाचार उद्योग कार्यमा संलग्न र मतियार रहेको पुष्टि हुनुपर्छ । निवर्तमान सञ्चारमन्त्रीले सेक्युरेटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग ७० करोड घुस मागेको अडियो बाहिरिएकाले अब अख्तियारले निष्पक्ष रूपमा छानबिन गरेर आफ्नो गुमेको नामलाई फर्काउनुपर्छ । सत्तारुढ पार्टीले सो कमिसनको प्रकरणलाई छानबिन नगर्ने बताएपछि जनतामा आक्रोश बढेको छ । यसैबेला प्रधानमन्त्रीसहित चार जनाविरुद्ध अख्तियारमा मुद्दा दायर भएकाले अब अख्तियारले आफ्नो नामबमोजिम काम गर्नुपर्छ । अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ भन्ने कुरा पुष्टि भएको स्पष्ट भएको छ । बाहिर साधु बन्ने तर भित्रभित्रै जनताले छाक काटेर तिरेको करलाई कमिसनका रूपमा लिएर भ्रष्टाचार गरिएकाले परेको खण्डमा प्रधानमन्त्रीलाई समेत कारबाही गरेर देखाउनुपर्छ । समृद्धिका नाममा सरकारले नै भ्रष्टाचारलाई पश्रय दिने हो भने जनताले के भनेर बस्ने ? वर्तमान सरकार फोरजी काण्ड, यति काण्डदेखि अनेकौँ काण्डमा फसेको देखिएको छ । जनताको आसामाथि कुठाराघात गर्ने सरकारले अब आफ्नो आचरणलाई सुधार्नुपर्छ । अन्यथा जनताबाट बहिष्कृत हुनुपर्ने दिन नआउला भन्न सकिँदैन ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  ०६:४६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP