Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • एमसिसीबारे स्पष्ट होऊ
एमसिसीबारे स्पष्ट होऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १२, २०७६
Hardik health
सत्तारुढ दललाई एमसिसीले गाँजेको छ । यसैबेला मन्त्रीहरू पनि उत्तिकै विवादमा आएका छन् । एमसिसीका बारेमा स्पष्ट हुनुपर्ने बेलामा मन्त्रीहरू नै भ्रष्टाचारमा मुछिएपछि अहिले सत्तारुढ दलमाथि नैतिकताको संकटको बादलले घेरेको देखिन्छ । अडियो प्रकरणले सत्तारुढ दललाई निक्कै जोडले धक्का दिएको छ । अहिले नै चुनाव हुने हो भने सत्तारुढ दल भदौको भेलले बगाएझैँ बगाउने देखिन्छ । जनताले छाक काटेर तिरेको करमा मन्त्रीहरूले कमिसनतन्त्र चलाएपछि अहिले जनताले नेताहरूमाथि नै विश्वास गर्न छाडेका छन् । यस्तो अवस्थामा सरकारले एमसिसी पारित गर्ने घोषणा गरेको छ । तर, यहि एमसिसी दलभित्रै अड्किरहेको अवस्था छ । दलभित्र नै विवादमा आएको विषयलाई सरकारले ठाडै पास गर्ने हो भने दलभित्र बनाइएको अध्ययन समितिको के काम ? के यो समिति भनेको जनताको आँखामा छारो हाल्ने काम मात्र हो त ? सत्तारुढ दलले अहिले अडियो प्रकरणलाई अर्कैतिर मोड्ने प्रयास गरेको छ । सत्तारुढ दलले अडियो प्रकरणमात्रै अहिले बाहिर आएकोले यत्तिकै आधारमा कति दोषी हो ? भनेर एकिनका साथ भन्न नसकिने बताएर भ्रष्टलाई नै बचाउने काम भइरहेको स्पष्ट देखिन्छ । सत्तारुढ दलले आफ्ना नेता बचाउने काममा अघि बढ्यो भने उसैका लागि यो कदम घातक हुन सक्छ । यहि बेला जनताले अत्यन्तै विरोध गरेको तर केही नेताहरूले भने चाहेको एमसिसीका बारेमा पनि सरकार स्पष्ट हुनुपर्ने अवस्था छ । सत्तारुढ दलभित्रै विवादमा आएको विषयका बारेमा आमजनतामा बहसका लागि पठाउनु पर्नेमा नेताहरूले नै यसलाई पारित गर्ने तयारी गरिरहेका छन् । एमसिसीको आर्थिक सहायता नेपालले लिने कि नलिने भन्ने बारेमा सरकार स्पष्ट छैन । अनुदान भएकाले सो रकम लिने र नलिने भन्नेमा विवाद कायम छ । यस विषयमा सरकारले स्पष्ट नीति बनाउनुपर्छ । आफ्नो दलभित्र छलफल चलाउँदै गर्ने तर उता सरकारले भने सो परियोजना पास गर्ने हो भने यसबाट सरकारको विश्वसनीयतामा शंका गर्न सकिन्छ । आर्थिक सहायता लिने÷दिने यो चलिरहने प्रक्रिया हो तर एमसिसीमा गलत सर्तहरू थुपारिएकाले यसलाई आमजनताले अस्विकार गरेका हुन् । अनुदान भएकैले नेपालले सहायता स्विकार्नुपर्छ भन्ने छैन । नेपालको विकास गर्न नेपालीले तिरेको कर नै काफी छ । वास्तवमा विभिन्न दस्तावेज र अमेरिकी अधिकारीहरूको भनाइले पनि एमसिसी चाहिँ इन्डो प्यासिफिक स्ट्राटेजीकै अंग भएको कुरा पुष्टि हुन्छ । नेपालले आफ्नो स्वार्थ पूरा गर्न कुनै पनि मुलुकमाथि घात गर्नु हुँदैन, नभए नहोस् तर छिमेकी मुलुकको हानि नोक्सानी हुने गरी नेपालले आफ्नो भूमि प्रयोग गर्नु दिनु हुँदैन । एमसिसीको सवालमा नेपालले ऋण, सहयोग वा अनुदान लिन सक्ने भए पनि सर्तहरूलाई पालना गर्न सकिँदैन । यस्तो अवस्थामा सरकारले स्पष्ट रूपमा भन्न सक्नुपर्छ ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  ०७:०१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP