Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • राजीनामा दिएपछि सात खुन माफी ?
राजीनामा दिएपछि सात खुन माफी ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ९, २०७६
Hardik health
समृद्धिको नारा अघि सारेपछि यहि नाराका कारण जनताले मत दिए । तर, नेताहरू सत्तामा पुगेपछि उनीहरूले समृद्धिको नारा व्यक्तिगत तहमा मात्र सिमित गराएका छन् । लोकतन्त्रान्त्रिक गणतन्त्रको स्थापनापश्चात नेताहरू र नेताका आसेपासेहरूको मात्र समृद्धि भएको छ । उनीहरूले आफ्नो आर्थिक अवस्था यसरी बढाएका छन् कि मानौँ भदौरे भेलझैँ । सरकारमा गएर अनियमितता चम्काउने र सात पुस्ता पुग्ने सम्पत्ति कमाउने काम नेताहरूले गर्दै आएका छन् । नेताहरूले पुस्तौँ पुस्ता पुग्ने सम्पत्ति कमाएपछि उनीहरू भ्रष्टाचारमा डामिए पनि केही फरक पर्दैन किनभने पदबाट राजीनामा दिनेबित्तिकै उनीहरूलाई भ्रष्टाचारको आममाफी हुन्छ । पदमा बसेर जस्तौसुकै अपराध वा घृणित काम गरे पनि राजीनामा दिएपछि माफी पाउने परम्परा नेताहरूले बसाएका छन् । गरिब जनताले छाक काटेर तिरेको करलाई आफू अनुकूल प्रयोग गर्ने मात्र होइन, अनियमिततासमेत गरेर पुस्तौनी पुग्ने सम्पत्ति जम्मा गर्ने काम नेताहरूबाट भइरहेको छ । इतिहासमै पहिलोपटक कम्युनिस्टको शक्तिशाली सरकारले अब राजीनामा दिएर मात्र नपुग्ने गरी कामको थालनी गर्नुपर्छ । किनभने प्रधानमन्त्रीले म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्नेलाई पनि हेर्दिनँ भन्दै आएका छन् । यसैल अब सञ्चार मन्त्रीको सवालमा राजीनामाले मात्र पुग्दैन । उनलाई हदैसम्मको कारबाही गर्नुपर्छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको डिल गरेको सञ्चारमन्त्रीको अडियोले मुलुक गर्माएको छ । समाचारमा आएअनुसार यो संवादलाई प्रधानमन्त्री स्वयंले डेढ महिना पहिल्यै सुनिसकेका थिए । यदि यसो भए त्यसबेला उनी किन चुप बसे ? भ्रष्टाचारविरुद्ध निक्कै हुँकार छाड्ने प्रधानमन्त्रीले नेपाली जनतालाई योभन्दा धोका दिने स्थान नै छैन । जनताको करबाट खाने, लाउने अनि जनताकै खिलाफमा काम गर्ने हो भने प्रधानमन्त्रीले आफ्नो पदमा बसिरहन हुन्छ कि हुँदैन ? उनैले उत्तर दिनुपर्छ । जनताको सेवक बन्छु भनेर शपथग्रहण गरेका प्रधानमन्त्रीले आज नेपाली जनतालाई गुम्राहमा राख्दा कुन नैतिकताले जनतासँग बोल्ने ? आफू निकटका व्यक्तिले जति गल्ती गरे पनि उनलाई माफी दिने र अरुले केही गरेमा कारबाहीको डन्डा चलाउने प्रधानमन्त्रीलाई पनि पदमा बसिरहन मुनासिब देखिँदैन । यसैबीच, ७० करोड कमिसन प्रकरणमा विजय प्रकाश मिश्रलाई साइबर क्राइम अन्तर्गत कारबाही गर्न लेखा समितिको निर्देशन आएको छ । भ्रष्टाचार गर्नेहरूलाई राजीनामा दिएपछि छुट तर जोसँग घुस लिने कुरा भएको छ, उसैलाई कारबाही गरेर सांसदहरू छोटेराजा पल्टेका छन् । उनीहरूले गरेको कामको विरोध गर्नै नहुन भएको छ । समितिले सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत सांसदहरूविरुद्ध भ्रामक समाचार फैलाएको आरोप लगाउँदै २ जनाविरुद्ध साइबर क्राइमअन्तर्गत कारबाही गर्न निर्देशन दिएको छ । समितिले साइबर क्राइम ब्युरोलाई पत्र लेख्दै मिश्र र प्रकाशकिशोर उपाध्यायले सांसदहरूविरुद्ध भ्रामक समाचार फैलाएको दाबी गर्दै कारबाही गर्न निर्देशन दिएको छ । यसबाट सांसदहरूले गलत काम गर्न छुट दिनुपर्ने भनिएकोजस्तै दखिन्छ । सञ्चारमन्त्रीको छानबिन गर्नतिर लाग्नुपर्ने बेला उल्टै सांसदलाई जोगाएर अरुलाई कारबाही गर्नतिर लाग्नु जनताको खिलाफमा भएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  ०८:५७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP