Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कहिलेसम्म भागबन्डाको राजनीति ?
कहिलेसम्म भागबन्डाको राजनीति ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ८, २०७६
Hardik health
नेपाली राजनीतिक दलहरूका कारण लोकतन्त्रको परिभाषा अब अरु खोतल्नु परेको छ । लोकतन्त्र भन्नेबित्तिकै विधिको शासनका रूपमा लिइन्छ तर नेपालमा भने राजनीतिक दलहरूले लोकतन्त्रलाई आफू र आफ्नो आसेपासेलाई मात्र पदमा पुर्याउने हतियारका रूपमा प्रयोग गरिरहेका छन् । आफू र आफ्नो आसेपासेलाई मात्र पदमा पुर्याउने हो भने मुलुकमा गणतन्त्रको आवश्यकता थिएन । हिजो राजाले आफूखुसी शासन सत्ता सञ्चालन गर्याे र मुुलुकको ढुकुटीमा मनोमालिन्य गर्याे भनेर नेताहरूले जनतालाई उठाएका हुन् । आफूले तिरेको करलाई दुरूपयोग गरेको थाहा दिने तिनै नेताहरू थिए । तर, आज तिनै नेताहरू राज्य सञ्चालनको तहमा पुगेका छन् । तर, उनीहरूले आफूलाई छाटेराजाका रूपमा प्रस्तुत गर्दै मुलुकलाई आफूखुसी सञ्चालन गरेका छन् । जनताको मत पाएर सत्तामा पुग्ने र तिनै जनताले छाक काटेर तिरेको करलाई नेताहरूले भागबन्डा गरेर उपभोग गरिरहेका छन् । सत्तामा बसेर मुलुकको राजकीय सत्तालाई नेताहरूले आफ्ना र आफ्ना आसेपासेको चित्त बुझाउने काममा प्रयोग गरेका छन् । सत्तारुढ दलभित्र जस्ले विद्रोह गर्न खोज्छ, उसको चित्त बुझाउनका लागि राज्यको महत्वपूर्ण पद दिने काम नेताहरूले गरिरहेका छन् । जनताले तिरेको करलाई आसेपासेको चित्त बुझाउने गरी प्रयोग हुने काम लोकतन्त्रमा मान्य हुँदैन । लोकतन्त्रको उपहास गर्दै सत्तामा बसेको फाइदा उठाउने काम लोकतन्त्रले स्वीकार गर्दैैन । लोकतान्त्रिक गणतन्त्रको शाब्दिक अर्थ र यसको मान्यतामाथि नेताहरूले कुल्चेर हिँडेका छन् । बाउँठिएर हिँड्नेको चित्त बुझाउन राज्यको महत्वपूर्ण पद दिने तर जनताले भने सरकारले निर्धारण गरेको कर तिर्नका लागि खाडी मुलुकको ५० डिग्रीसेन्टिग्रेड तापक्रममा पसिना बगाएर कमाउनु परेको छ । गरिबका छोराछोरीले शिक्षा पाउनका लागि उसका अभिभावक खाडी मुलुकमा जानै पर्ने अवस्था छ । उसले कर तिर्नका लागि खाडीमा पसिना बगाउँछ तर उसले तिरेको करमा नेताहरूको ढलिमली छ । करको प्राकृतिक नियम भनेको उक्त कर फेरि जनतामा सेवाका रूपले फर्किनुपर्ने हुन्छ । तर, यहाँ नेताहरूले शासन सत्तालाई प्राकृतिक रूपले सञ्चालन गर्न सकेका छैनन् । अर्का नेताको चित्त बुझाउनका लागि मुलुकको महत्वपूर्ण पद भागबन्डा गरेर जनतामाथि कुठाराघात गरेका छन् । जनताले कर तिर्दै आए पनि राज्यको सेवा पाउन उसले थप रकम बिचौलियालाई बुझाउनै पर्ने अवस्था छ । ठूला नेताहरू ठुस्केपछि उनीहरूले अर्को पद पाउने संस्कार तिनै नेताहरूले चलाएका छन् । नेताहरूले जनतालाई धोका दिनेभन्दा अरु केही काम गरेको छैन । सरकारले आफू भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्न भन्दै आए पनि सरकारी कार्यालयका कर्मचारीलाई थप रकम घुसका रूपमा नदिने हो भने उसले जनताको काम गर्दैनन् । सरकारको नारा केवल सुन्नका लागि मात्र भएको छ । जनताको समस्याभन्दा पनि नेताहरू भागबन्डातिर लागेपछि लोकतन्त्रप्रति विश्वास गर्नेहरू आज निराश भएका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  ०८:२९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP