Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • आश्वासन होइन, काम चाहिन्छ
आश्वासन होइन, काम चाहिन्छ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ५, २०७६
Hardik health
सरकारले कामभन्दा बढी भाषणमा ध्यान दिएकाले आमजनता सरकारबाट दिक्दार बनेका छन् । सरकार हरेक भाषणमा कुनै न कुनै नयाँ कुरा गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको देखिन्छ । सरकारले कम बोल्नु पर्छ तर बढी काम गर्नुपर्छ भन्नेसम्म थाहा नभएका व्यक्तिहरू सरकारमा गएका छन् । यहि पाँच वर्षमा मुलुकमै रोजगारीको प्रशस्त सम्भावनादेखि लिएर रेलसम्म भित्र्याउने वाचा गरेर जनताको मत बटुलेर सरकारमा गएको पार्टीले आफ्ना वाचा पूरा गर्न नसक्ने अब करिबकरिब निश्चितजस्तै भएको छ । तर, पनि निष्ठापूर्वक कटिबद्ध र दृढ भएर जनतासामु गरिएका बाचाहरू पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएर फेरि झुठको खेती लगाउन काम भएको छ । वर्तमान सरकार गठनपश्चात मुलकमा विकासको आधार बनेको भन्दै आगामी वर्षहरूमा गति लिने बताएर भाषण गरेको सरकारले आफ्नो वाचा पूरा गर्नेमा शंका नै शंका छ । सरकारले दुईवर्षे कार्यकाल पूरा गरेको छ । जति काम भएका छन्, सबै राम्रा भएका, यो सरकार गठन भएपछि प्रतिदिन लगभग ६ किलोमिटरका दरले सडक कालोपत्र हुँदै आएको भन्दै आए पनि सरकारको दाबीमा दम भने छैन । कृषि र माछामासुमा मुलुक आत्मनिर्भर भएको भनेर सरकारले भाषण गरेको भए पनि यो सत्य होइन, अहिले कृषिप्रधान मुलुकले खाद्यान्न आयात नगर्ने हो भने भोकमारी चल्ने छ भने अहिले रातारात भारतबाट माछा र मासु भित्रिँदै आएको छ । भारतीय राँगाको आयातमा रोक लगाउने हो भने मुलुकमा मासुको हाहाकार हुुन्छ । काउली वा लसुन भारतबाट नभित्रिँदा मुलुकमा हाहाकार मच्चिन्छ । चामलको कुरै नगरौँ । तर, सरकारले भाषण छाँटेर जनतामा झन् असन्तुष्टिको चाङ बढाएको पाइन्छ । वर्तमान सरकारले करका दर होइन दायरा बढाउने सोच बनाएको बताउँदै आएका सरकारले भने पनि नागरिकता बनाउन सिफारिस लिनका लागि पाँच सय रूपैयाँ कर तिर्नुपर्छ । एक नागरिकसँग पाँच सय रूपैयाँ भएन भने नागरिकता (परिचयपत्र) बनाउन पाउँदैनन् । मुलुकमा उद्योग, कलकारखाना आदि नभएको अवस्थामा करको दायरा कसरी बढाइएला ? सरकारले मुलुकमा भोकमरीको अन्त्य भएको भनेको छ । यो गलत हो । नेपालमा भोकमरी छैन, गरिबी भने छ । हरेक नेपाली खेती गरेर खान पुग्ने हैसियतका छन् भलै धनी छैनन् वा गरिब छन्, खानका लागि भोकमरीको अवस्था कसैले खेप्नु पर्दैन तर यसैमा सरकारले आफ्नो उपलब्धि भनेर हाँक छाडेको छ । मुलुकमा गरिबी छ, यसलाई हटाउन सकेको छैन । सरकारले आफू भ्रष्टाचार गर्दिन र कसैलाई गर्न पनि दिन्न भन्दै आए पनि अहिले माथिल्लो तहले भ्रष्टाचार गर्दा केही नबोल्ने तर साना कर्मचारीलाई भने अख्तियारलाई समाउन लगाएर सरकार सस्तो लोकप्रियतामा लागेको देखिन्छ । सरकारले भ्रष्टाचार गर्ने कसैलाई नछाड्ने धारणा व्यक्त गरे पनि सरकारले नै कुनै एक समूहलाई सरकारी जग्गा दिएर राज्यलाई नोक्सान पुर्याउने काम गरेको छ । सरकारले नै यसरी नीतिगत भ्रष्टाचार गर्छ भने अरुलाई भ्रष्टाचार गर्न दिन्न भनेर भन्नुको कुनै तुक छैन । जनताले सरकारको भाषण होइन, विकास चाहेका हुन् भन्ने कुरा सरकारले जान्नुपर्छ ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  ०७:५६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP