Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ओज नभएको भाषण
ओज नभएको भाषण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ४, २०७६
Hardik health
अहिले नेताहरूमा ओज हराएको छ । जनताको नाममा शक्ति हातमा लिएपछि नेताहरूमा अराजकता बढेको देखिन्छ । झन् पछिल्लो समयमा त सरकारमा बस्नेले जे पनि बोले हुने अवस्था आएको छ । पूरा नगर्दा पनि केही नहुने भएपछि उसका लागि बोल्नुको कुनै अर्थ छैन । सत्तारुढ दलका कार्यकर्ताले सरकारको सुरक्षा गर्ने भएपछि नेताहरूमा बोल्न ठूलो कुरा रहेन । बाँकी रह्यो, जनता । अहिले मुलुकमा जनता देखिँदैनन्, सबै नागरिक कुनै न कुनै पार्टीका कार्यकर्ता भएकाले सरकारलाई पनि गज्जब हुने गरेको छ । आफूले गल्ती बोले पनि आफ्ना कार्यकर्ताले यसलाई ठीक भन्दै प्रचार गर्ने र अन्यले प्रश्न उठाए भने विपक्षी दलका कार्यकर्ताको ट्याग लगाउने संस्कार बसेपछि मुलुकमा नेताहरूको ओज घटेको छ । लोकतन्त्रमा दलले नै शासन सत्ता चलाउने हो, तर यहि प्रणालीमा नेताहरूको बोली अनियन्त्रित भएमा लोकतन्त्रमाथिको विश्वास हट्न सक्छ । त्यसबेला शासन व्यवस्थामाथि पनि धावा बोल्न सकिन्छ । अहिले सत्तारुढ दलबाट एक स्वर्गीय नेताको कुरा लिएर अनेकौँ प्रचार गरिन थालिएको छ । उनी नेता मात्र नभएर उनी साँच्चिकै लोकतन्त्र स्थापना गर्नका लागि अहोरात्र खटेका थिए । तर, आज तिनै नेताका विरुद्ध गम्भीर आरोप लगाइँदा यसले नेताहरूको ओजमाथि प्रश्न उठ्न थालेको छ । एक नेताले अर्का नेताको गलत तरिकाले उनको शेषपछि कुरा बाहिर ल्याउँदा नेताहरूको संस्कारमाथि प्रश्न उठ्न थालेको छ । हिजो तिनै नेताको पछिपछि लाग्ने तर आज उनको शेषपछि अनेकौँ बोल्दा बोल्ने नेताको बोलीमाथि प्रश्न उठ्छ । नेताले बोल्नु ठूलो कुरा होइन, तर त्यसमा लुकेको सत्यताले भने ठूलो अर्थ राख्छ । यदि नेताको भनाइ गलत भएको प्रमाणित भएमा नेताले फेरि राजनीति गर्ने कि नगर्ने ? तत्कालीन सशस्त्र आन्दोलनले अनेकौँको काख रित्तिएको छ, अनेकौँको सिन्दुर पुछिएको छ । यसबेला आन्दोलनकारीभन्दा बाहिरका कोही नेताले जनता मार्न र आक्रमणको सिलसिला बढाउन उक्साउनै सक्दैनन् । यदि त्यसो गरेको भए सशस्त्र आन्दोलनकारी शान्ति प्रक्रियामा आउनेबित्तिकै यो कुराको पर्दाफास गर्नुपथ्र्यो । तत्कालीन सत्तापक्षले आन्दोलन बढाउने होइन, आन्दोलन निस्तेज पार्न अघि बढेको थियो । त्यसबेलाका कर्मचारी, प्रहर र सेनाहरू आज पनि छन् । उनीहरूले यस्तो कुरा जानेका हुन्छन् । तर, उनीहरूबाट यस्तो कुरा बाहिर आएको छैन । तत्कालीन सशस्त्र ओन्दोलनकारीले आफूहरूलाई फौजी आक्रमण बढाइदिन आग्रह गरेको बताएर सत्तारुढ दलका सुप्रिमोले भन्नु सबैभन्दा गलत छ । माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्ने शान्तिका नायकको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न गर्नु केवल अराजनीतिक भन्न सकिन्छ । सत्तारुढ दलले यस्तो गैरजिम्मेवार कुरा गर्नु सबैभन्दा ठूला भुल भएको छ । निधन भएको यतिका वर्षपछि ऐतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैरजिम्मेवार अभिव्यक्ति आउनु दुःखद छ । माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न तत्कालीन सरकारले सहमति, सहकार्य र एकताको राजनीति अघि सारेको सबैमा छर्लंग छ । नेताले आफ्नो ओज राखेर नबोल्ने हो भने जनताबाट तिरष्कृत हुने दिन नआउला भन्न सकिँदैन ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  ०७:०६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP