Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • प्रहरीमा इच्छाशक्ति जाग्ने कहिले ?
प्रहरीमा इच्छाशक्ति जाग्ने कहिले ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २, २०७६
Hardik health
हरेकपटक आउने गृहमन्त्री र प्रहरीका प्रमुखले शान्ति, सुरक्षा मात्र नभएर अब प्रहरी साँच्चिकै जनताको पक्षमा लाग्ने बताउँदै आएका छन् । खासगरी प्रहरीमा बढुवाका लागि ब्रिफकेस लिएर नेता वा शक्ति केन्द्र धाउने संस्कार बसेपछि मुलुकमा न्याय मरेको छ । गृहमन्त्रीको नाममा आफन्तले गुन्डागर्दी मात्र होइन, अपहरणजस्तो गम्भीर अपराधमा संलग्न भएपछि गृहमन्त्रीको शान्ति सुरक्षाको कुरा केवल भएको देखिन्छ । त्यसमाथि प्रहरी संगठन त भ्रष्टाचारका नाममा सधैँ नमिठो बास्ना आउने थलोका रूपमा परिचित छ । कानुनी राज्यमा प्रहरी भन्नेबित्तिकै कार्यपालिकाको महत्वपूर्ण अंग हो । तर, प्रहरी नै बलात्कार, लुटपाट, कुटपिट, गुन्डागर्दी, तस्करीमा लाग्ने वा यस्ता काम गर्नेको संरक्षक भएर बस्न थालेका छन् । त्यसैले अहिले प्रहरी भन्नेबित्तिकै आमनागरिकमा नकरात्मक सोच विचार आउन थालेको छ । तर, गृहमन्त्रीले भने इच्छाशक्ति भए पाँच वर्षको काम पाँच महिनामै गर्न सकिने भनी भाषण गर्छन् । कम्युनिस्टको सरकार भएका बेला मन्दिरमा पूजाअर्चना गरेर पदभार सम्हाल्ने प्रहरीले धर्मलाई हेरेर काम गर्छन् कि कानुनलाई ? तालुकदार मन्त्रीले इच्छाशक्ति भए पाँच वर्षमा हुन नसकेको काम पाँच महिनामा गर्न सकिने भने पनि प्रहरीमाथि लागेको विभिन्न आरोपबाट नवनियुक्त प्रमुखले चोख्याउलान् त ? सक्दैनन् किनभने शक्तिको पूजा गर्ने र शक्तिविहीनको आवाज नसुन्ने संस्कार प्रहरीमा संस्थागत नै भइसकेको छ । प्रहरीका अधिकृतको साइकल हराउँदा तुरुन्तै पत्ता लगाउने प्रहरीले कञ्चनपुर बलात्कार काण्डलाई पत्ता लगाउनै चाहँदैन । सो काण्डमा ठूला व्यक्तिहरू सामेल थिए कि थिएनन् ? त्यो कुरा दैव जानून् तर पीडित बिनापहुँचका थिए । सर्वसाधारणको ज्यान, इज्जतको कुनै मूल्य छैन । यहाँ ठूलाको मात्र ज्यान र इज्जतको ख्याल गरिन थालिएको छ । त्यसैले सरकारले भनेजस्तो पाँच महिनामा ठूलो काम हुनेवाला छैन । प्रहरीले इच्छाशक्ति देखाउने हो भने थोरै समयमा ठुल्ठूला काम सम्पन्न हुन्छन् । प्रहरी इमानदार हुने हो भने अहिले मुलुकमा व्याप्त सबै अनियमितता छु मन्तरमा समाधान हुन्छ । यसको ज्वलन्त उदाहरण सिंगापुर नै छ । प्रहरी इमानदारितका साथ अघि बढ्ने हो भने कोही कसैले पनि कानुनको उल्लंघन गर्ने हिम्मत गर्ने छैनन् । तर, यहाँ प्रहरी नै बिकुवा भएका छन् । प्रहरीले गलत व्यक्तिहरूलाई संरक्षण गर्दा आमनागरिकले सुरक्षित महसुस गर्न सकेका छैनन् । अधिकांश प्रहरी अधिकृतहरू गलत व्यक्तिको चंगुलमा फस्दै आएका छन् । प्रहरीको निकम्मापनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४० क्विन्टल सुन भित्रिरहेको छ । एक सर्वसाधारण नागरिक घर नछिरिन्जेलसम्म उस्ले आफू सुरक्षित महसुस गर्न सक्दैनन् । गरिबसँग हज्जारौँ घुस लिने तर ठालूहरूलाई भने कानुनलाई आफू अनुकूल परिभाषित गरेर छुट दिने काम प्रहरीबाट भइरहेको छ । केही कमिसनका नाममा प्रहरीले आरोपको फाइल नै कमजोर बनाएर अदालतमा पेस गर्ने र उनलाई क्लिन चिट दिने काम प्रहरीबाट भइरहेको छ । यत्ति सुधार्ने हो भने प्रहरीको छबि फर्किन सक्छ तर प्रहरी प्रमुखहरू सबै शक्तिकेन्द्रबाट निर्देशित हुनाले उनीहरू सुधार होइन, आफ्नो दुनो सोझ्याउने कामभन्दा अर्को काम नगर्दा प्रहरीको छवि फर्किनेमा शंका गर्दा फरक पर्दैन ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ०८:३६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP