Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेश जाने महिलालाई निःशुल्क आवासीय तालिम
विदेश जाने महिलालाई निःशुल्क आवासीय तालिम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ १०, २०८०
bairo
Hardik health
काठमाडौं– वैदेशिक रोजगार बोर्ड सचिवालयले विदेशमा रोजगारीका लागि जाने महिलाको सीप तथा दक्षता बढाउने उद्देश्यले निःशुल्क आवासीय तालिम सञ्चालन गर्ने भएको छ । बोर्डले वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका महिलालाई सिलाइकटाइसम्बन्धी निःशुल्क आवासीय तालिम सञ्चालन गर्ने भएको हो । विदेश जान चाहने महिलाहरुको सीप दक्षता अभिवृद्धि गर्न सिलाइ कटाइसम्बन्धी निःशुल्क तालिम प्रदान गर्न लागिएको बोर्डका निर्देशक एवं सूचना अधिकारी राजन पौडेलले जानकारी दिए । उनका अनुसार सीप सिक्न चाहने देशैभरिका महिलालाई खाने, बस्ने सुविधासहित राजधानीमा नै ३० दिने निःशुल्क आवासीय तालिम सञ्चालन गरिनेछ । निःशुल्क आवासीय तालिम सञ्चालनका लागि बोर्डले टेन्डर आह्वान गरी तालिमप्रदायक संस्था छनोट कार्य अघि बढाएको छ । बोर्डले तोकेको बजेटको अधिनमा रही छनोटमा परेका संस्थाहरुले छिट्टै तालिम सञ्चालन गर्ने पौडेलले बताए । ‘हामीले सकभर धेरै महिलालाई तालिममा सहभागी गराउन सकियोस् भन्ने उद्देश्यले निःशुल्क आवासीय सीप तालिम सञ्चालन गर्न लागेका हौं,’ उनले भने, ‘बजेटअनुसार तालिम दिने संस्थाहरुले कति संख्या समेट्न सक्छन् भन्ने निक्र्योल हुन बाँकी नै छ ।’ सबैलाई पायक पर्ने र केन्द्रबिन्दु भएकाले काठमाडौंमा नै तालिम सञ्चालन हुने उनले बताए । नेपालमा सिकेको जानेको सिलाइबुनाइ र कटिङले विदेशमा काम नगर्ने हुँदा सोहीअनुरुपको तालिम सञ्चालन गरी महिलाहरुलाई दक्ष बनाउने लक्ष्यका साथ उक्त योजना ल्याइएको पौडेलको भनाइ छ । तालिममा सहभागी हुन चाहने महिलाको उमेर समूह १८ देखि ३५ वर्ष र न्यूनतम कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने बताइएको छ । हाल जोर्डनलगायतका देशमा गार्मेन्टमा सिलाइ कटाइसम्बन्धी रोजगारीको अवसर प्रशस्तै रहेको बोर्डले जनाएको छ । तालिम लिन चाहने महिलाहरुले बोर्डको सचिवालय वा आफ्नो जिल्लामा रहेका आप्रवासी स्रोत केन्द्रमा सम्पर्क गर्न सक्ने छन् । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत देशका ३९ जिल्लामा आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रहरू सञ्चालनमा रहेको बोर्डले जनाएको छ । सामीले पनि विभिन्न जिल्लामा निःशुल्क आवासीय सीप तालिम कार्यक्रम सञ्चालन गर्दै आइरहेको उल्लेख गर्दै निर्देशक पौडेलले अन्य प्रकारका तालिम प्रदान गर्न आवश्यक गृहकार्य भइरहेको बताए ।  
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP