Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बहराइनबाटै पुन: श्रम स्वीकृति सुरु गरिने
बहराइनबाटै पुन: श्रम स्वीकृति सुरु गरिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ३१, २०८०
Hardik health
दोहा -  बहराइनबाटै पुन: श्रम स्वीकृति सुरु गरिने भएको छ। मनामास्थित नेपाली दूतावासले एक विज्ञप्ती निकाल्दै श्रम स्वीकृतिको अवधि सकिएकाे र पुन: श्रम स्वीकृति लिनु पर्ने व्यक्तिहरुलाई अनलाइनमार्फत आवेदन दिन सूचना जारी गरेसँगै बहराइनबाटै पुन: श्रम स्वीकृति सुरु भएकाे हाे । दूतावासका अनुसार गन्तव्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति प्रदान गर्ने नेपाल सरकारको निर्णय बमोजिम बहराइनबाट सोमबार अर्थात जेठ १ गते देखि पुनः श्रम स्वीकृति प्रदान गरिने जनाएको छ । पुनः श्रम स्वीकृतिका लागि प्राप्त हुने आवेदनको संख्या अनुसार थपघट हुने गरी हाललाई दैनिक १० वटा टोकन उपलब्ध हुने गरी पुनः श्रम स्वीकृतिको प्रक्रिया सुचारु गर्न लगिएको दूतावासले जनाएको छ । पुनः श्रम स्वीकृतिका लागि के के गर्नुपर्छ? पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्दा अनलाईन फाराम (online form) भर्नु पर्दछ। पुनः श्रम स्वीकृति लिन राजदूतावासमा उपस्थित हुनु पर्दैन। सबै प्रक्रिया अनलाईनबाटै गर्न सकिन्छ। अनलाईन फाराम भर्दा सम्भव भएसम्म सम्बन्धित व्यक्ति आफैंले भर्नुपर्छ र आफ्नो इमेल र मोबाइल नम्बर उल्लेख गर्नुपर्छ। आफैंले भर्न सम्भव नभएमा सो कार्यको लागि अन्य सहयोगी व्यक्ति, संस्था वा आफ्नो स्थानीय तह (गाउँपालिका वा नगरपालिका) मार्फत पनि भर्न सकिन्छ । अनलाईनबाट पुनः श्रम स्वीकृतिका लागि फाराम भर्नका लागि यो लिंक हेर्नुहोला: https://feims.dofe.gov.np/Common-Login.aspx अनलाईन आवेदन गर्दा निम्न डकुमेन्ट तयारी अवस्थामा राख्नुपर्छ र स्क्यान कपि प्रविष्टि (scan copy upload) गर्नुपर्दछ । • पासपोर्ट साइजको फोटोको स्क्यान कपि • पासपोर्टको फोटो पेजको स्क्यान कपि • पासपोर्टमा लागेको Arrival/Departure Stamp पेजको स्क्यान कपि • करार सम्झौताको स्क्यान कपि • पुरानो श्रम स्वीकृतिको स्क्यान कपि • भिषाको स्क्यान कपि • CPR को स्क्यान कपि तोकिएको स्थानमा जुन कागजात भनिएको छ सोही कागजात तोकिएको फर्म्याट (jpeg, png वा pdf) तथा तोकिएको आकार (5 MB भन्दा कम size मा) मा प्रविष्टि गर्नुपर्दछ।पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्दा देहायको प्रक्रिया अपनाई अनलाईन आवेदन दिनुहुन सम्बन्धित सबैमा अनुरोध छ। पुनः श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार विभागको https://feims.dofe.gov.np/Common-Login.aspx मा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र/ भन्ने Login मा Click गर्नुहोस्। तत्पश्चात् आफ्नो पासपोर्ट (Passport) नम्बर र पासवर्ड (Password) प्रयोग गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (Foreign Employment Information Management System (FEIMS) मा प्रवेश गर्न सकिनेछ र श्रम स्वीकृतिका लागि आवेदनमा Click गरी प्रक्रिया अगाडि बढाई आवेदन दिन सक्नुहुनेछ। यसरी आवेदन दिँदा नयाँ पासपोर्ट लिनुभएको भए सोही पासपोर्टको आधारमा प्रक्रिया अगाडि बढाउनुहोला। पासवर्ड (Password) बिर्सनु भएको अवस्थामा राजदूतावासको [email protected] वा [email protected] मा ईमेल गरी आफ्नो पासपोर्ट नम्बर सहित पासवर्ड रिसेट (Password reset) का लागि अनुरोध गर्न सक्नुहुनेछ।पासवर्ड रिसेट भएको जानकारी आफ्नो ईमेलमा नै प्राप्त हुनेछ। वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (FEIMS) मा सम्पूर्ण विवरण अपडेट गरी माग भए बमोजिमको कागजपत्र प्रविष्टि गर्नुपर्नेछ।अन्तिममा श्रम स्वीकृतिका लगि आवेदन गर्ने स्थानमा 'मनामा बहराइन' (Manama Bahrain) छनौट गरी आवेदन दिनुपर्नेछ। श्रम स्वीकृतिका लागि तिर्नुपर्ने कल्याणकारी कोष (Foreign Employment Welfare Fund), बीमा (Foreign Employment Insurance) र सामाजिक सुरक्षा कोष (Social Security Fund) को रकम सोझै सम्बन्धित व्यक्तिले विद्युतीय भुक्तानी प्रणाली (जस्तैः Connect IPS/eSewa/Khalti) मार्फत तिर्नुपर्नेछ। पुरानो श्रम स्वीकृति लिँदा आँखा वा औंठाछाप (Biometric) दर्ता गर्नुभएको छैन भने अनलाइनबाट पुनः श्रम स्वीकृति लिन मिल्दैन।यसको लागि वैदेशिक रोजगार कार्यालयमा आँखा वा औंठाछाप दर्ता भएको हुनुपर्छ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP