Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियामा आप्रवासी श्रमिक महिनौंदेखि अलपत्र
मलेसियामा आप्रवासी श्रमिक महिनौंदेखि अलपत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २९, २०८०
malaysia
Hardik health
काठमाडौं -  रोजगारीका लागि मलेसिया पुगेका सयौं दक्षिण एसियाली आप्रवासी कामदारहरु काम नपाएर महिनौदेखि अलपत्र परेका समाचार बाहिर आएको छ । रोजगार एजेन्टहरुले हजारौं डलर रोजगार भर्ना शुल्क लिए पनि प्रतिबद्धताअनुरुप काम लगाउन नसकेपछि ती कामदारहरु अलपत्र परेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । लामो समयदेखि कामविना अलपत्र परेका आप्रवासीहरु रोजगारी पाउने आशमा राजधानी क्वालालम्पुरबाट ४० किलोमिटर टाढा रहेको विद्यार्थीहरूको एक छात्रावासमा भिडभाडयुक्त कोठामा वा खुला क्याफ्टेरियामा दिन बिताउने गरेको रोयटर्सले जनाएको छ । सन् २०२२ डिसेम्बरमा मलेसिया पुगेका लगभग ५०० आप्रवासीहरूमध्ये धेरैजसो नेपाल र बंगलादेशका युवाहरू रहेको बताइएको छ । ‘तीन महिनाको वर्किङ भिसामा मलेसिया पुगेका उनीहरुको भिसा अवधि थप गर्ने बताइए पनि अझै उनीहरूको भिसा थप भएको छैन,’ रोयटर्सको रिपोर्टमा भनिएको छ, ‘अस्पष्ट कानुनका कारण आप्रवासीहरु आफू बसेको ठाउँ छोड्न डराएका छन् ।’ कतिपयले भर्ती एजेन्टहरूले राहदानी आफैंसँग राखेर जागिर दिने वाचा गरिरहेको बताइएको छ । ‘हामी सबै निराश र असहाय छौं । हामीले पहिले नै कामका लागि ठूलो रकम तिरेका छौं । यदि जागिर पाइएन भने मैले लिएको ऋण कसरी फिर्ता गर्ने ?,’ छात्रावासमा भेटिएका एक नेपालीको भनाइ उद्धृत गर्दै कुरा रोयटर्सले लेखेको छ ।भर्ती एजेन्टहरूको डरले आफ्नो परिचय दिन नमानेका एक २३ वर्षीया नेपालीले मलेसियाली सफाइ कम्पनीसँग दुई वर्षको रोजगार सम्झौतामा हस्ताक्षर गरे पनि काम गर्न नपाएको बताएकी छन् । त्यहाँ पुगेका अरुले जस्तै आफूले पनि ऋण लिएर भर्ती एजेन्टलाई तीन लाख नेपाली रुपैयाँ बुझाएको उनले बताइन् । उनलाई प्रतिमहिना दुई हजार ६२ मलेसिय रिंगेट मासिक तलब दिने वाचा गरिएको थियो । छात्रवासमा भेटिएका सबै कामदारहरूको समान कथा भएको रोयटर्सले उल्लेख गरेको छ । मलेसियामा पुगेका आप्रवासीहरुलाई भर्ती एजेन्सीहरूले तुरुन्तै रोजगारी उपलब्ध नभएको बताउँदै काम नपाएसम्म बस्ने सुविधा उपलब्ध गराएपनि आफ्नै खर्चमा खाना खानुपर्ने बाध्यता छ । रोजगारी सम्झौताअनुसार नै अस्थायी कामदार भिसालाई स्थायी हुने बताइए पनि काम नै नगरी कसरी भिसा समाप्त भयो भन्नेमा स्पष्ट नभएको बताइएको छ । यस विषयमा मलेसिया सरकारले गत महिना अनुसन्धान थालेको थियो । अलपत्र परेका आप्रवासीहरुलाई रोजगारी उपलब्ध नगराउनुको कारण माग गरे पनि भर्ती एजेन्टका रुपमा रहेका पन्याक जुपिटर म्यानेजमेन्ट सर्भिसेज, स्टार डोमेन रिसोर्सेस र एमियल इन्टरनेसनलले कुनै प्रतिक्रिया नदिएको जनाउँदै रोयटर्सले मलेसियाको मानव संसाधन मन्त्रालय र श्रम विभागबाट पनि तत्कालै कुनै प्रतिक्रिया नआएको बताएको छ । तर, मन्त्रालयले बंगलादेश र नेपालका २२६ जना अलपत्र कामदारको छुट्टै एक समूहका लागि रोजगारी खोज्ने वाचा गरेको बताइएको छ । आप्रवासी कामदारहरूलाई मलेसियाको उत्पादन तथा निर्यातमा अर्थतन्त्रको मेरुदण्ड मानिएको छ । देशको एक करोड ५० लाख जनशक्तिको लगभग १५ प्रतिशत आप्रवासीले ओगटेको छ । मलेसियाली कम्पनीहरूले हालैका वर्षहरूमा जबरजस्ती श्रम प्रयोगको आरोपमा अमेरिकी प्रतिबन्धको सामना गर्नुपरेको छ । यस्तै मलेसियाले यस वर्ष आफ्नो वृक्षरोपण, निर्माण र निर्माणजन्य उद्योगहरूमा १२ लाख श्रमिकको अभाव भएपछि भर्ती प्रक्रियालाई सहज बनाउँदा आप्रवासी कामदारहरू बढी जोखिममा परेको अधिकारकर्मीहरूले बताएका छन् । ‘यो अहिले ठूलो समस्या हो,’ आप्रवासी अधिकार समूह नर्थ साउथ इनिसिएटिभका कार्यकारी निर्देशक एड्रियन परेराले भनेका छन् । उनको टोलीले मलेसियाभरि करिब एक हजार २०० अन्य कामदारहरू यस्तै दुर्दशामा परेको रिपोर्ट प्राप्त गरेको बताए । क्वालालम्पुरस्थित बंगलादेशी दूतावासले गत महिना मलेसियाले आफ्ना नागरिकहरूलाई रोजगारीमा हुने ठगीबाट जोगाउन थप पारदर्शिताका लागि आह्वान गरेको बताइएको छ । एक बंगलादेशी अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा आफ्नो देशका ‘केही सय’ नागरिक रोजगारी नपाएर कामविना मलेसियामा फसेको बताए । यस्तै नेपाली दूतावासले पनि काम नपाएर फसेको थुप्रै गुनासो आएको बताएको रोयटर्सले उल्लेख गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP