Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • टेलिमेडिसिन सेवा लिनेमा पेट र ढाडको समस्या भएका धेरै
टेलिमेडिसिन सेवा लिनेमा पेट र ढाडको समस्या भएका धेरै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २२, २०८०
Bairo board
Hardik health
काठमाडौं - वैदेशिक रोजगार बोर्ड सचिवालयले रोजगारीका लागि विदेश गएका नेपालीहरुलाई स्वास्थ्य परामर्श दिन उच्च महत्वकासाथ सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको जनाएको छ । बोर्ड सचिवालयले वैदेशिक रोजगारीमा रहेका २५० जनाभन्दा बढी नेपालीले आफ्नो स्वास्थ्य समस्या समाधानका लागि टेलिमेडिसिन सेवा लिँदै उत्साहजनक सहभागिता जनाएको उल्लेख गरेको छ । ‘टेलिमेडिसिन सेवा सुरु गरेयता २५० भन्दा बढी नेपाली श्रमिकले स्वास्थ्य परामर्श लिएको रेकर्ड छ,’ बोर्डका कार्यकारी अधिकृत डा. द्वारिका उप्रेतीले भने, ‘यो सेवा सञ्चालन चुनौतीपूर्ण भए पनि अहिलेसम्म स्वास्थ्य परामर्श लिनेको संख्यालाई हेर्दा प्रभावकारी नै मान्नुपर्छ ।’ बोर्डले यही चैत १५ गतेदेखि विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श प्रदान गर्ने उद्देश्यले वीर अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको बताउँदै उनले सेवा लिने अधिकांशले मेडिकल अधिकृतसँग पेट तथा ढाडसम्बन्धी समस्या राख्ने गरेको बताए । ‘अस्पतालले दिएको जानकारीअनुसार एक महिनाको अवधिमा सेवा लिनेमध्ये सबैभन्दा बढी पेटसम्बन्धी समस्या रहेको मैले थाहा पाएको छु,’ उनले भने, ‘ढाडको समस्या भएका बिरामी पनि थुप्रै छन्, यीबाहेक अन्य विभिन्न खाले रोगका बारे पनि सेवाग्राहीले परामर्श लिइरहेको अस्पतालले जानकारी दिएको छ ।’ स्वास्थ्य समस्या भएर फोन गर्नेहरुमा समयमा खाना नखाने र ‘फुड पोइजन’का कारण पेटसम्बन्धी समस्या देखिएको र लामो समयसम्म उभिएर काम गर्नेहरुमा ढाडको समस्या भएको पाइएको बोर्डका निर्देशक एवं सूचना अधिकारी राजन पौडेलले बताए । अस्पतालले दिएको विवरणअनुसार स्वास्थ्य परामर्श तथा उपचारका लागि श्वासप्रश्वास, छाला, सुगर, प्रेसरलगायतका विभिन्न समस्याबाट पीडित बिरामीको फोन गर्ने संख्या पनि ठूलै रहेको पौडेलले जानकारी दिए । उनका अनुसार कतिपयमा मानसिक समस्यासमेत देखिएको भन्दै उनीहरुलाई मनोचिकित्सक परामर्श पनि उपलब्ध गराउने काम भइरहेको छ । मानसिक समस्या हुनेमा काम गर्न गाह्रो भएर घर फर्किन चाहने, निद्रा नलाग्ने, खाना खान मन नलाग्ने, राति बरबराउने, काम गर्न मन नलाग्ने लक्षणहरु देखिएको बताइएको छ । यस्तै स्वास्थ्यसम्बन्धी गम्भीर समस्या देखिएका झण्डै २५ जनालाई विशेषज्ञ सेवा दिइसकेको बोर्डले जनाएको छ । तुलनात्मक रुपमा आगामी दिनमा स्वास्थ्य परामर्श तथा विशेषज्ञ सेवा लिने कामदारको संख्या अझै बढ्ने बोर्डले उल्लेख गरेको छ । टेलिमेडिसिन सेवा लिनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, कतार र मलेसियामा रहेका नेपालीहरु रहेको बोर्डले जनाएको छ । गत चैत १५ गतेबाट सुरु भएको टेलिमेडिसिन सेवाका लागि स्वास्थ्य समस्या भएका नेपालीहरुले सार्वजनिक बिदाको दिनबाहेक नेपाली समयानुसार बिहान १० देखि बेलुका ५ बजेसम्म सम्पर्क गर्न सकिने छ । सामान्य अवस्थामा मेडिकल अधिकृतले फोनमार्फत नै स्वास्थ्य समस्या र जिज्ञासा हल गर्ने प्रयास गर्ने छन् भने जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई प्रत्येक हप्ता आइतबार र शुक्रबार विशेषज्ञ डक्टरहरुबाट विशेषज्ञ सेवा दिने बोर्डले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०९:३२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP