Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युएईको फुजैराहमा नेपाली श्रमिकसँग अन्तरक्रिया
युएईको फुजैराहमा नेपाली श्रमिकसँग अन्तरक्रिया
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २०, २०८०
shramik-sambad
Hardik health
काठमाडौं– युएईस्थित नेपाली दूतावासले रोजगारीका लागि फुजैराह इमिरेट्समा रहेका नेपालीहरुसँग ‘श्रमिक संवाद’ एवं अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । वैदेशिक रोजगारीका लागि फुजैराहमा रहेका नेपालीहरुले भोग्नुपरेका समस्या, गुनासा र सेवा प्रवाहको प्रभावकारिताबारे अन्तक्र्रिया गर्न दूतावासले श्रमिक संवाद कार्यक्रम सञ्चालन गरेको जनाएको छ । दूतावासका कार्यवाहक राजदूत विशाल भट्टराईले श्रमिकसँग संवाद कार्यक्रम आयोजना गर्नुको उद्देश्य नेपाली कामदारहरुको समस्या तथा गुनासाहरु प्रत्यक्षरुपमा अवगत हुने र समस्या समाधानमा सघाउ पु¥याउने रहेको बताए । उनले यस्ता कार्यक्रम नियमितरुपमा आयोजना गर्ने र भविष्यमा घुम्ती सेवासमेत सञ्चालन गरिने जानकारी दिए । भट्टराईले नेपाली दूतावासको सेवा प्रवाहसम्बन्धी गरिएको प्राविधिक तथा नीतिगत सुधारबारे पनि जानकारी गराए । कार्यक्रममा वैदेशिक रोजगारीका क्षेत्रमा नेपाल सरकारले हालै सञ्चालनमा ल्याएको श्रम स्वीकृति, टेलिमेडिसिन सेवा तथा सामाजिक सुरक्षा योजनालगायतका कार्यक्रमबारे दूतावासले जानकारी दिएको छ । त्यस्तै फुजैराहमा कार्यरत नेपालीहरूले दैनिक रूपमा भोग्नुपरेका समस्या, गुनासा, दूतावासको सेवा प्रवाहका सन्दर्भमा उठेका जिज्ञासा एवं सुधारका उपायहरू प्रत्यक्षरूपमा सुन्ने, तत्काल समाधान गर्न सकिने समस्याहरूलाई सम्बोधन गर्नेलगायतका विषयमा पनि छलफल भएको बताइएको छ । कार्यक्रममा दूतावासका श्रम (काउन्सेलर) दीनबन्धु सुवेदीले नेपाल सरकारले वैदेशिक रोजगारीका क्षेत्रमा हाल लागू गरेका सुधारका विषयहरू समेटेर जानकारीमूलक सामग्री प्रस्तुत गरेका थिए ।सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको समस्या समाधनका लागि पहल गर्न गन्तव्य मुलुकमा रहेका नेपाली नियोगमा श्रम तथा श्रम सहचारी नियुक्त गरी ‘श्रम डेस्क’ सञ्चालनमा ल्याएको सुवेदीले जानकारी दिए । दूतावासबाट कार्यवाहक राजदूत भट्टराई, श्रम काउन्सेलर सुवेदीलगायत अन्य कर्मचारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा फुजैराहमा कार्यरत १०० जनाभन्दा बढी नेपाली श्रमिकको उपस्थिति रहेको थियो ।  
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP